Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » कम्प्युटर छिटो बनाउने पाँच तरिका (हेर्नुहाेस फाेटाेसहित)

कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ ।


कम्पुटरकै माध्यमबाट अहिले ससार चलिरहेके कुरामा २ मत छैन र । यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ । यसरी कम्प्युटरमा काम गरिरहँदा तपाइँलाई कम्प्युटर सुस्त भएको अनुभव भएको पनि होला । तपाइँको कम्प्युटर पनि सुस्तो भएको अनुभव गर्नुभएको छ भने कम्प्युटरलाई छिटो बनाउनका लागि यस्ता पाँच उपाय अपनाउन सकिन्छ ।

टेम्पोररी फाइल फाल्नुस



कम्प्युटर चलाउँदा कम्प्युटरमा हामीले खोलेका फाइल तथा सफ्टवेयर चल्ने क्रममा धेरै अरु टेम्पोररी फाइलहरु बन्ने गर्दछन्। त्यस्ता फाइलहरुले पनि कम्प्युटरलाई सुस्तो बनाउँछन्। त्यसैले यस्ता फाइल समय समयमा हटाउनु डिलिट गर्नु पर्छ । कम्प्युटरमा यस्ता खालका फाइलहरु जम्मा हुने एउटै मात्र वीण्डो हुन्छ। कम्प्युटरलाई छिटो बनाउन चाहनुहुन्छ भने तपाइँले कम्प्युटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर %temp% टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै टेम्पोररी फाइल भएको फोल्डर वीण्डो खुल्छ । त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ ।

अनावश्यक सुरुवाती प्रोग्राम हटाउने



जब तपाइँ कम्प्युटर खोल्नुहुन्छ । कम्प्युटरसँगै विभिन्न सफ्टवेयरहरु पनि खुल्छन् । मेसेन्जर, नेपाली मिती र क्यालेण्डर, डाउनलोड मेनेजर लगायतका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुलिरहेका हुन्छन् । जुन तपाइँका लागि सँधै आवश्यक नभएपनि तपाइँको कम्प्युटरमा पृष्ठभूमिमा चलिरहेका हुन्छन् । कम्प्युटरका सुरुवाती स्टार्टअप प्रोग्राम हटाउनका लागि तपाइँले कम्प्युटरको स्र्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर msconfig टाइप गर्नुपर्छ । त्यसपछि गरिने इन्टरले तपाईलाई सिस्टम कन्फिगरेसनको विकल्पमा पुर्‍याउँछ त्यहाँ रहेको स्टार्टअप विकल्पमा गएर तपाइँलाई कम्प्युटरसँगै खुल्नु आवश्यक नभएका सफ्टवेयरहरुलाई नखुल्ने बनाउन सक्नुहुन्छ । स्टार्टअपमा देखिएका सफ्टवेयरहरु मध्ये आफूलाई आवश्यक नलागेकामा भएको ठीक ९चेक०लाई हटाउनुस् र ओके गर्नुहोस्। तपाइँको कम्प्युटर अब छिटो खुल्छ ।



हार्ड ड्राइभ डिफ्र्यागमेन्ट गर्ने


कम्प्युटरको डिस्कमा गरिने डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कलाई केही थप कामहरु लगाउँछ। जसको कारण कम्प्युटरले गर्ने कामहरु सुस्तो हुन्छ । यसको विपरित डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कमा रहका फाइलहरुलाई क्रमबद्ध रुपमा यसरी मिलाउँछ ताकि उसले त्यसलाई छिटो भेट्न र खोल्न सकोस् । त्यसैले समय समयमा कम्प्युटरका ड्राइभहरुलाई डिफ्र्यागमेन्ट गर्नुपर्छ । यसो गरेको खण्डमा पनि कम्प्युटरको गति केही बढेको अनुभव गर्न सकिन्छ । डिफ्र्यागमेन्ट गर्नका लागि कम्प्युटरमा क्रमैसँग स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क डिफ्र्यागमेन्टर जानु पर्दछ। त्यसो त कुनै पनि ड्राइभका दायाँ क्लिक गरेर प्रोपर्टिजमा रहेको टुल भन्ने विकल्प ९अप्सन०मा गएर डिफ्र्यागमेन्ट गर्ने बटन पाउन सक्नुहुन्छ ।

डिस्क क्लिनअप



कम्प्युटर चलाउँदा यसमा रहेका विभिन्न ड्राइभमा अनावश्यक वा आवश्यक फाइलहरुले गर्दा खाली ठाउँको कमी हुँदै गयो भने पनि कम्प्युटर सुस्तो हुन्छ । कम्प्युटरका प्राथमिक र द्वितिय खालका ड्राइभमा विभिन्न सफ्टवेयर वा फाइलहरु चलाउँदाका अनावश्यक टेम्पोररी फाइल साथै विभिन्न समयका इरर रिपोर्ट जम्मा हुन्छन् । वीण्डोज प्रणालीले यस्ता खालका फाइल हटाउने सुविधा दिएको हुन्छ। त्यसका लागि तपाइँले कम्प्युटरमा स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क क्लिनअपमा जानुपर्छ । त्यसपछि देखीने वीण्डोमा गएर डिस्क क्लिनअपमा क्लिक गरेपछि तपाँइको कम्प्युटरको छनौट गरिएको डिस्कमा रहेका अनावश्यक फाइलहरु हटेर तपाइँको कम्प्युटर छिटो चल्छ ।

इन्डेक्सीङ बन्द गर्नुस



कम्प्युटरमा एउटा सुविधा हुन्छ तपाइँले सुरक्षित सेभ गरेको फाइल तथा फोल्डरलाई इन्डेक्सीङ गर्ने । जसको कारण कम्प्युटरले तपाइँले कुनै पनि ड्राइभमा राखेको फाइल तथा फोल्डर खोज्दा छिटो पत्ता लगाउँछ । यसरी कम्प्युटरमा इन्डेक्सीङ बन्द गर्न वा प्रयोग नगर्न कुनै पनि ड्र्राईभ सी, डी वा इको आइकनमा दायाँ राइट क्लिक गरेर प्रोपर्टिजमा गएर ‘Allow files on this drive to have content indexed in addition to file properties मा रहेको ठीक चेकलाई हटाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो हुन्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply