प्रविर ददेल
माघ १ रुकुम ।
नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति दिवश मनाईएको छ ।
मंगलबार स्वर्गिय हरिभक्त ओलीको सम्झनामा जिल्ला अस्पताल सल्ले रुकुम र राप्ती समाज अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
फलफुल वितरणमा नेपाली कांग्रेसका जिल्ला सदस्य गोरखबहादुर केसी, जिल्ला अस्पताल सल्लेका डा. सविन पोखरेल, मुसिकोट नगरपालिकाका वडा १ का अध्यक्ष विरवल केसी, वडा नं. ३ का भिमबहादुर खड्का, नेपाल महिला संघ रुकुमकी अध्यक्ष मनिषा भण्डारी, तरुण दल रुकुमका अध्यक्ष लोकेन्द्र केसी, उपाध्यक्ष दिनेश खड्का, नेपाल शिक्षक संघका खिमबहादुर खड्का, प्रेस युनियन रुकुमका सह सचिव प्रविर ददेल लगायतले विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।
फलफुल वितरण पछि वोल्दै जिल्ला कार्य समिति रुकुमका सदस्य गोरखबहादुर केसीले स्व. हरिभक्त ओलीको हत्याले नेपाली कांग्रेस रुकुमलाई ठुलो क्षती पुय्राएको जनाएका छन् । उनले भने ओलीको हत्याले कांग्रेसलाई मात्र होईन सिङगो रुकुम जिल्लामै अतुलनीय क्षती पुगेको बताए ।
नेपाली कांग्रेस रुकुमलाई कमजोर बनाउने उद्देश्यले तत्कालिन नेकपा माओवादीले हत्या गरेको नेपाल महिला संघकी अध्यक्ष मनिषा भण्डारीले जानकारी दिएकी छिन् । उनले भनिन, नेपाली कांग्रेसको लागि माघ १ कालो दिन भएको समेत प्रष्ट्याईन । त्यस्तै तरुण दलका अध्यक्ष लोकेन्द्र केसीले कांग्रेसको जनलहर देखेर अतालिएर माओवादीले हत्या गरेको आरोप समेत लगाए ।
२०५५ साल माघ १ गते तत्कालिन विद्रोही तत्कालिन नेकपा माओवादीले स्वर्गीय हरिभक्त ओलीलाई रुकुमको चौरजहारीमा हत्या गरेको थियो । त्यस्तै स्वर्गिय हरिभक्त ओली सम्झनामा चौरजहारीमा समेत कार्यक्रम गरिएको छ । चौरजहारी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भद्रबहादुर विष्टको अध्यक्षतामा भएको १९ औं स्मृति दिवसमा नेपाली कांग्रेसका नेता तिलक भण्डारीको प्रमुख आथित्यता रहेको थियो । ओलीको सम्झनामा आगामी माघ १६, १७ र १८ गते चौरजहारी मिसन अस्पतालमा मृगौला तथा मुटु परिक्षण शिविर समेत सञ्चालन गर्ने नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
«
Next
This is the most recent post.
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
प्रविर ददेल साउन २२, रुकुम । समाचार संकलनमा लागि जिल्ला अस्पताल पुगेका पत्रकारमाथी प्रहरीले दुव्र्यवहार गरेको छ । शुक्रवार साँझ जिल्ल...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...
-
फाईल तस्वीर ः रेखदेख प्रविर ददेल मंसिर १२, रुकुम । पूर्वी रुकुमका दुर्गम मतदान केन्द्रका मतपेटीकाहरु हेलिकप्टेरबाट ढुवानी गरिएको छ । मं...
-
ब्राहमाकुमारी यमुना सर्बप्रथम हामी लेपालीहरुको महान चाँड विजयादशमी को पावन अवसरमा सम्पुर्ण मानव आत्माहरुलाई ब्रमाकुमारी ईश्वरीय विश्व विद...
No comments: