प्रविर ददेल रुकुम । रुकुम चौरजहारीका बादी परिवार बास भएपनि गाँस नहँदा समस्यामा परेका छन् । पुर्खौ देखि खोलाको किनार तथा ओडारहरुमा सुकुम्बासी जीवन विताएका बादी परिवारले आर्थिक वर्ष २०७०÷७१ मा बस्नलाई घर निर्माण भएपनि खानलाई गाँस भने पाउन सकेका छैनन् । जनता आवास कार्यक्रम मार्फत विजयश्वरी गाविसका वडा नं ६ स्यालखोला र विजयश्वरी ३ लामीछानेगाउँमा २० घरपरिवारले बस्नलाई घर निर्माण भएपनि साझ विहानको छाक टार्न सीप नहुँदा समस्या रहेको विजश्वरी ३ का ४० वर्षिय लालबहादुर बादीले जानकारी दिए । उनले भने, अहिले बास त बन्यो । तर गासँको चिन्ताले सताएको छ । बादी समुदायको खोलमा माछा मार्ने, मादल बनाउने र सुल्पा बनाउने सीप प्रयोग विहीन बन्दै गएपछि उनीहरु समस्यामा परेको विजयश्वरी ३ कै चन्द्रकली बादीले बताईन । उनले भनिन, ‘ खेती गर्न जग्गा जमिन छैन्, परम्परागत सिप चल्दैन, नयाँ सीप आवश्यकता रहेको छ । उनका अनुसार – बादी समुदायका लागि सिलाईकटाई, हेयर कटिङ्ग, मोवाईल मर्मत, मोटरसाईकल मर्मत लगायतका सीप सिक्न र व्यवसायीक बन्न इच्छुक रहेको जानकारी दिइन । बादी परिवार सीप नहुँदा अहिले खोलामा मार्ने र साझ विहानको छाक टार्न वाध्य रहेका छन् । माछा मरेपछि चुलो बल्छ, नत्र भोक भोकै सुत्नु पर्दछ चन्द्रकलीले रुन्चे स्वरमा बताईन । जसका कारण बादी समुदायका बालवालिकाहरु शिक्षा आर्जनबाट समेत बञ्चित भएका छन् । जिल्लामा दलित तथा लक्षित बर्गहरु लागी काम गर्ने एक दर्जन भन्दा बढी संघ संस्था भएपनि बादी समुदायको लागी कसैले काम नगरेको विजयश्वरीका वादी परिवारले गुनासो गरेका छन् । हामीले धेरैलाई सीप तथा ब्यवसाय मागियौँ, तर कसैले हाम्रो समस्या बुझेन्न । जनता आबास कार्यक्रमले गत वर्ष घर निर्माण गरेपनि बादी घरपरिवारमा प्राय कुनै घरमा शौचालय छैन् । जिल्ला नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेपनि उनीहरु भने खुल्ला ठाउँमा शौच गर्न बाध्य रहेका छन् । मंगलबार जिल्ला खाद्य अधिकार सञ्जाल रुकुमले बादी समुदायको खाद्य अवस्था वुझन् गरिएको कार्यक्रममा यस्तो दुखेसो गरेका थिए ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» ‘बास भयो, गाँस भएन’
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
रेखदेख संवाददाता रुकुम । प्रधानमन्त्री शुशील कोइरालाले संविधानले देशको विकास निर्माणको ढोका खोल्ने जनाएका छन् । आदिवासी जनजाती कला सास्कृति...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
काठमाडौं । हामीले खाएको खानेकुराको स्वाद जिब्रोले थाहा पाउँछ, त्यो सबैलाई थाहा भएकै कुरा हो । जिब्रोमा रहेका टेस्ट बडहरुको मद्दतले हाम्रो...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्...






No comments: