प्रविर ददेल
रेखदेख संवाददता -
रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खेल्दै गरेका बालकलाई लु. १ ख. ५३२२ नम्बरको ट्रकले किचेर मृत्यू भएको हो ।
मृत्यू हुनेमा रुकुम रुघा ४ का १३ वर्षे वालक नबराज घर्तिको रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।मृतकको लास जिल्ला स्थित रुकुमेली सामुदायीक अस्पतालमा राखिएको छ । भने ट्रक चालक सल्यान फालाबाङ ४ का मिनराज महतारा प्रहरी नियन्त्रणमा रहेका छन् । ट्रकले ठक्कर दिएर घाईते भएका सो वालकलाई ट्रक पछाडि वनाएर किचेर मारेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार – घाईते बच्चा बचाऊ भन्दै चिच्याएपछि ट्रक चालकले ट्रक पछाडि बनाएर मारेको हो । ट्रकले किचेर बच्चा मारेपछि रुकुम सदरमुकाम खंलगामा शोकमग्न बनेको छ । विहान २ घण्टा तनाव ग्रत समेत बनेको थियो । स्थानीयले ट्रकमाथी तोडफोड गर्न खोज्दा सदरमुकाम खंलगा तनावग्रस्त बनेको हो । मृतक वालकको वुवाले अर्को विहे गरेर विदेश गएको र आमा पनि अर्कैसँग विहे गरेपछि जिल्ला सदरमुकाम खंलगा स्थित एक होटेलमा काम गदैँ आएको पारिवारिक स्रोले जनाएको छ ।
No comments:
Post a Comment