
भारतका वरिष्ट पत्रकार बरखा दत्तको पुस्तक ‘द अनक्वाइट ल्यान्ड’ को सार्वजनिक कार्यक्रममा कंगनाले आफु शोषणमा परेको सार्वजनिक गरेकी थिइन् ।
घटनामा संलग्न ब्यक्तिको वारेमा भन्न नचाहे पनि घटना कसरि भयो भन्नेमा खुलेर कुरा गरिन् । उनको भनाई अनुसार ती पुरुषले कंगनलाई स्यान्डलले टाउकामा हानेका थिए भने उनको टाउको फूटेर रगत आएको थियो ।
जवाफमा कंगनाले पनि टाउकोमा हिर्काईन् । उसको पनि टाउकोवाट रगत आयो । पछि कंगनाले प्रहरीमा उजुरी समेत गरिन् । प्रहरीले फेरि यस्तो नगर्न धम्कि दिंदै यौन शोषण गर्नेलाई छाडीदियो ।
बलिउडमा करिअर बनाउने ध्याउन्नमा घरवाट भागेर हिंडेकी कंगनाले बलिउडमा करिअर बनाउन निकै संघर्ष गरेकी छिन् ।
No comments: