Pages
▼
Monday, May 18, 2015
जेठ ६ मा प्वाङ छुवाछूत मुक्त
जनक विक
प्वाङ । रुकुमको प्वाङ गाविस जिल्लाको तेस्रो जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा हुने तयारी भएको छ । आगामी जेठ ६ गते रुकुमको प्वाङ गाविसलाई जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा गर्ने तयारी गरिएको गाविस सचिव उदिराम रोकाले जानकारी दिए ।
उनले भने, प्वाङ गाविसमा कुनै पनि दलित तथा गैर दलित बीच कुनै विभेद नभएका कारण जातीय छुवाछूत मुक्त क्षेत्र घोषणा गर्ने तयारी भएको जानकारी दिए । सम्पूर्ण गाविस भरि छुवाछूत रहित भएपछि गाविस कार्यालय प्वाङले अनुगमन गर्न जिल्ला विकास समिति रुकुम लगायत जिल्लाका दलित अधिकार कर्मीहरुलाई अनुरोध गरेपछि बुधवार जिल्ला स्थित अनुगमन टोली प्वाङ पुगेका थियो ।
अनुगमन टोलीले प्वाङ गाविसमा जातीय छुवाछूतको अवस्था, अन्तरजातीय विवाहको अवस्था, सार्वजनिक धारा, मन्दिर, कुवामा कुनैपनि विभेद नभएको र जातीय छवाछूत मुक्त क्षेत्र घोषणा गर्न तयार भएको अनुगमन टोलीको प्रतिवेदनमा उल्लेख रहेका छ ।
अनुगमन पछि नेपाल दलित पत्रकार मञ्च रुकुमले जिल्ला सदरमुकाम मुसिकोट स्थित जिल्ला विकास सभाहलमा पत्रकार सम्मेलन समेत गरिएको थियो ।
No comments:
Post a Comment