‘आहारारा गोल्डकप’को १४औं संस्करण मङ्गलवार पोखरा रङ्गशालामा शुरू हुँदै छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक सहारा क्लबका अध्यक्ष वीरभद्र आर्चायले जानकारी दिए । प्रतियोगिता माघ १६ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, आयोजक र तीन विदेशीसहित १२ टीमको सहभागिता रहने आर्यायले जानकारी दिए ।

उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्ड, स्ट्राइकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ नगद प्रदान गरिने महासचिव केशवराज बरालले जानकारी दिए । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अघिल्लो संस्करणको विजेताले ३ लाख ५१ हजार र उपविजेताले २ लाख १ हजार प्राप्त गरेका थिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर दिइनेछ ।
प्रतियोगिता सम्पन्न गर्न ७९ लाख ६२ हजार खर्च अनुमान छ । ९९ लाख ९२ हजार रुपैयाँ आम्दानीको अपेक्षा आयोगकको छ । बचत रकम क्लबद्वारा सञ्चालित सहारा एकेडेमीमा खर्च गरिनेछ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नवजनजागृति क्लब सिमरा भिड्नेछन् ।
No comments:
Post a Comment