Pages

Monday, June 29, 2015

एमाले पार्टी कार्यालयमा ताला

रेखदेख संवाददाता रुकुम । नेकपा एमाले निकट युवा संघले जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । पार्टीलाई मनोमानी रुपमा चलाएको आरोपमा युवा संघका जिल्ला अध्यक्ष खुम्भण्डारी लगाएतको टोलीले एमाले पार्टी कार्यालय रुकुममा ताला लगाएको हो । नेपाल सरकार खेलकुद विकास समिति रुकुमको अध्यक्षमा मनोमानी तरिकाले पार्टीकै जिल्ला कार्य समिति सदस्य हेमराज पुनलाई नियुक्ति गरेपछि एमाले पार्टी कार्यालयमा ताला लगाएको नेकपा एमाले स्रोतले जनाएकको छ । बुधबार लगाएको ताला अझै खुल्न सकेको छैन् । पार्टीले यस विषयमा छलफल नगरे सम्मको लागि ताला नखोल्ने युवा संघ रुकुमले जनाएको छ । यस विषयमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष ऋषिप्रसाद शर्मालाई बुझ्न खोज्दा पार्टी कार्यालयमा ताला नलगाएको र युवा संघ रुकुमले केही विषयमा असुन्तुष्टि गरेको जनाए । यस विषयमा छिट्ै बैठक वसी समस्याको सावधान गर्ने नेकपा एमाले रुकुमले जनाएको छ ।

No comments:

Post a Comment