सम्पादकीय ..
भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपाल अहिले संकटको अवस्थामा छ । विशेषगरी पेट्रोलिम पर्दाथ तथा ग्यास आयातमा भारतले गरेको अवरोधका कारण नेपाल संकटको अवस्थामा पुगेको हो । जसका कारण नेपालमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । भने पेट्रोलिम पर्दाथको अभावका कारण लामा तथा छोटा दुरीका यातायातका साधनहरु चल्न सकिरहेका छैन् । जसले नेपालीहरुलाई सहज रुपमा आवत जावत गर्न अप्ठेरो परेको छ । यस्तो अवस्थामा नेपाल सरकारले गाउँ गाउँमा उत्पादन गरेका वस्तुहरुलाई वजारमा ल्याएर समस्याको सामना गर्नुपर्दछ । जस्तो केही वर्ष अघि देखि गाडि चलाउन इन्धनको रुपमा प्रयोग गर्न सकिने सञ्जीवनीको तेलको उत्पादन र प्रयोगमा विशेष चर्चा परिचर्चा चलेपनि अहिले भने यसको खासै चर्चा चलेको छैन् । यस तर्फ ध्यान दिनु प¥यो । यसका साथै दाङका एक जना युवाले सल्लाको खोटोबाट उत्पादन गरेको तेलले सवारी साधन चलाउन सकिने प्रमाणित गरि सकेको अवस्थामा खोटो प्रशोधन गरी तेल उत्पादनको लागि सरकार नै जिम्बेवारी हुनु पर्दछ । हो हामी प्राकृति स्रोत साधनका धनी छौँ। तर त्यसको पहिचान गरी प्रशोधन गर्न नसक्दा हामी अप्ठेरोमा परेको सत्य हो । नेपालमा हरेक व्यवस्था फेरिए । सरकार फेरिए । तर नेपालको स्वरुप कहिल्यै फेरिएन । राणा, राजा र जनता देशको प्रमुख हुँदा सम्म भारतको भर पर्दा यस्तो संकट भोग्नु परेको हो । त्यसैले सरकार भारतको सीमाना बाट आउने पेट्रोलियम पर्दाथ र ग्यासका गाडि गनेर बस्ने समय होईन । ग्यास तथा पेट्रोलियम पर्दाथको बैकल्पको खोजी नेपालमा गरौँ । र छिमेकी देश चिनसँग व्यापार सम्झौता गरेर नाका खोल्न पहल गरौँ । जसका कारण नेपाल भारतमा निर्भर पनुपर्ने छैन् । आत्म निर्भताको बाटो खोजौँ । यसका लागि सम्पूर्ण नेपालीहरु एक भएर समस्याको सामना गर्न पहल गरौ । र राज्यलाई संकट मुक्त बनाउनु पर्दछ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सम्पादकीय .. नेपाल अहिले महासंकटको बेलामा छ । कयँौ मानिसहरु बेपत्ता, घाईते र मृत्युको बाटो रोजेका छन् । कयाँै घर भत्केका छन् । अर्बौ सम्पत...
-
रेखदेख संवाददता रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको ...
-
प्रवीर ददेल कार्तिक १४, रुकुम । रुकुमबाट पहिलो पटक मिनी सुपर डिलक्स (हाईस) गाडि सञ्चालन हुने भएको छ । यात्रुहरुको आवश्यकतालाई मध्यनजर गरी ...
-
१ वैशाख, काठमाडौं । मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने ब...
-
रेखदेख संवाददाता रुकुम । नेपाल निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनको चुनावमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जित हात पारेको...
-
रेखदेख संवाददाता काठमाडौ । शीर्ष चार राजनीतिक दलहरुले संविधान निर्माणका विवादीत विषयमा १६ वुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सोमबार र...







No comments: