रेखदेख संवाददाता । बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पको सही तथ्याङ्क संकलन भएको छ । दैबीक प्रकोप उद्दार समितिले भुकम्पका कारण क्षती भएको विवरणमा छानविन गरेर सहि तथ्याङ्क निकालेको हो । भुकम्पका कारण क्षतीको विवरण अत्याधिक आउन थालेपछि प्राविधिक सहित गाविस सचिव र प्रहरीको क्षतीको अनुगमन टोलीले रुकुममा जम्मा १ सय १७ घरमात्र पूर्णरुपमा क्षती भएको जनाएको छ । जसमा सवैभन्दा बढी क्षती जाङ, मग्मा, तकसेरालगायतका गाविसमा भएको छ । भने अांशिक क्षतीतर्फ ३ सय ३८ घर रहेका छन् । यसका साथै रुकुमका २२ वटा विद्यालय पूर्णरुपमा क्षती भएको र १ सय ७ वटा सरकारी तथा गैर सरकारी संघ सस्थाका भवनहरु अांशिक रुपमा क्षती भएको सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणाले जनाए । उनले भने रुकुमका ९ सय ६० घर सामान्य क्षती भएका छन् । यसअघि रुकुमका १ सय ३६ घर पूर्ण क्षती भएको थियो । भने ९ सय ७६ आंशिक रुपमा क्षती जनाएको थियो । भुकम्पका कारण पूर्णरुपमा क्षती घरपरिवार मध्ये ७३ परिवारलाई ५ हजारका दरले कुल रु ३ लाख ६५ हजार राहत वितरण गरिएको छ । यसका साथै अन्य घरपरिवारलाई समेत छिट्टैँ राहत वितरण गरिने छ । पूर्णरुपमा घर क्षती भई बैकल्पीक बासको व्यवस्था नभएका घरपरिवारलाई बास व्यवस्थापनको लागि तत्काल रु १५ हजार रुपैया राहत प्रदान गर्ने जनाएको छ । रुकुममा १ सय १७ घर पूर्णरुपमा क्षती भएपनि ४० ÷५० परिवार मात्र घरवारी विहीन भएर आफन्तको घरमा बसेको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सम्पादकीय .. नेपाल अहिले महासंकटको बेलामा छ । कयँौ मानिसहरु बेपत्ता, घाईते र मृत्युको बाटो रोजेका छन् । कयाँै घर भत्केका छन् । अर्बौ सम्पत...
-
रेखदेख संवाददता रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको ...
-
१ वैशाख, काठमाडौं । मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने ब...
-
रेखदेख संवाददाता रुकुम । नेपाल निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनको चुनावमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जित हात पारेको...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...






No comments: