Pages

Tuesday, November 3, 2015

आधा खप्पर भएको बच्चाले पहिलोपटक आमालाई आइ लभ यु भन्यो (भिडियोसहित)

आधा मात्र खप्पर भएको बच्चाले आइ लभ यु मम्मी भन्दा कुनै आमालाई कतिधेरै खुसीको अनुभुति होला ? साँच्चीकै त्यसको वर्णन गर्नै सकिँदैन ।
अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोकी ब्रिटानी बुएल अहिले यस्तै खुसीले पुलकित छिन् । टाउकोको माथिल्लो भाग नै नभएको आफ्नो एक वर्षे छोरा ज्याक्सन बुएलले पहिलोपटक आइ लभ यु भन्यो उनलाई । छोराले आइ लभ यु भनेपछि खुसीले उसलाई पटक पटक चुम्बन गरेको भिडियो अहिले अनलाइनमा निकै चर्चित बनेको छ ।
गो फण्ड मी नामक वेबसाइटमा ज्याक्सनको उपचारका लागि सहयोग जुटाउन पेज सिर्जना गरिएको छ ।
कृत्रिम प्रत्यारोपण गरेर ज्याक्सनको टाउकोको उपचार गर्नका लागि ७० हजार डलर सहयोग जुटाउने लक्ष्य राखिएकोमा अहिलेसम्म उक्त अनलाइन पेजमार्फत १ लाख ३२ हजार डलर संकलन भैसकेको छ । ३ हजार भन्दा धेरै मानिसले ज्याक्सनको उपचारका लागि आर्थिक सहयोग गरिसकेका छन् ।

No comments:

Post a Comment