प्रविर ददेल असार १६, रुकुम । जिल्ला अदालत भन्दा समस्या सर्वोच्च अदालतमा रहेको गुनासो एक कार्यक्रमका सहभागीहरुले गरेका छन् । जिल्ला सदरमुकाम मुसिकोटमा बुधबार आयोजना गरेको न्यायिक संवाद कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । रुकुम जिल्ला अदालतबाट मुद्दा फच्यौट गति राम्रो भएको भन्दै कार्यक्रमका सहभागीहरुले प्रशंसा गरेका छन् । भने सर्वोच्च अदालतमा भने समस्या रहेको जनाएका छन् । सर्बोच्च अदालतले बर्षौ देखि मुद्दा छिन्न नसक्ने र बेला बेलामा क्षेत्राधिकार मिचेर राजनैतिक मुद्दामा फसेको कारण समस्यामा सर्वोच्च अदालत रहेको कार्यक्रमका सहभागीहरुले गुनासो गरेका हुन् । रुकुममा न्याय क्षेत्रको अवस्था र नागरिकहरुका सल्लाह सुझाव र गुनोसो सुन्न रुकुम पुगेका सर्वोच्च अदालतका माननीय न्यायधिस गोविन्दकुमार उपाध्यायसँग रुकुममेली जताहरुले जिल्ला अदालत रुकुम भन्दा समस्या सर्वोच्च अदालतमै रहेको गुनोसो गरेका हुन् । रुकुम जिल्ला अदालतले समयमा नै मुद्दा छिन्ने गरेको र पीडितले न्याय र पीडकले सजाय पाउने गरेता पनि सर्वोच्च अदालतमा भने वर्षौ देखिका मुद्दा फैसला हुन नसकेको मुसिकोट नगरापालिका १ का नन्दबहादुर विष्टले गुनासो गरे । उनी जस्तै अधिकास प्रश्नकर्ताहरुले सर्वोच्च अदालततिरै प्रश्न तिर्साएका थिए । सर्वोच्च अदालतका न्यायधिस गोविन्दकुमार उपाध्यायले मुद्दाको छानविन गर्न केही ढिलो भएपनि राजनैतिक मुद्दामा नफसेको र नीति नियममा व्यवस्था अनुसार सर्वोच्च अदालतले काम गरेको बताए । “हामीले कानुन बमोजिम काम गर्दछौँ, राजनैतिक गदैर्नौ । तर नीनि नियम विपरित काम गरे राजनैतिक दल तथा सरकारलाई समेत न्यायलयले नछोड्ने जनाए ।” न्यायलयले एक्लैले केही नगर्ने र सचेत नागरिकले सहयोग गर्नुपर्ने जानकारी दिए । न्यायिक संवाद कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदैँ जिल्ला न्यायधिस हेमन्त रावलले कानुनको नजरमा कोही सानो ठुालो नहँुने र सबैलाई काननुले सम्मान दृष्टीले हेर्ने बताएका छन् । कुनै वेला सानालाई ऐन, ठुलोलाई चैन भन्ने भनाई थियो, अहिले त्यो पुरानो भएको र कानुले कसैलाई नछोड्ने स्पष्ट पारे । हामी न्यायलयबाट सेवा छिटो र सर्वसुलभ बनाएकोले चालु आर्थिक वर्षमा ४ सय ७४ मुद्दा मध्ये ३ सय ५५ मुद्धा फच्यौट गरेको र १ सय १९ मात्र बाकी रहेको जानकारी दिएका छन् । उनले भने, जिल्ला अदालत रुकुममा ५ महिना पुराना मुद्दा नरहेको समेत स्पष्ट पारेका छन् । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार, बुद्धिजीविको उपस्थि रहेको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
राष्ट्रिय आमसञ्चार नीति, २०७३ प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक सम...
-
रेखदेख संवाददाता रुकुम गरायला २ का गोरखप्रसाद चन्द नेपाल कै कान्छा महाधिवेशन प्रतिनिधी भएका छन् । गत माघ २५ गते भएको नेपाली कांग्रेसको नि...
-
बामपन्थीको खोल ओढेर दामपन्थी हुदै वदनामपन्थीमा परिणत हुनु भन्दा गैरवामपन्थी भएपनि आफूलाई साम्यवादी समाज निर्माणमा योगदान पु¥याउने चाहाने सम...
-
३ असोज, काठमाडौं । पहिलो संविधानसभाले ४ वर्षमा संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दिएको छ । संविधानसभाका अध्यक्...
-
रेखदेख संवाददाता . चैत ११ रुकुम । नेपाल पत्रकार महासंघको भवन निर्माणमा सहयोग रकम जुटिरहेको छ । करिव एक दशक देखी अलपत्र बनेको भवन ...
-
प्रवीर ददेल असार १६, रुकुम । रुकुमका घर निर्माणमा कागर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प निर्माण सम्वन्धी तालिम दिइएको छ । जिल्ला विकास...
No comments: