प्रशान्त बटाला आठविसडाडागाउँ रुकुम । जिल्लाको ३ सरकारी कार्यालय खानेपानी विहीन भएको छ । जिल्लाको उत्तरपश्चिम क्षेत्रको दुर्गम गाविस आठविसडाडागाउँमा रहेका ३ सरकारी कार्यालय खानेपानी विहीन भएका हुन् । आठविसडाडागाउँमा रहेका गाविसको कार्यालय आठविसडाडागाउँ, उपस्वास्थ्य चौकी आठविसडाडागाउँ र श्री जनकल्यान माद्यामिक विद्यालय गरि ३ वटा सरकारी कार्यालयमा खानेपानीको सहज पहुँच नहुँदा कर्मचारी लगायत सेवाग्राहीहरु समस्यामा रहेको आठविसडाडागाउँ ५ का स्थानीय बासीले जानकारी दिएका छन् । गत साउनमा झ्यारम खोलाबाट आठविसडाडागाउँका ३ सरकारी क्षेत्रमा पु¥याएको खानेपानी पहिरोले बगाएपनि मर्मत नहुँदा तिन सरकारी कार्यालय खानेपानी विहीन भएका हुन् । सरकारी कार्यालयमा खानेपानी अभाव हुदा उपस्वास्थ्य चौकीमा आउने विरामी, गाविसको कार्यालयमा आउने सेवाग्राही र विद्यालयका विद्याथीहरु समस्यामा परेको जनाएको छ । सरकारी कार्यालयमा खानेपानी अभाव हुँदा सम्म निर्माण गर्न कसैको चासो पुगेको छैन् । गत वर्ष डिप्रोक्स नेपालले सोही क्षेत्रमा खानेपानी निर्माण गरेपनि सरकारी कार्यालयहरुमा भने लाईन दिएको थिएन ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» तिन सरकारी कार्यालय खानेपानी विहीन
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
रेखदेख संवाददाता रुकुम । प्रधानमन्त्री शुशील कोइरालाले संविधानले देशको विकास निर्माणको ढोका खोल्ने जनाएका छन् । आदिवासी जनजाती कला सास्कृति...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
काठमाडौं । हामीले खाएको खानेकुराको स्वाद जिब्रोले थाहा पाउँछ, त्यो सबैलाई थाहा भएकै कुरा हो । जिब्रोमा रहेका टेस्ट बडहरुको मद्दतले हाम्रो...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्...






No comments: