वीरवहादुर मल्ल
आज १५ औं अन्र्तराष्ट्रिय युवा दिवस रुकुममा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पुनःनिर्माणमा युवाहरुको सार्थक सहभागिता भन्ने मुल नाराका साथ युवा ¥याली र कोणसभा गरी दिवस मनाइएको हो । जिल्ला विकास समिति, यूएनएफपीए र रुकुमेली समाज विकास केन्द्रको सहयोग तथा जिल्ला युवा समन्वय समिति र राजनैतिक दलका भातृ संगठनहरुको संयोजनमा मुसिकोट खलंगामा युवा ¥याली र कोणसभा गरिएको छ । कालिका स्थानबाट निकालिएको ¥याली जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, पुष्पलाल चोक हुदैं पुनः कालिका स्थानमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा वोल्दै स्थानीय विकास अधिकारी भरतकुमार शर्माले हरेक क्षेत्रमा युवाहरुको अर्थपुर्ण सहभागिता आवश्यक रहेको बताएका छन् । युवाको जोस जाँगरलाई देश निर्माणमा प्रयोग गर्न पनि निर्णायक तहमा युवाहरुको अर्थपुर्ण सहभागिता अनिवार्य हुनुपर्ने शर्माको भनाई छ ।
उनले भने, –“युवा विना कुनै पनि काम छैन्, युवालाई सहभागि गराई हुने काम पनि प्रतिफलमुखी हुन्छ ।” त्यसकारण हरेक विकास योजनामा युवाको सहभागितालाई जिल्ला विकास समितिले विषेश जोड दिएको जनाए ।
कोणसभामा यूएनएफपीएका जिल्ला अधिकृत भुवन सेजुवाल र जिल्ला युवा समन्वय समितिका सल्लाहकार वीरवहादुर मल्लले पनि मन्तव्य राखेका थिए ।
कोणसभामा नेपाली काँग्रेस रुकुमका सह सचिव भिमवहादुर खड्का, नेकपा एमालेका अध्यक्ष विमल पुन, एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य रातो कामी, राप्रपा नेपालका अध्यक्ष गणेश शाही, संघिय समाजवादी फोरमका राजेश पुन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गिरीप्रसाद वुढा, त्रिभुवन जनता उच्च मावि खलंगाका निमित्त प्राचार्य प्रजित रावत, यमुना नन्द नमुना उच्च मावि सेरीगाउँका प्राचार्य दामोदर पौडेल, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशन नरेन्द्र केसी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहालले गरेका थिए । दिवसका अवसरमा आयोजित रेडियो बहस कार्यक्रम अन्तरगत बुधवार पनि विभिन्न ३ वटा युवा संगठनका प्रमुखहरुसंग बहस गरिएको थियो । नेपाल तरुण दलका उपाध्यक्ष महेन्द्र केसी, युवा संघका अध्यक्ष खोम भण्डारी र वाइसिएलका अध्यक्ष धिरन सिर्पाली विमर्शसंग बहस गरिएको हो । बिहीवार स्थानीय विकास अधिकारी भरतकुमार शर्मा र गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सम्भु विसीसंग बहस गरेको जिल्ला युवा समन्वय समितिले जनाएको छ ।
दिवसकै अवसरमा युवा स्मारकको पनि शिलान्यास गरिएको छ । देशमा महाभुकुम्पबाट ज्यान गुमाएकाहरु प्रतिको सम्झना र पुनःनिर्माण तथा उद्धारमा युवाहरुले पु¥याएको योगदानको सम्मान स्वरुप युवा स्मारक निर्माण गर्न लागिएको जिल्ला विकास समितिले जानकारी दिएको छ ।
रुकुममा १५ औं अन्र्तराष्ट्रिय युवा दिवस

Tag:
No comments: