Pages

Wednesday, May 6, 2015

दलित पत्रकार मञ्चको बैठक सम्पन्न

रेखदेख संवाददाता मुसिकोट । नेपाल दलित पत्रकार मञ्चको बैठक जिल्ला सदरमुकाम खंलगामा बुधवार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष प्रविर ददेल र नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक चिन्तनको बिशेष उपस्थितमा बैठक सम्पन्न गरिएको हो । बैठकले यहि बैशाख २६ गते शनिवार जिल्लाको मग्गामा गाविस लाई दोस्रो छुवाछूत नमूना गाविस घोषणा कार्यक्रमलाई सफल बनाउन आयोजक सँग समन्वय तथा सहकार्य गरेर प्रचार प्रसार कार्यक्रम गर्ने निर्णय गरिएको छ । यसका साथै नेपाल दलित पत्रकार मञ्चको लागि जिल्ला विकास समिति रुकुमले छुट्याएको रु २५ हजार रुपैया जिल्लाको पहिलो जातीय छूवाछूत नमूना गाविस चुनवाङको हालको अवस्था बारेमा स्थलगत अनुगमण तथा रिर्पोटिङ गर्ने निर्णय गरिएको छ । जिल्लाका दलित आन्दोलनका हस्ती सूयुक्त दलित राजनैतिक संघर्ष समितिका अध्यक्ष तथा दलित संघका जिल्ला अध्यक्ष पूर्णबादुर कसेराको दुवै मृगौलामा समस्या देखिएर उपचारको क्रममा रहेका हुँदा कसेराको शिघ्र स्वास्थ्य लाभको कामना सहित जिवन बचाउ अभियानमा पहल गर्ने निर्णय गरिएको छ । रुकुमका सञ्चार माध्यमहरुमा दलित पत्रकारहरुको बृद्धि भइरहेको हुँदा मिडियाहरुमा आबद्ध भएका दलित पत्रकारहरुलाई सदस्यता वितरण गर्ने निर्णय गरिएको छ । भने नेपाल दलित पत्रकार मञ्चको निष्कृय सदस्यहरुलाई हेरफेर गरि सक्रिय सदस्यहरुलाई कार्य समितिमा सहभागि गराएको नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेलले जानकारी दिएका छन् ।

No comments:

Post a Comment