Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » रेखदेख गरिरहने छौ


प्रकाशकीय ...
हो आज हामी ज्यादै खुसी भएका छौ । रेखदेख यात्रा सुरु गरेको एक वर्ष पुगेको छ । प्रथम बार्षिकोत्सवको अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक र सम्पूर्ण रुकुमेली जनसमुदाय प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छौ । साथै अझै निरन्तर सहयोगको आशा एंव अपेक्षा गरेका छौ ।
रुकुम दुर्गम जिल्ला हो । दुर्गम जिल्लामा जुनसकै कार्य गर्न पनि चुनौतिपूर्ण छ ।  यस्तो अवस्थामा रेखदेख साप्ताहिक पत्रिका प्रकाशन गर्न पनि कम चुनौति र अप्ठेरो नपरेको होईन । तर पनि हामीले कहिल्यै खुट्टा कमाएनौ । हामी निरन्तर रुपमा जनतालाई सुचना प्रबाह गर्न अगाडि वढी रह्यौ ।  जसका कारण हामी पहिलो वार्षिकोत्सव मनाउने सुर्वण अवसर प्राप्त भएको छ । यस अवसरमा सम्पूर्ण पाठक, लेखक, संवाददाता, विज्ञापनदाता, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी,  सञ्चार माध्यम, जिल्ला स्थित पत्रकार लगायत सम्पूर्ण रुकुमबासीमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।
तपाईहरुको नियमित माया र ममताकै कारण आज हामी प्रथम वार्षिकोत्सव मनाउन थालेका छौ । रुकुमको पत्रकारीता क्षेत्रको इतिहास त्यति लामो छैन् ।   तर छोटो समयमा नै रुकुमको विद्युतीय सञ्चार माध्यमको राम्रो  विकास भएको छ । भने अझै  छापासञ्चार माध्यमको अझै राम्रो विकास भईसकेको छैन् । विशेषगरी पत्रिकाहरु खुल्ने र बन्द हुने क्रम जारी छ । जिल्ला प्रशासन कार्यालय रुकुमको तथ्याङ हेर्दा करिव २ दर्जन वढी साप्ताहिक, दैनिक र मासिक पत्रिका दर्ता भएपनि नगन्य मात्रामा पत्रिकाहरु प्रकाशन हुने गरेका छन् ।  बिशेषगरी छापा सञ्चार माध्यमको विकास नहुनमा लगानी,  बजार र  प्रविधिको मुख्य अभाव रहेको भएपनि पछिल्लो समय छापा सञ्चार माध्यमहरुमा पनि लगानी र बढन थालेको छ । विशेषगरी झोलामा सीमित छापा सञ्चार माध्यमहरु विस्तारै कार्यालयको रुपमा स्थापना भई व्यवस्थित र व्यवसायीक तर्फ उन्मूख भएका छन् । यसै अन्र्तगत आफनो एक वर्षे कार्यकालमा रेखदेख साप्ताहिक पत्रिकाले आफनो कार्यालय स्थापना गरी छापासञ्चार माध्यमलाई  व्यवस्थित र व्यवसायीक बनाउन पहल गरेको कुरा  समेत जानकारी गराउन पाउँदा हामी हर्षित छौ ।
यसका साथै  हामीले रुकुमको दुर्गम क्षेत्रसम्मका समाचार संकलन गर्ने र दुर्गम गाउँमा सम्म पहुँच विस्तार गर्न हामी सफल भएका छौ । हाम्रो पत्रिका हाल जिल्लाको झुल्नेटा, सिम्रुतु, सोलावाङ, चौरजहारी, रुकुमकोट, खोलागाउँ र राडि बजारमा पहुँच विस्तार गरेका छौ । यस साथै अन्य क्षेत्रमा समेत पत्रिको पहुँच विस्तार गर्ने मुख्य लक्ष्य रहेको जानकारी गराउन चाहान्छौ ।
 दुर्गम गाउँका जनतालाई सूचना प्रवाह गर्न रेखदेख साप्ताहिकले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।   हामीले रेखदेख साप्ताहिक पत्रिका मार्फत विशेषगरी रुकुमको विकास निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, उद्योग, व्यापार, सहकारी, भ्रष्टाचार, अनियमितता जस्ता समाचारलाई चिरफार गरियौ । यसका साथै  दलित, महिला, जनजाती, अपाङ्गलगायत सिमान्तकृत समुदायको आवाजलाई समेत बुंलन्द पारियौ ।  एक वर्षे रेखदेख यात्रामा कसै प्रति नजिक कसैसँग टाढा भएनौ । सबै जाती, धर्म, संस्कृत र राजनैतिकलाई सम्मानपूर्ण तरिकाले हेरियौ । कसैलाई काखा र कसैलाई पाखा गरेनौ । हामीले कहिलेपनि कालोलाई सेतो र सेतोलाई कालो कहिलै देखिनौ । देख्ने पनि छैनौ । हामीले जे देखियौ, त्यही लेखीयौ ।  सकारात्मक कुरालाई सधै प्रोत्साहन र नकरात्मक कुराको सधै समाचारको माध्यमबाट   चिरफार गर्न पछि परेनौ । हामीले समाचार लेखेकै कारण अनियमितता र भ्रष्टचार रोक्न केही प्रयत्न गरियौ ।  आगामी दिनमा समेत यो अभियानलाई थप शसक्त रुपमा अगाडि बढाउने  बाचा गर्दछौ । यसका साथै रेखदेख   अनलाईन मार्फत रेखदेख समाचारलाई विश्वसम्मको पहुँच विस्तार गर्ने छौ ।  हामी रेखदेख साप्ताहिक पत्रिकालाई वालवालिका,  युवा युवती र  वुढावुढीको साझा पत्रिकाको रुपमा विकास गर्न थप हौसाला मिलेको छ । यसका लागि हामी सबै उमेर समूहको पत्रिका बनाउन प्रयत्न गर्ने छौ ।
 भने प्रत्येक वर्ष एक जना व्यक्तिलाई रेखदेख वर्ष सम्मानबाट सम्मानीत गरिने छ । 

सञ्चार क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने विज्ञापनदाता, पाठक, शुभचिन्तक तथा  रेखदेखको सह प्रकाशन  पत्रिकाको प्रथम वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा  उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई रेखदेख वर्ष सम्मान  प्रदान गर्ने घोषणा समेत गर्न चाहान्छौ । यसै अन्र्तगत ‘रेखदेख वर्ष सम्मान २०७१’ बाट जिल्लाको जातीय छुवाछुत न्युनिकरणको लागि योगदान पु¥याएको भन्दै रुकुमकोट ६ निवासी उपेन्द्रलाल कामीलाई सम्मान गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply