रेखदेख संवाददाता मुसिकोट । कुनै बेला राजनैतिक दलको बजार बन्द हुँदा बन्दको विरोध गर्ने रुकुमका उद्योग व्यापारीहरु बुधबार एक्कासी बजार बन्द गरेका छन् । बुधवार क्षेत्रीय राजश्व अनुसन्धान टोली रुकुम पुगेपछि व्यापारीहरुले एक्कासी बजार बन्द गरेका हुन् । क्षेत्रीय राजश्व अनुसन्धान टोलीले जुनसुकै पसलमा छापा मारेर बिल भरपाई चेक जाँच गर्ने र करको दायरामा नछिरेका पसलहरुको भ्याट तथा प्यान विल बरामत गर्ने डरले रुकुमका ब्यापारीहरुले एक दिन बजार बन्द हुन् । राज्यको नीति नियम अन्र्तगत सञ्चालन गर्न अनुमती प्राप्त उद्योग व्यापारीहरुले राजश्व अनुसन्धानको टीम रुकुम आएको हल्लामा पसल बन्द गरेपछि रुकुममा व्यापारीहरु अबैध रुपमा सञ्चालन गरेको हुन सक्ने नाम नभन्ने सर्तमा एक स्थानीयले बताए । उनले भने, ‘राजश्व अनुसन्धानको टीम पुग्दा बन्द गर्नुले रुकुमका व्यापारीहरु प्रति शंका उव्जेको जनाए ।’ बजार बन्द भएपछि राजश्व अनुसन्धान क्षेत्री अनुगमन टोली फिर्ता भएको छ । बजार बन्दबारे थाहा नभएको र राजश्व छल्न गरेको भए छिट्टै अनुगमन भई कर छल्ने व्यापारीलाई कानुनी कारवाही गर्ने मध्य तथा सुदुरपश्चिम क्षेत्री राजश्व अनुसन्धान अधिकृत नारद गौतमले जनाए । उता रुकुम उद्योग वानिज्य संघले भने राजश्व ठग्ने मनासयले पसलहरु बन्द नभएको दावी गरेको छ । क्षेत्रीय राजश्व अनुसन्धान टोलीले सल्यानबाट रुकुम आउदैँ गरेका मालवाहक गाडीहरुमा चेक जाँच गर्ने भन्दै बिल कब्जामा लिएपछि रुकुमका व्यापारीहरु त्रसित भएर बजार बन्द गरेको रुकुम उद्योग वानिज्य संघ रुकुमले जनाएको छ । रुकुमका अधिकास व्यापारीहरुले प्यान तथा भ्याटमा पसलहरु दर्ता गरेर व्यवसाय सञ्चालन गरेका कारण कुनै डर नभएको र हल्लामै व्यापारीहरुले पसल बन्द गरेको रुकुम उद्योग वानिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुनले जनाए । उनले भने, रुकुममा २ हजार १ सय ५० पसलहरु प्यानमा दर्ता भएका छन् । भने २३ व्यापारी कम्पनी र १सय ७३ निर्माण कम्पनी भ्याटमा दर्ता भएको जनाएको छ । सामान्य तया २० लाख सम्म प्यानमा दर्ता गरेर व्यवसाय सञ्चालन गर्न पाउने प्रावधान छ । भने २० लाख माथी लगानी गरेर व्यवसाय सञ्चालन गर्न भ्याटमा दर्ता गर्नु गर्नु पर्दछ । तर सेवामूलक व्यवसायमा भने १० लाख भन्दा माथी लगानी गर्न भ्याटमा दर्ता गर्न पर्दछ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» ब्यापारीले एक्कासी रुकुमको बजार बन्द किन गरे ?
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
रेखदेख संवाददता रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको ...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
प्रविर ददेल बैशाख १६, रुकुम । भुकम्पबाट डिडितलाई वितरण गर्न रुकुममा राहत संकलन गरिएको छ । बुुधवार रुकुम उद्योग वानिज्य संघ रुकुम, सिस्ने हि...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा विपन्नबालवालिकाहरुलाई शिक्षाको मुल धारमा ल्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको छ । आर्थिक वर्...






No comments: