Pages
▼
Saturday, June 20, 2015
रुकुममा साढे २ करोड लगानीमा ५४ किलोवाट विद्युत निर्माण
प्रवीर ददेल
रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्माणधिन ४ जलविद्युत आयोजनाबाट ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो ।
जसमा पिपलनेटा लघु जलविद्युत आयोजना १७ किलोवाट, धारवाङ्ग चंखेरी लघु जलविद्युत आयोजना २० किलोवाट, पुतलीवास लघु जलविद्युत आयोजना १२ किलोवाट र छरीखोला पेल्ट्री सेट ५ किलोवाट क्षमता गरी खारा गाविसमा जम्मा ५४ किलोवाट विद्युत उत्पादन भएको गाविस सचिव रुद्र देवकोटाले वताए । उनले भने , झण्डै साढे २ करोडको लगानीमा ४ वटा लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएका छन् ।
जसमा रु १४ लाख ७२ हजार ३ सय ५३ रुपैँयाको लागतमा निर्माण भएको पिपलनेटा लघु जलविद्युत आयोजनाबाट २ सय २० घरधुरी लाभान्वित भएको छन् । त्यस्तै ४९ लाख ५८ हजार ८ सय १ रुपैँया लागतमा निर्माण भएको धारवाङ्ग चंखेरी लघु जलविद्युत आयोजनाबाट १ सय ९८ घरधुरी लाभान्वित भएका छन् ।
अनुदान रकम गरी ८७ लाख ९६ हजार ५ सय ९३ रुपैँयाको लागतमा निर्माण भएको पुतलीवास लघु जलविद्युत आयोजनाबाट १ सय २५ र रु १८ लाख ५७ हजार ५ सय २० रुपैँयाको लागतमा निर्माण भएको छरीखोला पेल्ट्री सेटबाट ३० घरपरिवार लाभान्वित भएको जनाएको छ । रुकुम उज्यालो कार्यक्रम अन्र्तगत ५४ किलोवाट क्षमताको विद्युत निर्माणको लागि रु १ करोड ७० लाख ८५ हजार २ सय ७१ रुपैया अनुदान दिएको थियो । भने खारवासीले रु ८७ लाख १ हजार १ सय ४६ रुपैया वरावरको जनश्रमदान गरेका थिए । ५४ किलोवाट विद्युत निर्माण गर्न करिव २ करोड ५७ लाख ८६ हजार तिन सय १७ रुपैया लगानी गरिएको रुकुम उज्यालो कार्यक्रमले जनाएको छ ।
No comments:
Post a Comment