Pages

Monday, July 6, 2015

उपसभापति पौडेल रुकुम आउँदै

रेखदेख संवाददाता रुकुम । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति रामचन्द्र पौडेल रुकुम आउने भएका छन् । नेपाली कांग्रेस रुकुमले असार २३ गते आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्न पौडेल असार २२ गते रुकुम पुग्ने भएका हुन् । नेपालको समसामयीक राजनैतिक घटनाक्रम र पार्टीको आगामी योजनाको बारेमा सम्वोधन गर्ने जनाएको छ । यसका साथै जिल्लाको आन्तरिक पार्टी प्रशिक्षण समेत गरिने छ । बृहत भेलामा नेपाली कांग्रेस रुकुमका गाउँ, क्षेत्र र जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्थित हुने नेपाली कांग्रेसका महासमिति सदस्य प्रेमप्रकाश ओलीले रेखदेखलाई जनाए । उनले भने, नेपाली कांग्रेस रुकुमको बृहत जिल्ला भेलामा नेपाली कांग्रेसको विशेषगरी पार्टीको आगामी अधिवेशन नेपालको राजनैतिक अवस्थाको बारेमा पार्टी प्रशिक्षण गर्ने जनाएको छ । बृहत जिल्ला भेलामा नेपाली कांग्रेस राप्ती अञ्चल समन्वय समितिका बावुराम राणालगायतको उपस्थित रहने जनाएको छ ।

No comments:

Post a Comment