रेखदेख संवाददाता रुकुम । एक साता देखि रुकुममा स्वाइन फ्लुको सन्त्रास फैलिएको छ । गत फागुन अन्तिम साता देखि रुकुममा स्वाइन फ्लुको सन्त्रास फैलिएको हो । रुकुममा स्वाइन फ्लुको सन्त्रास फैलिए सँग नागरिकको त्रसित बनेका छन् । भने सुरक्षाको लागि मास्क लगाएर हिड्डुल गर्न थालेका छन् । रुकुमका एक व्यक्ति ज्वरो आउने, टाउको दुख्ने, घाँटी सुख्खा हुने, शरिर दुख्ने समस्या देखिएपछि जिल्ला सदरमुकाम खंलगामा रोग पहिचान नभएपछि काठमाण्डौँ स्थित पाटन अस्पतालमा उपचार गराउँदा स्वाइन फ्लुको संक्रमण देखिएपछि रुकुमका स्थानीय वासी त्रसित भएको स्थानीयले जनाएका छन् । उक्त सक्रमित व्यक्तिको नाम ठेगाना गोप्य राखिएको छ । भने उनको स्वास्थ्यमा सुधार भईरहेको पारिवारीक स्रोतले रेखदेख फोन मार्फत जानकारी बनाएको छ । उनीमा स्वाइन फ्लु भाइरस पान्डेमिक एन्फुएन्जा २००९ (एचवान एनवान) भेटिएको उपचारमा संलग्न डाक्टरले जनाएका छन् । यस विषयमा जिल्ला स्वास्थ्य कार्यालयमा बुझन खोज्दा कुनै पनि स्वाइन फ्लुवाट सक्रमण विरामी जिल्ला स्वास्थ्यमा नआएको जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुकुमका बरिष्ठ डा. भोजराज गौतमका अनुसार केही दिन देखि यस विषयमा हल्ला वढी भएको प्रति आफुले थाहा पाएपनि संक्रमणको वारेमा जानकारी नभएको जनाएका छन् । तर स्थानीयलाई डा. गौतमले भिडभाडमा नजान, हात नमिलाउन, मास्क लगाएर हिडडुल गर्न सर्बसाधारणमा अनुरोध गरेका छन् । भने ज्वरो आउनु, खाना मन नलाग्नु, टाउको दुख्नु, घाँटी सुख्खा हुने जस्ता लक्षण देखिएमा जिल्ला अस्पतालमा आउन अपिल समेत गरिएको छ । भने सर्बसाधारणलाई सचेत हुन र नआत्तिन आग्रह समेत गरिएको छ ।
No comments:
Post a Comment