Pages
▼
Monday, June 29, 2015
रुकुममा खोलाले बगाउदा १ को मृत्यू
रेखदेख संवाददाता
रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मृत्यु हुनेमा छिवाङ ८ रुकुमकी २८ वर्षकी जयपुरी खत्री रहेको जनाएको छ ।
शनिवार छिवाङखोला स्थित खेतमा धान रोप्न गई साझ घर फर्कर्ने क्रममा खोलामा एक्कासी वाढी आएपछि जयपुरी खत्रीलाई खोलाले वगाएको थियो । खोलाले मृतक खत्रीलाई करिब २ सय मिटर तल पु¥याएको जिल्ला प्रहरी कार्यालय रुकुमका इङलिसपेक्टर पुरन क्षेत्रीले जनाए । यस्तै शनिवार सानीभेरी नदिले बगाएका दुईजनाको उद्धार गरिएको छ । सानीभेरी नदिमा माछा मार्न गएका गरायला १ का ६० वर्षे दलबहादुर रोकाय र गरायला ३ का ४५ वर्षका रुपसिङ वि.क. लाई उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमकाबाट गएको प्रहरी टोली र स्थानीयको सक्रियतामा दुवै जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उद्धार गरिएका दुवै जनाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्के जनाएको छ ।
No comments:
Post a Comment