रेखदेख संवाददाता रुकुम । जिल्ला जलवायु परिवर्तन सहयोग कार्यक्रम रुकुमको जिल्ला स्थित सरोकारवाला निकायले संयुक्त अनुगमन गरेका छन् । शनिवार जिल्ला जलवायु परिवर्तन सहयोग कार्यक्रम रुकुम अन्र्तगत रुकुमकोट र अर्मा गाविसमा सञ्चालन गरिएका विकास निर्माण कार्यक्रमको सयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा रुकुमकोट गाविसमा निर्माण भएका बस्ती जोगाउन रुकुमकोट ४ खोपीचारमा रहेको तारजाली, काठेपुल, लुस्पा पोखरा सिचाई आयोजना रुकुमकोट ५ र ६ , ढकालवारा खानेपानी आयोजना रुकुमकोट २, धानेउबजार जोगाउन तारजाली आयोजना रुकुमकोट १ र कृषि उपज संकलन केन्द्र रुकुमकोट ६ को अनुगमन गरिएको थियो । भने स्थानीवासीसँग योजनाको बारेमा समेत छलफल गरिएको थियो । छलफलको क्रममा ‘स्थानीयले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले आयोजना निर्माण गरिदिएर सहजता बनाएको जनाएका थिए ।’ भने निरन्तताको लागि समेत रुकुमकोट २ का यमबहादुर हमाले आग्रह गरे । यस्तै छलफल कार्यक्रमै बोल्दै विमला वुढाथोकीले खानेपानी आयोजनाको इन्टेक निर्माण गरिदिए पनि धारा र पाईप नहुँदा केही समस्या हुने जानकारी दिईन । छलफल कार्यक्रमममा जिल्ला विकास समिति रुकुमका योजना अनुगमन तथा प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद नेपालले रुकुमकोट गाविसका स्थानीयवासीले कम लगानीमा कडा परिश्रमले आयोजनाहरुको राम्रो काम गरेको जनाए । उनले भने, ‘रुकुमकोटका हरेक योजनाहरुको काम प्रभावकारी रहेको जानकारी दिए ।’ अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रुकुमका वेदप्रसाद लुईटेल, जिल्ला जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला जलवायु परिवर्तन सहयोग अधिकृत दिनेश आचार्य लेखापाल गणेश पुन, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थित रहेको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
राष्ट्रिय आमसञ्चार नीति, २०७३ प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक सम...
-
रेखदेख संवाददाता रुकुम गरायला २ का गोरखप्रसाद चन्द नेपाल कै कान्छा महाधिवेशन प्रतिनिधी भएका छन् । गत माघ २५ गते भएको नेपाली कांग्रेसको नि...
-
रेखदेख संवाददाता . चैत ११ रुकुम । नेपाल पत्रकार महासंघको भवन निर्माणमा सहयोग रकम जुटिरहेको छ । करिव एक दशक देखी अलपत्र बनेको भवन ...
-
बामपन्थीको खोल ओढेर दामपन्थी हुदै वदनामपन्थीमा परिणत हुनु भन्दा गैरवामपन्थी भएपनि आफूलाई साम्यवादी समाज निर्माणमा योगदान पु¥याउने चाहाने सम...
-
३ असोज, काठमाडौं । पहिलो संविधानसभाले ४ वर्षमा संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दिएको छ । संविधानसभाका अध्यक्...
-
प्रवीर ददेल असार १६, रुकुम । रुकुमका घर निर्माणमा कागर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प निर्माण सम्वन्धी तालिम दिइएको छ । जिल्ला विकास...
No comments: