रेखदेख संवाददाता मुसिकोट । नेपाल दलित पत्रकार मञ्चको बैठक जिल्ला सदरमुकाम खंलगामा बुधवार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष प्रविर ददेल र नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक चिन्तनको बिशेष उपस्थितमा बैठक सम्पन्न गरिएको हो । बैठकले यहि बैशाख २६ गते शनिवार जिल्लाको मग्गामा गाविस लाई दोस्रो छुवाछूत नमूना गाविस घोषणा कार्यक्रमलाई सफल बनाउन आयोजक सँग समन्वय तथा सहकार्य गरेर प्रचार प्रसार कार्यक्रम गर्ने निर्णय गरिएको छ । यसका साथै नेपाल दलित पत्रकार मञ्चको लागि जिल्ला विकास समिति रुकुमले छुट्याएको रु २५ हजार रुपैया जिल्लाको पहिलो जातीय छूवाछूत नमूना गाविस चुनवाङको हालको अवस्था बारेमा स्थलगत अनुगमण तथा रिर्पोटिङ गर्ने निर्णय गरिएको छ । जिल्लाका दलित आन्दोलनका हस्ती सूयुक्त दलित राजनैतिक संघर्ष समितिका अध्यक्ष तथा दलित संघका जिल्ला अध्यक्ष पूर्णबादुर कसेराको दुवै मृगौलामा समस्या देखिएर उपचारको क्रममा रहेका हुँदा कसेराको शिघ्र स्वास्थ्य लाभको कामना सहित जिवन बचाउ अभियानमा पहल गर्ने निर्णय गरिएको छ । रुकुमका सञ्चार माध्यमहरुमा दलित पत्रकारहरुको बृद्धि भइरहेको हुँदा मिडियाहरुमा आबद्ध भएका दलित पत्रकारहरुलाई सदस्यता वितरण गर्ने निर्णय गरिएको छ । भने नेपाल दलित पत्रकार मञ्चको निष्कृय सदस्यहरुलाई हेरफेर गरि सक्रिय सदस्यहरुलाई कार्य समितिमा सहभागि गराएको नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेलले जानकारी दिएका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» दलित पत्रकार मञ्चको बैठक सम्पन्न
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
प्रवीर ददेल साउन ५, रुकुम । दैलेखकी चेली सपना शाहीले तीजको नयाँ गित बजारमा ल्याएकी छिन् । उनले तीजको नयाँ गित ‘जाउ सानु माईत जाउ’ बो...
-
प्रवीर ददेल असार १६, रुकुम । रुकुमका घर निर्माणमा कागर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प निर्माण सम्वन्धी तालिम दिइएको छ । जिल्ला विकास...
-
राष्ट्रिय आमसञ्चार नीति, २०७३ प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक सम...
-
नुनुता राई काठमाडाैं । नयाँ जोश, जाँगर, उत्साहका साथ नव वर्ष २०७३ सालको शुरुवात भएको छ । प्रत्येक नेपालीले ०७३ साल सुखमय र समृद्धिको काम...
-
रेखदेख संवाददाता रुकुम गरायला २ का गोरखप्रसाद चन्द नेपाल कै कान्छा महाधिवेशन प्रतिनिधी भएका छन् । गत माघ २५ गते भएको नेपाली कांग्रेसको नि...
-
प्रविर ददेल चैत ३, रुकुम । रुकुमको एक सामुदायीक विद्यालयलाई राजनैतिक विवादमा फसाएर जिल्ला शिक्षा अधिकारी रातारात सरुवा भएका छन् । रुकु...
No comments: