Pages

Monday, July 6, 2015

विपन्न वालवालिकालाई शैक्षिक सामाग्री

रेखदेख संवाददाता रुकुम । रुकुममा विपन्नबालवालिकाहरुलाई शिक्षाको मुल धारमा ल्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७१÷७२मा प्राथमिक स्तरका वालवालिकाहरुलाई विद्यालयमा टिकाई रहन सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र वालसरोकार केन्द्र रुकुमको सहजीकरणमा रुकुमका विपन्न ६० वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वालवालिकाहरुले आर्थिक अभावका विद्यालय छोड्ने समस्यालाई मध्यनजर गर्दै शैक्षिक सामाग्री वितरण गरिएको छ । सम्पूर्ण बालवालिकाहरुलाई अनिवार्य र निशुल्क शिक्षा प्रदान गर्न रुकुम मुरु, खारा, चौखावाङ, रुँघालगायतका गाविसका ६० वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको सेभ द चिल्ड्रेन रुकुमका प्रमोद न्यौपानेले वताए । उनले भने, विपन्न वालवालिकाहरुलाई शिक्षा आर्जनमा सहयोग गर्न शैक्षिक सामाग्री प्रदान गरिएको हो । सबै बालवालिकाहरुलाई शिक्षाको मुलधारमा ल्याउने उद्देश्यले विपन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री अन्र्तरगत लत्तकपडा (ड्रेस), र बर्ष भरीमा आवश्यक पर्ने कापी कलम, पेन्सीललगायतका सामाग्री वितरण गरिएका वाल सरोकार केन्द्र रुकुमका कार्यक्रम संयोजक टीकाराम नेपालीले जनाए । उनका अनुसार – प्रत्येक बालवालिकाहरलाई रु २ हजार रुपैया बरावरको शैक्षिक सामाग्री वितरण गरिएको छ । यस अघि रुकुमका वालवालिकाहरुलाई निशुल्क र अनिवार्य शिक्षाको लागि रुकुमका ४ गाविसहरु अनिवार्य र निशुल्क शिक्षायुक्त गाविस घोषणा गरिएको थियो । भने जिल्लालाई अनिवार्य र निशुल्क शिक्षा घोषणा गर्न अभियान नै सञ्चालन गरिएको छ ।

No comments:

Post a Comment