Pages
▼
Wednesday, May 13, 2015
जनताले पाएनन, सभासदले पाए त्रिपाल
काठमाडौं, वैशाख
हिजो वैशाख २९ गते पनि ठूलो भूकम्प गएपछि संविधान सभाका सभासद्हरूले पनि त्रिपाल माग गरेका छन्। संसद सचिवालयले अहिले सभासदहरूलाई हस्ताक्षर गराउँदै त्रिपाल उपलब्ध गराउन थालेको छ। ६०१ जना सभासद्लाइ नै त्रिपाल उपलब्ध गराउने संसद सचिवालयले जनाएको छ। शहरी विकास मन्त्रालयले उपलब्ध गराएको त्रिपाल बाढिएको हो, संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए।
यसैबीच राप्रपा नेपालले सचिवालयले उपलब्ध गराएको त्रिपाल नलिने घोषणा गरेको अध्यक्ष कमल थापाले बताए।
यसैबीच सभासदहरूबीचमै यो प्रक्रियाको चर्को विरोध गरेपछि अहिले त्रिपाल लिइसकेका सभासदहरूले पनि फर्काउन थालेका छन्।
आधा भन्दा बढी सभासदहरूले त्रिपाल लिएर जादै गर्दा बाँकि रहेका कतिपय सभासदले विरोध गरेका थिए। सभासद तथा कानुन मन्त्रीले दूर दराजका नजताले पाल नपाइरहेको अवस्थामा यसरी बाढ्नु राम्रो होइन भनेर सभामुखलाई भनेछनि सभामुखले पाल बाढ्न रोक्न आदेश दिएका थिए। उनले भने, ‘जहाँ बाट ल्याएको हो त्यही लैजानू।’
यो पाल पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले नेपाललाई हस्तान्तरण गरेको पाल हो।
No comments:
Post a Comment