जनक विक प्वाङ । रुकुमको प्वाङ गाविस जिल्लाको तेस्रो जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा हुने तयारी भएको छ । आगामी जेठ ६ गते रुकुमको प्वाङ गाविसलाई जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा गर्ने तयारी गरिएको गाविस सचिव उदिराम रोकाले जानकारी दिए । उनले भने, प्वाङ गाविसमा कुनै पनि दलित तथा गैर दलित बीच कुनै विभेद नभएका कारण जातीय छुवाछूत मुक्त क्षेत्र घोषणा गर्ने तयारी भएको जानकारी दिए । सम्पूर्ण गाविस भरि छुवाछूत रहित भएपछि गाविस कार्यालय प्वाङले अनुगमन गर्न जिल्ला विकास समिति रुकुम लगायत जिल्लाका दलित अधिकार कर्मीहरुलाई अनुरोध गरेपछि बुधवार जिल्ला स्थित अनुगमन टोली प्वाङ पुगेका थियो । अनुगमन टोलीले प्वाङ गाविसमा जातीय छुवाछूतको अवस्था, अन्तरजातीय विवाहको अवस्था, सार्वजनिक धारा, मन्दिर, कुवामा कुनैपनि विभेद नभएको र जातीय छवाछूत मुक्त क्षेत्र घोषणा गर्न तयार भएको अनुगमन टोलीको प्रतिवेदनमा उल्लेख रहेका छ । अनुगमन पछि नेपाल दलित पत्रकार मञ्च रुकुमले जिल्ला सदरमुकाम मुसिकोट स्थित जिल्ला विकास सभाहलमा पत्रकार सम्मेलन समेत गरिएको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» जेठ ६ मा प्वाङ छुवाछूत मुक्त
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
रेखदेख संवाददाता । नेपाल पत्रकार महासंघको ६० औँ स्थापना दिवस तकसेरामा मनाएको छ । पूर्वी क्षेत्रको पर्यटन विकासका लागि आगामी बैशाख १ देखि ५ ग...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...
-
प्रविर ददेल मङ्सिर १७, रुकुम । रुकुममा एकीकृत परियोजना प्रभावकारी रहेको छन् । पश्चिम रुकुमको खोलागाउँ, नुवाकोट, सिम्ली र गरायलामा सञ्चालन...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
प्रविर ददेल रुकुम । रुकुम चौरजहारीका बादी परिवार बास भएपनि गाँस नहँदा समस्यामा परेका छन् । पुर्खौ देखि खोलाको किनार तथा ओडारहरुमा सुकुम्बास...
-
फाईल तस्वीर ः रेखदेख प्रविर ददेल मंसिर १२, रुकुम । पूर्वी रुकुमका दुर्गम मतदान केन्द्रका मतपेटीकाहरु हेलिकप्टेरबाट ढुवानी गरिएको छ । मं...






No comments: