Pages

Tuesday, December 15, 2015

पुनर्निर्माण र संविधान संसोधन दुवै विधेयक संसदमा प्रस्तुत


रेखदेख काठमाण्डौ
मंसिर २९ ।मधेसवादी दलका विरोधका वाबजुद लामो समयसम्म थन्किएका पुनर्निर्माण र संविधान संशोधन दुवै विधेयक मंगलबार संसदमा पेश भएका छन्l
 
नेपाली कांग्रेसले आफ्नो सरकारका पालामा निर्णय भएको संविधान संशोधन विधेयक अघि नबढेको भन्दै संसद अवरुद्ध गर्दै आएको थियो भने मधेसवादी दलले पुनर्निर्माण विधेयक अघि बढाउन आफ्नो समर्थन रहे पनि अन्य संसदीय कारबाही अघि बढ्न नदिने अड्डी कस्तै आएका थिए l  
 
विधायन समिति सभापति गङ्गा चौधरीले भूकम्प प्रभावित संरचना पुनर्निर्माण विधेयक प्रतिवेदन पेश गरे लगत्तै सरकारका तर्फबाट कानुनमन्त्री अग्नि खरेलले संविधान संसोधन विधेयक पेश गरेका थिएl
 
मधेसवादी दलले पुनर्निर्माण विधेयक आफ्नो सहमतिमा पेश गरे पनि संविधान संसोधन विधेयक झुक्याएर प्रस्तुत गरेको भन्दै नाराबाजी शुरु गरेl
 
मधेसवादी दलले नाराबाजी गर्दैगर्दा नै संविधान संसोधन विधेयक पेश भएको थियोl संसदीय अभ्यासमा नाराबाजी हुँदा संसदीय कारबाही अघि नबढाउने परम्परा छl
 
आज बिहान नै मधेसवादीसहित प्रमुख दलले अहिलेसम्म अलपत्र परेका बिधेयक कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरेका थिएl विधेयक पेश भएपछी मधेसवादी नेता लक्ष्मणलाल कर्णले भने - ‘नेपालको संसदीय अभ्यास मिच्दै अलोकतान्त्रिक ढंगले संविधान संसोधन विधेयक अघि बढाइयोl हाम्रो यसमा विरोध छl’
 
संशोधन विधेयकमा समानुपातिक समावेशी र जनसङ्ख्या तथा भूगोलका अाधारमा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि व्यवस्था छ। प्रमुख दलका मधेसी सभासदहरुको माग बमोजिम उक्त दुई संशोधन अघि बढाउने सहमति संविधान जारी हुनुअघि नै भएको थियो।
  
तर प्रमुख दलका कतिपय नेताले भने मधेसवादी दलकै सहमतिमा दुवै बिधेयक संसदमा प्रस्तुत भएको दावी गरेका छन्l
 
नेपाली कांग्रेसका नेता नरहरि आचार्यले भने, ‘मधेसवादी दललाई विश्वासमा लिएर नै दुवै विधेयक अघि बढाएका हुन्l’          
 
दुवै विधेयक मधेसवादीको आन्तरिक सहमतिमका प्रस्तुत गरिएको हो वा प्रमुख दलले एकतर्फी रुपमा अघि बढाए भन्ने स्पष्ट भइसकेको छैनl
 
संसद बुधबारसम्मका लागि स्थगित भएको छ l

No comments:

Post a Comment