ब्राहमाकुमारी यमुना
सर्बप्रथम हामी लेपालीहरुको महान चाँड विजयादशमी को पावन अवसरमा सम्पुर्ण मानव आत्माहरुलाई ब्रमाकुमारी ईश्वरीय विश्व विद्यालय को तर्फबाट र म स्वंयमको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । आजहामीहरुले जतिपनि चाडपर्वहर मनाउदैँ ति पर्वहरुको पछाडी कुनै न कुनै आध्यात्मिक भाव लुकेको हुन्छ । हिन्दूहरुको महान चाँड विजयादशमी पर्व हामीले हर बर्ष मनाउदै आईरहेका छाँै । हामीले चाँड पर्वत मनाउछाँै तर चाडपर्व मनाउनुको साथै यसपर्वको आध्यात्मिक रहस्यलाई जान्न पनि अति आवश्यक छ । तर आज हामीले चाडपर्वहरको मुल रहस्यलाई अर्थात आध्यात्मिक रहस्यलाई भुलेर केवल रितीरिवाजको रुपमा मनाउने गरिन्छ । विजया दशमी हामी हिन्दूहरुको महान चाँड हो । असुरमाथि देवताले विजय प्राप्त गरेको विजयको प्रतिक हो । यो पर्वको साथमा अनेकाँै पौराणिक कथाहर जोडिएका छन् । भनिन्छ जव असुरहरुले देवतामाथी अनाचार अत्याचार गरेको थिए तव शक्तिरुपी दुर्गाले उनको विनास गराएर देवताहरको राज्य भाग्य पुनः स्थापना गराएकी थिईन । यो दिनमा मर्यादा पुरुषोतम श्री राम ले रावण माथि विजय प्राप्त गरेको हुनाले सो दिनलाई विजयादशमीको रपमा हामीले धुमधाम संग मनाउने गर्दछाँै । विजया दशमीको केहि दिन पहिले देखी नै रामलिला सुरहुन्छ । बच्चा,बढा,जवानबडो उमङ्गको साथमा रावणको पुतला जलाउने पर्खाईमा रहन्छन । अवस्यपनी रावन मानवको दुस्मन हो । यदि साधारण तरिकाले हामी कसैलाई साधौकि रावण को थियो ? रावणलाई हर बर्ष पुतला बनाएर किन जलाईन्छ ? उत्तरमा हामीले यहि पाउँछौ कि रावण लंकाको राजा थियो । उ यति धेरै शक्तिशाली थियो । उसले आफ्नो दरवारमा जल,वायु,अग्नि,साथै काललाई पनि बाधेर राखेको थियो । अर्थात आफ्नो वशमा पारेको थियो र रावणलाई दशशिरवाला मुक्त पनि भनिन्छ । के उसले दशवटै मुखले खाना खान्थ्यो त ?दशवटै मुखले बोल्थ्यो त ? त्यसैगरी देवीहरुको हातमा अस्त्रसस्त्र देखाएको छ । के देवीहरुले संहार गर्नु हुन्थ्यो त ? माले आफनो बच्चाहरुले संहार गर्नु हुन्न आमा को ह्दय माया ममता करुणाले भरिएको हुन्छ । भने देवीहरुले हिंसक बली कसरी स्वीकार गर्नु हुन्छ त ? आज निर्दाेष पशुको वली चढाउने परम्परा छ । वास्तवमा देवीले ज्ञन खडका द्धारा अज्ञानताको शिर काटनु भएको थियो । अज्ञान निर्दाेष पशुको होइन वास्तवमा वलीको अर्थ हो कोई वलीको अर्थ नभई मानिस भित्र वलीया नभएर वसेका विकार जुन पशुको सरह आनिवानी विचार कर्म छ । त्यसै गरी रावणलाई लेकाको राजा थियो भनिन्छ । वास्तवमा लेका भनेको अहिलेको कलियुगी संसार अर्थात समस्त विश्व नै समुद्रले घरेको एउटा वृहत टापु हो । जो तिनभाग पानि र एकभाग जमिन छ । रावणले पाच तत्व लाइ वशमा पारेको थियो । यसको वास्तविक अर्थ हो । आजको संसारमा मानवले पाँच तत्वलाई वशमा पारेको छ । जस्तै जललाइ पाइपको माध्यमबाट घर भित्र ल्याइएको छ । अर्थात जललाइ वशमा पारेर विभिन्न कार्यमा लगाइ रहेका छन । वायुलाइ पनि आफनो वशमा पारेका छन् । जस्तो अहिले हामीलाइ गर्मी भयो स्विच अन गर्ना साथ हामीले चिसो हावा पाउन सक्छौँ । त्यस्तै मनुष्यले अग्नीलाइ पनि आफनो वशमा पारेको छ । त्यसैले आज जति सुख, सुविधाहरु छन् त्यति नै मनुस्यहरु दुखी ः अशान्त विकारी पतित बन्दै गइरहेका छन ।
रामायणको कथाबाट यो कुरा बुझिन्छ की रावणले सितालाइ हरण गरेको थियो । त्यसै कारणले रामले रावणलाइ बध गर्न सफल हुनुभयो । जसरी रावण विकारको प्रतीक हो । त्यसैगरी सिता पनि पवित्र आत्माको प्रतीक हुन । यो संसार कर्मरुपी खेत हो । आत्मरुपी सिता यस संसारमा कर्म गर्नका लागी जन्म लिन्छन । आत्मा नै पँचवाटीमा निवास गर्नवाला सिता हुन् । जसलाई रावण ले छलगरेर लिएको थियो । किनकी यो शरिर पृथ्वी, जलवायु, अग्नी, आकाश मिलेर बनेको अर्थात पाँच तत्वले बनेको वाटिका हो ।
विजया दशमीको आध्यात्मीक रहस्य

Tag: विविध
No comments: