सन्जना भुषाल
रेखदेख साप्ताहिक ।
बाल सरोकार केन्द्र रुकुमको सातौ साधारण सभा सम्पन्न भएको छ । कार्तिक २ गते सोमबार होटेल शिशिर गेष्ट हाउसमा सातौ साधारण सभा सम्पन्न भएको हो ।
पिछडिएका तथा शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरुको लागि शिक्षा प्रदान गर्ने उद्देश्यले बालसरोकार को स्थापना भएको थियो । यस संस्थाले बालवालिका लगायत विद्यालयको पनि शैक्षिक तथा भौतिक सुधार गर्नमा ठुलो योगदान गरेको जनाएको छ ।
यस संस्थाले शिक्षाबाट बञ्चित भएका बालवालिकाहरुको तथ्याङकहरु संकलन गरी उनीहरुलाई शिक्षाको मुलधारमा ल्याउन सहयोग गरेको छ । भने शिक्षकहरुलाई तालिम, शैक्षिक सामाग्री वितरण, लगायत विद्यालयहरुको भौतिक पूर्वाधार अन्र्तगत भवन शौचालय निर्माण गर्ने गरेको वाल सरोकार केन्द्रका अध्यक्ष पविनकुमार खड्काले जनाए ।
उनले भने, यसले गर्दा शिक्षाबाट बञ्चित रहेका वालवालिकाहरु शिक्षाको मुलधारमा ल्याउन सहयोग गरेको छ । सेभ द चिल्डे«न को आर्थिक सहयोगमा यस संस्थाले जिल्लाका विपन्न बालबालिकाहरुको निम्ति सहोग गदैँ आएको छ ।
यस संंस्थाले आर्थिक वर्ष २०७१÷०७२ आय रु ९२ लाख ३२ हजार ३ सय ८६ रुपैयाँ रहेका थियो । भने व्यय रु ७४ लाख २ हजार ६ सय रहेका आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
साधारणसभा कार्यक्रम पविनकुमार खडकाको अध्यक्षता र स्थानीय विकास अधिकारी भरतकुमार शर्माको प्रमुख अतिथ्यता भएको थियो । भने कार्यक्रमको विशेष अतिथि सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणाको रहेको थियो ।
कर्यक्रममा जि.वि.स. रुकुमका सूचना अधिकृत चिन्तामणी दाहाल, राजनैतिक दलहको प्रमुख तथा प्रतिनिधीहरुको, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयलाई कम्प्युटर वितरण
बाल सरोकार केन्द्र रुकुमको सातौ साधारण सभाको अवसरमा रुकुमका ३ विद्यालयमा कम्प्युटर वितरण गरिएको छ । जसमा प्रभात उ.मा.वि छिवाङ दोपाई, विद्या विकास मा.वि खारा र युवा जागरण मा.वि खारालाई कम्प्युटर वितरण गरिएको हो ।
प्रभात उ.मा.वि.मा २ वटा र विद्या विकास मा.वि. र युवा जागरण मा.वि लाई १÷१ वटा कम्प्युटर प्रदान गरेको वालसरोकार केन्द्र रुकुमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सम्पादकीय .. नेपाल अहिले महासंकटको बेलामा छ । कयँौ मानिसहरु बेपत्ता, घाईते र मृत्युको बाटो रोजेका छन् । कयाँै घर भत्केका छन् । अर्बौ सम्पत...
-
रेखदेख संवाददता रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको ...
-
प्रवीर ददेल कार्तिक १४, रुकुम । रुकुमबाट पहिलो पटक मिनी सुपर डिलक्स (हाईस) गाडि सञ्चालन हुने भएको छ । यात्रुहरुको आवश्यकतालाई मध्यनजर गरी ...
-
१ वैशाख, काठमाडौं । मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने ब...
-
रेखदेख संवाददाता रुकुम । नेपाल निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनको चुनावमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जित हात पारेको...
-
रेखदेख संवाददाता काठमाडौ । शीर्ष चार राजनीतिक दलहरुले संविधान निर्माणका विवादीत विषयमा १६ वुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सोमबार र...







No comments: