Pages

Saturday, January 2, 2016

शुरु भो काँग्रेसको जिल्ला अधिबेशनको माहोल को –को छन प्रबल दाबेदार ? कस्तो हुनेछ अधिबेशन ?


रेखदेख डेस्क
अहिले रुकुमेली बजारमा नेपाली काँग्रेस रुकुमको जिल्ला अधिबेशनको चर्चा चलिरहेको छ । नेपाली काँगेसको भावी जिल्ला अधिबेशनको लागि अहिले मुख्यतया सभापति पदमा तीन जनाको नाम चर्चामा छ । पूर्व जिल्ला सचिव, महासमिति सदस्य तथा राप्ती अञ्चल सदस्य प्रेमप्रकाश ओली, पूर्व सचिब तथा महासमिति सदस्य कृष्णबहादुर रोकायको प्रतिस्पर्धा हुने बढि संकेत देखिन्छ । अर्का महासमिति सदस्य तिलक भण्डारीले पार्टि उपसभापति रामचन्द्र पौडेल रुकुम आएको बेला सार्वजनिक कार्यक्रममै सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् । उनको प्यानल भने चर्चामा नरहेको काँग्रेस रुकुमका जानकारहरु बताउँछन् । जिल्ला अधिबेशनको अन्तिम समयमा शेरबहादुर देउवा निकट मानिने कृष्णबहादुर रोकाय र शुसिल कोइराला नजिक मानिने प्रेमप्रकाश ओलीको प्रतिस्पर्धा हुने निश्चितप्राय देखिन्छ । काँग्रेसका नेताहरुका निकटस्तका अनुसार अहिलेका सभापति मानबहादुर नेपाली र पुराना नेताहरु गोपालजिजंग शाह,कृष्णप्रसाद गौतम र केशरमान रोकासमेत सभापति हुने दाउमा रहेका छन् । उनीहरुले यो दाउ सर्वसम्मत भएमा मात्र उनीहरुको पोल्टामा हुनेछ ।  उनीहरुबिचको सल्लाह समेत  जिल्ला अधिबेशनमा निर्णायक हुनेछ । गोपालजी, मानबहादुर, कृष्णप्रसाद र केशरमान केन्द्रिय सदस्य पड्काउने दाउमा समेत रहेको काँग्रेसीहरुको भनाई छ । काँग्रेसको रुकुम बृत्तमा प्रेम,कृष्ण र तिलककै बिचमा प्रतिस्पर्धा हुने देखिन्छ ।

यस्ता छन सभापतिका दाबेदारहरुका गुनबैगुन
प्रेमप्रकाश ओली
प्रेमलाई बिचारसिल तथा योजनाशिल नेताका रुपमा संस्थापन पक्षले लिने गरेको छ । उनी इमान्दार,कोठे राजनिति नगर्ने,बिचार र योजनामा अडिक,युवा परिचालन र कार्यकर्ता संरक्षणमा अगाडी रहेको उनका निकटस्तहरुको दाबी छ । काँग्रेस एक जिल्ला सदस्यका अनुसार उनीमा कार्यकर्ताको भावना बुझ्ने खुवीसमेत छ । उनीलाई ठेक्कापट्टामा संलग्न भएको आरोप लाग्ने गरेको भएपनि उनले त्यसको प्रतिबाद गर्दै आफ्नो नाममा कुनै कम्पनी नभएको दावी गरे । उनलाई वावुको राजनितिक श्रेय लिन खोजेको आरोपसमेत छ ।

कृष्ण रोकाय
कृष्ण सोझो,त्यागी र इमान्दार नेताको रुपमा गनिन्छन । रुकुम काँग्रेसमा उनका यि गुनहरु सबैका लागि उदाहरणीय रहेको एक जिल्ला सदस्यले बताए । उनले अहिलेसम्म धेरै कुरामा त्याग गरेको उनका निकटस्तहरु बताउँछन् ।  उनीमाथी कोठे राजनिति गरेको, अरुको बिचारमा हिड्ने र कार्यकर्ताको भावना नबुझ्ने नेताको रुपमा बुझ्ने गरिन्छ । उनी अव्यवहारिक भएको आरोपसमेत लाग्ने गरेको छ ।

तिलक भण्डारी
चौरजहारीका काँगे्रस नेता कार्यकर्ताहरुका अनुसार सोझो र इमान्दार नेताको रुपमा परिचित लिलकलाई कुनै जालझेल गर्न नजानेको नेताको रुपमा चिनिन्छ । उनीमाथी कार्यकर्ताको संरक्षण गर्न नसक्ने,राजनितिक दुरदर्शिता नभएको र संगठन बिस्तारमा कमजोर नेताको रुपमा बुझ्ने गरिएको छ ।

महासमिति सदस्य तथा महाधिबेशन प्रतिनिधीका प्रबल दाबेदारहरु ः
क्षेत्र नं. १ मा महाधिबेशन प्रतिनिधि तथा महासमिति सदस्यका लागि कृष्णप्रसाद गौतम,केशरमान रोका,कृष्ण रोकाय,मिठु मल्ल,सीता ओली, भीमबहादुर खड्का,यामबहादुर केसी,राश बुढा,गोरखबहादुर केसी,पूर्णजंग शाह,नन्द विष्ट,लालबहादुर महत,तुलबहादुर घर्ति,काशिराम खड्का, लछिराम घर्ति, यज्ञ परियार,नरबहादुर नेपाली,मीनबहादुर पुन र टिकाराम खत्रीको नाम चर्चामा रहेको छ भने क्षेत्र नं. २ मा महाधिबेशन प्रतिनिधि तथा महासमिति सदस्यका लागि गोपालजीजंग शाह,मानबहादुर नेपाली,प्रेमप्रकाश ओली,तिलक भण्डारी, हरिशचन्द्र शाह, गोपाल शर्मा,मनिशा भण्डारी, खडक डागी,मनमोहन शाह, हर्कसिंह खत्री, भिमबहादुर डागी, डिल्लीरमण खड्का,यज्ञ बिष्ट, जेके वाठा, गोबद्र्धन विक,शिव आचार्यको नाम काँग्रेस नेता कार्यकर्ताहरुमाझ चर्चामा छ । उनीहरु जिल्ला कार्यसमितिको नेतृत्वमा रहेमा भने यो दावी गर्नेछैनन ।


यस्तो हुनेछ प्यानल
प्रेमप्रकाश ओलीको सभापतित्वमा हुने उम्मेदारीमा उपसभापति पदमा सीता ओलीको नाम बढि चर्चामा छ । सचिब पदमा भीमबहादुर खड्का वा खडक डागीमध्ये एकले उम्मेद्वारी पाउने चर्चा रुकुम कांग्रेसमा चलिरहेको छ । सहसचिब र कोषाध्यक्ष मनोनित हुने भएकाले यसमा अहिले कसैको चर्चा सुनिएको छैन । त्यस्तै ओलीको प्यानलबाट क्षेत्र नं. १ को सभापतिमा काशिराम खड्का वा सुरतजंग मल्लमध्ये एकले प्रतिस्पर्धा गर्नेछन भने क्षेत्र नं. २ मा गोरख चन्द वा धिरेन्द्र बटालामध्ये एकले प्यानल पाउनेछन् ।
त्यसैगरी कृष्णबहादुर रोकायको सभापतित्वमा हुने प्यानलमा उपसभापतिमा हर्कसिंह खत्रीको नाम बढि चर्चामा छ भने सचिब पदमा नन्द बिष्टको सम्भावना बलियो रहेको उनका निकटस्तहरुको भनाई छ । त्यस्तै रोकाय क्याम्पबाट १ नं. को क्षेत्रिय सभापतिमा लालबहादुर महत वा तुलबहादुर घर्तिले उम्मेद्वारी दिनेछन् । त्यस्तै क्षेत्र नं. २ को सभापतिमा शिव आचार्य बढि चर्चित छन् ।


यस्तो हुनेछ जिल्ला अधिबेशन
नेपाली काँग्रेसको जिल्ला अधिबेशनका लागि गाविसको हकमा गाउँ समिति सभापतिसहित खुल्लामा ४ जना गरी ५ जना र जनजाती, महिला र अपाङ्ग एक एक जना प्रतिनिधी भएर जिल्ला अधिबेशनमा आउनेछन् । त्यस्तै २५ जना महिला क्रियाशिल सदस्य वरावर एक महिला प्रतिनिधी र एकसय जना क्रियाशिल सदस्य वराबर एकजना खुल्ला प्रतिनिधी थप भएर आउनेछन् ।
त्यस्तै नगरपालिकाको प्रत्येक वडामा खुल्ला एकजना, महिला एकजना र वडा सभापति एकजना गरी तीनजना प्रतिनिधी आउनेछनभने एकजना नगर सभापतिसहित नगरपालिकाबाट ३÷३ जना दलित, जनजाती र अपाङ्ग थपिनेछन् । त्यसैगरी २५ जना महिला क्रियाशिल सदस्य वरावर एक महिला प्रतिनिधी र एकसय जना क्रियाशिल सदस्य वराबर एकजना खुल्ला प्रतिनिधी थप भएर आउनेछन् । यसरी ३९ गाविसबाट करिब ३ सय ९० जना तथा दूई नगरपालिकाबाट करिब ९६ जना प्रतिनिधीहरु आउनेछन । नेपाली काँग्रेस रुकुमका अनुसार जिल्ला अधिबेशनमा करिब  ४ सय ८६ जना प्रतिनिधीहरु आउनेछन् ।

सहमति भएमा काँग्रेस रुकुमको रुपरेखा यस्तो हुने चर्चा
चुनाव नभएमा र सहमति हुने अबस्था आए पुराना काँग्रेसी नेताहरु गोपालजी,कृष्णप्रसाद तथा केशरमानको सहमतिमा मानबहादुर नेपाली पुनः सभापतिमा दोहरिने सम्भावना रहेको छ । एक जिल्ला सदस्यका अनुसार अन्तिम अबस्थामा संस्थापन पक्ष मानिने तिलकले प्रेमप्रकाशलाई समर्थन नगरेमा र कृष्ण रोकायले निर्वाचन जित्न नसक्ने भएपछि अन्तमा मानबहादुरलाई दुबैले स्विकार्नेछन् । यसो सहमति भएमा उपसभापतिमा लछिराम घर्ति,सचिबमा नन्द बिष्टको नाममा समर्थन हुने देखिन्छ । उनीहरुमध्ये मानबहादुर र लछिराम संस्थापन हुनभने नन्द देउवा पक्षिय । मनोनित सचिब,सहसचिब र कोषाध्यक्ष पनि दुबैपक्षका मिलाएर मनोनित हुनेछन् ।  यसो गर्दा संस्थापन र देउवा पक्ष दुबैलाई मिलाउन सकिने काँग्रेस नेता कार्यकर्ताहरुको अनुमान छ । त्यस्तै क्षेत्र नं. २ को सभापतिमा धिरेन्द्र वटाला र क्षेत्र नंं १ को सभापतिमा लालबहादुर महत सहमतिमा हुनेछन् । वटाला संस्थापन पक्ष हुनभने महत देउवा पक्षका हुन ।

No comments:

Post a Comment