Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » जिल्ला क्रिकेट संघ गठन


रेखदेख संवाददाता (रुकुम)

रुकुममा पहिलो पटक क्रिकेट खेलको विकासका लागि संस्थागत प्रयास सुरु भएको छ । जिल्लामा रहेका क्रिकेट खेलाडी, सञ्चारकर्मी, क्रिकेट समर्थक लगायतको प्रतिनिधित्व हुने गरी जिल्ला क्रिकेट संघ रुकुम गठन गरिएका हो ।

दिपक बाँठाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला क्रिकेट संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा गोपाल लामिछाने र अमरराज पुन, सचिव मनिष खड्का, सह सचिव उपेन्द्र गौतम र कोषाध्यक्षमा जिवन पाखे्रल रहेका छन् ।

जिल्लाको क्रिकेट विकास नभएसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उपलव्धी हासिल गर्न नसकिने निष्कर्ष सहित जिल्ला तहको क्रिकेट विकासमा टेवा पु¥याउँने मुख्य उद्ेश्य राखिएको संघका अध्यक्ष दिपक बाँठाले बताए ।
विद्यालय स्तरबाट क्रिकेटको विकास गर्ने योजना अनुशार गतिविधि संचालन गरिने उनले जनाए ।  केही समयभित्रै जिल्लामा क्रिकेट विकास सम्वन्धी अन्तरक्रिया तथा बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने नव गठित संघले लक्ष्य राखेको छ ।

जिल्लामा पछिल्लो समय क्रिकेट प्रति रुचि राख्ने युवाहरुको संख्या बढ्दै गएको अवस्थामा त्यस्ता युवाहरुलाई पहिचान गर्ने गरी गतिविधि संचालन गर्ने समेत संघले जनाएको छ । यो संगै जिल्लामा पहिलो पटक क्रिकेट विकासको नयाँ आयाम सुरु भएको छ ।।

क्षेत्रिय क्रिकेट विकास समितिका सचिव बिक्रम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा क्रिकेट संघ गठन गरिएको हो । त्यस्तै राष्ट्रिय क्रिकेट खेलाडी भुवन कार्की, समृद्ध समाज नेपाल रुकुमका अध्यक्ष सुवोध सिर्पाली, जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमाल, जिल्ला क्रिकेट संघ दाङका सचिव प्रणव आचार्य लगाएतको पनि उपस्थिति रहेको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply