Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » चैत ६ गते पत्रकारहरुको बैठक तकसेरामा

रेखदेख संवाददता रुकुम ।
 नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको बैठकले पूर्वी रुकुमको पर्यटन विकासका लागि तकसेरामा बैठक गर्ने भएको हो । आगामी बैषख १ देखि ५ गते सम्म पूर्वी रुकुमको तकसेरामा हुन लागेको आदीवासी जनजाती कला सांस्कृतिक महोत्सवलाई सफल पार्न आगामी चैत ६ गते तकसेरामा पत्रकार महासंघको बैठक गरेर सम्पूर्ण जगतको ध्यान तान्न पत्रकार महासंघको बैठक तकसेरामा गर्न लागेको नेपाल पत्रकारमहासंघ रुकुमका अध्यक्ष गणेश वि.क. चिन्तनले जनाए ।
 उनले भने,  पूर्वी रुकुम पर्यटकीय दृष्टिकोणले सम्भावनै सम्भावनाको क्षेत्र भएपनि उचित प्रचार प्रसार हुननसेको निष्र्कष निकाल्दैँ पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले तकसेरामा बैठक बस्ने तयारी भएको बताए । नेपाल पत्रकार महासंघ रुकुम  शाखाका  कार्यसमिति लगायत पार्षदहरु पूर्वी रुकुम चैत ५ गते तकसेरा जाने र ६ गते बैठक बसेर सदरमुकाम खंलगा फर्कने छ । यस्तै  जिल्ला विकास समिति रुकुमले प्रदान गदैँ आएको शान्ति र विकास पत्रकारीता पुरस्कार रुकुमका पत्रकारहरु  नारायण शाह, सचिन रोका, डिलबहादुर शाही र हरिविष्णु ओलीलाई प्रदान गर्न सिफारिस गरेको छ । गत २०६८ सालमा स्थापना गरिएको पत्रकारीता गत वर्ष पत्रकार संगठनहरुको विरोधका कारण रोकिए पनि यस वर्ष देखि निरन्तरता दिने निर्णय गरेको छ । पत्रकार पुरस्कारको राशी ५ हजार रहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply