नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको बैठकले पूर्वी रुकुमको पर्यटन विकासका लागि तकसेरामा बैठक गर्ने भएको हो । आगामी बैषख १ देखि ५ गते सम्म पूर्वी रुकुमको तकसेरामा हुन लागेको आदीवासी जनजाती कला सांस्कृतिक महोत्सवलाई सफल पार्न आगामी चैत ६ गते तकसेरामा पत्रकार महासंघको बैठक गरेर सम्पूर्ण जगतको ध्यान तान्न पत्रकार महासंघको बैठक तकसेरामा गर्न लागेको नेपाल पत्रकारमहासंघ रुकुमका अध्यक्ष गणेश वि.क. चिन्तनले जनाए ।उनले भने, पूर्वी रुकुम पर्यटकीय दृष्टिकोणले सम्भावनै सम्भावनाको क्षेत्र भएपनि उचित प्रचार प्रसार हुननसेको निष्र्कष निकाल्दैँ पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले तकसेरामा बैठक बस्ने तयारी भएको बताए । नेपाल पत्रकार महासंघ रुकुम शाखाका कार्यसमिति लगायत पार्षदहरु पूर्वी रुकुम चैत ५ गते तकसेरा जाने र ६ गते बैठक बसेर सदरमुकाम खंलगा फर्कने छ । यस्तै जिल्ला विकास समिति रुकुमले प्रदान गदैँ आएको शान्ति र विकास पत्रकारीता पुरस्कार रुकुमका पत्रकारहरु नारायण शाह, सचिन रोका, डिलबहादुर शाही र हरिविष्णु ओलीलाई प्रदान गर्न सिफारिस गरेको छ । गत २०६८ सालमा स्थापना गरिएको पत्रकारीता गत वर्ष पत्रकार संगठनहरुको विरोधका कारण रोकिए पनि यस वर्ष देखि निरन्तरता दिने निर्णय गरेको छ । पत्रकार पुरस्कारको राशी ५ हजार रहेको छ ।
No comments:
Post a Comment