Pages

Wednesday, February 3, 2016

माओवादी किन छोड्ेको


उपेन्द्रलाल कामी
कोठे प्रश्नको ओठे जवाफ दिने र गर्मीमा पानी उमालेर वाफ लिने कार्य कति सही कति गलत हो त्यो त हरेकको आफ्नै बुझाई र परिस्थितमा निर्भर हुन्छ । प्रश्न कसेले ग¥यो अनी जवाफ कसले दियो भन्दा पनि प्रश्न के थियो र जवाफ के दियो भन्ने कुरा अलि महत्वपूर्ण हुन्छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा प्रश्नको विषयमा र त्यसको जवाफ तथ्यमा आधारित तर्कपूर्ण अनि चित्त बुझ्दो छ  कि छैन  । सवाल जवाफबाट  मात्रै कसैको चित्त बुझ्ला या नबुझ्ला त्यो भन्दा पनि सर्वाधिक महत्वको विषय प्रश्नको हल आफैले खोजेर व्यवहारबाटै पुष्टी गर्ने कुरा हो ।
क्ुराको विषय आफ्नै विषयसँग सम्वन्धीत छ । गाउँका सामन्तहरुको सेखी झार्न जुँगको रेखी बसेकै युवावस्थामा माओवादी जनयुद्धमा हामफालेर दुई दशक जति पार्टीकै काममा मरीमेटेर लागियो । आफनो अमूल्य जीवनको
पर्टीको बफादार सिपाही भएर खटाएको क्षेत्रमा पुगि आफनो क्षमताले भ्याए सम्मको काम गर्न कुनै पनि कसर बाँकी राखिएन । यो त आफ्नो कुरा भयो तर पार्टीले गर्ने मूल्याङ्कन के हो आफैले जानोस् । जनयुद्धका उपलव्धीहरुको रक्षा गदै नयाँ आवश्यकताहरुलाई सम्वोधन गर्न सक्ने नयाँ विचार, नेतृत्व र संरचना सहितको नयाँ राजनैतिक शक्ति निर्माणको अभियानमा सामेल हुनका लागि एकीकृत नेकपा माओवादी को सारधारण सदस्यता समेत नरहने गरी मैले यहि बहत्तर साल कार्तिक महिनामा पार्टी परित्याग गरेको लिखित राजिनामा पार्टी कार्यालयमा बुझाइदिएँ । पार्टी परित्याग गरेको विज्ञप्ती मार्फत सार्वजनिक भएपछि पार्टी भित्र र बाहिर तरंग आउनु अनि क्रम भंग हुनु स्वभाविकै थियो । म प्रति साहानुभूक्ति राख्ने माओवादी भित्रका केही साथीहरुले पहिलो पटक नयाँ  भुमिकामा देखेपछि सोध्ने गर्नुहुन्छ – तपाइ जस्तो प्रतिवद्ध मान्छेले एमाओवादी पार्टी किन छोडेको ? पार्टी छोड्नु पूर्व हामीसँग किन छलफल चलाउनु भएन ? यि दुईवटा छोटा प्रश्नको मेरो माटो जवाफ यस्तो हुन्छ – माओवादी पार्टीलाई मैले होइन पार्टी आफैलाई छोडिसकेपछि मैले नयाँ विकल्प खोजेको मात्र हो । तपाइसँग पार्टी परित्याग गर्नुपूर्व छलफल चलाउन नसकेकोमा क्षमा चाहान्छु  तर राम्ररी अध्ययन गरेर तपाइले पनि समयमै सहि निर्णय लिनु हुने छ  भन्ने मलाई विश्वास छ । मैले दिएको जवाफले प्रश्नकर्ताको चित्त वुझ्छ वा बुझ्दैन त्यो त मलाइ थाहा हुँदैन  तर साथी जिज्ञासु स्वभावको रहेछ भन्ने यिनै जवाफ माथि थप प्रश्न गदै बहस छलफलमा सक्रिए भएर भाग लिएको हुन्छ । मलाइ पनि बहस छलफलमा भाग लिने मित्रलाई जति सकिन्छ सन्तुष्ट बनाउने इच्छा शक्ति बढ्दै जान थालेपछि अध्ययनको दायरा फराकिलो बन्दै बहस –छलफल नयाँ स्तरमा पुगेको अनुभूक्ति हुन्छ । स्वभाविक रुपमा उठ्ने प्रश्नले नयाँ खोज – अध्ययन गर्न र नयाँ खोज अध्ययनले नयाँ नयाँ आविष्कार गर्न मार्गदर्शन गर्दछ ।
पाठकलाई निश्चित पनि यिनै प्रश्नको चित्त बुझदो जवाफ न आएन नी भन्ने लागेको होला छोटो प्रश्नको मोटो जवाफ सबै कुरा आउदैन पनि । कतिपय प्रश्नको हल त आफैले पनि खोज्नु पर्दछ भन्ने कुरा मैले अगाडि नै उल्लेख गरिसकेको छु । यसमा पनि पाठकको थप जिज्ञासामा माओवादी पार्टीले आफैलाई कसरी छोड्न सक्छ ? यो त पार्टी छोडेर जानेहरुको कुर्तक भयो नी ? भन्ने कुरा आउन सक्छ । हो, झट्टहेर्दा त्यस्तै लाग्छ । तर त्यसमा गहिरीएर चिन्तन मनन गर्ने हो भन्ने जिज्ञासाको हल हुन्छ । आफुले आफैलाई छोड्ने कस्तो विचित्रको काइदा हो भनेर आश्र्चाय मान्नु पर्ने कुरा पनि केही छैन् । मानिसले आत्महत्या किन गर्छ ? आफैले आफैलाई यस संसारबाट छाड्न यहि एउटा उदाहरण नै काफि छ । बरुले आत्माहत्या गर्ने सहायक कारणहरु धेरै हुनसक्छन् । खासगरी सपनाहरु मरीसकेपछि निरासाको अन्धकारमा आशाको दियो बालेर नयाँ विकल्पको खोजी गर्न नसक्दा भौतिक रुपमा बाच्नुको कुनै अर्थ नदेखेपछि आफुलाई जीवनबाट छोडेर मृत्युमा पु¥याउछन् । राजनैतिक पार्टीको हकमा यही कुरा लागु हुन्छ । पार्टीले मान्छे बनाउने होइन कि मानिसले पार्टी बनाउने बनाएर एउटा निश्चित गन्तव्य सम्म मानव समाजलाई पु¥याउने हो । गन्तव्यमा पुग्ने असल नियम हुँदा हुँदै पनि परिस्थितिजन्य घटना र आफ्नै आत्मिक कमजोरीका कारण अघि वढ्ने वाटोमा पन्छाउनै नसकिने खालका बाधा– अवरोधहरु ख्डा हुन सक्छन् । त्यस्तो अवस्थामा विवेकशिल मानिसले नयाँ विकल्पको खोजी गरेर गन्तव्यसम्म पुग्ने कोसिस गर्छ भने मुर्ख र कायरले मृत्युको बटो रोज्ने गर्छन  । अब माओवादी जस्तो क्रान्तिकारी युद्ध हाँकेको पार्टीले कसरी मृतत्युको बाटो रोज्न सक्छ भन्ने प्रश्न आउछ । जानी – जानी कोही पनि मृत्युको बाटो हिड्दैन । हिड्दैं जाँदा असावधानीका कारण महासंकट प¥यो भने मात्र मृत्यु रोज्ने बाध्य हुन्छ । आफ्नै असवधानीले गर्दा माओवादी पार्टी सिसा फुटे जसरि टुक्रिएर चार –पाँचवटा माओवादी भयो । चार –पाँच टुक्रामा विभाजित माओवादी भित्र पनि विभिन्न गुट –उपगुटहरु रहेका छन् । तीनै गुटउपगुटहरु पार्टी फुटाउने चालक शक्ति हुन् । यसरि हेदैँ जाने हो भने माओवादी सारमा ध्वस्त भइसकेको र रुपमा मात्रै कृतिम श्वास दिएर जीवित जस्तो देखिएको छ । आफनो मौलिक सारतत्व मरिसकेको माओवादी पार्टीलाई कृतिम श्वास दिएर बाघको छालामा स्यालको रजाइ भइरहेको टुलु–टुलु हेर्दै लजाइ– लजाइ म माओवादी हँु भन्न र  आफ्नै दुर्गति हुने दिन पर्खेर औला भाच्दै गन्नु इमान्दार र बुद्धिमानी नेता – कार्यकर्ताहरुलाई पटक्कै सुहाउदैन । अझ पनि माओवादी माओवादीका धेरै नेता –कार्यकर्ताहरु मध्ये कोही माओवादी नामको मायाजालमा अन्धो भएर महादेवले मरेकी सतीदेवीको  कुहिएको लाशलाई काँधमा बोकेर महिनौ दिन सम्म संसार भ्रमण गरे जस्तै प्रेमान्ध बनेका छन् । कतिपय नेता – कार्यकर्ताहरु माओवादी पार्टीको सारतत्व अझेपनि जीवितै छ कि भन्ने भ्रममा परेर रुपान्तरणको लागि निरर्थक प्रयास गरिरहेका छन भने कोही चाँही शोकमा डुवेर अलाप– विलाप गर्दै रोएर दिन विताइरहेका छन् । यस्तो वेलामा भावनात्मक संवेगमा बहकिने  मात्र होइन अन नयाँ विकल्पको पनि खोजी गर्नु पर्दछ भन्ने मान्छेलाई आवेगमा आएर अश्लिल गाली –गलौज गर्ने कार्य पनि माओवादी स्तरकै विवेक शुन्य भएका केही नेता – कार्यकर्ताहरुबाटै भइरहेका छ ।
निश्चित पनि आफनो अमूल्य श्रम लगानी गरेको चिजप्रति सकैको अगाध मायाँ हुन्छ । तर मायाँमा अन्धो भएर कुहिएको लाशलाई पनि आफुसँगै राख्ने हो भने पागल मात्र होइन महा पागलपूर्ण काम हुन्छ । मरेको लाशलाई त सामान्य पागलले पनि छोडेर जान्छ । कुनै पनि चिजको जन्म पछि मृत्यु अवश्यभावी छ  । त्योे मृत्यु समय पुगेर होस या अकालमै किन नहोस मृत्युलाई कसैले रोक्न सक्दैन । फरक यति मात्र हो कि सचेत पर्यत्नबाट आयुलाई केही समय अलि पर सम्म धकेलेर लम्ब्याउन सकिन्छ । आयु लम्ब्याउनु फाइदा छ वा घाटा त्यो पनि आफ्नो बुझाइ र परिस्थितिमा पर पर्छ । त्यो भन्दा महत्वपूर्ण कुरा केहो भने पार्टी वा व्यक्ति जीवित छँदा गरेका अमूल्य योगदानको संस्थागत गरेर सम्मान गर्ने र महत्वपूर्ण उपलव्धीहरुको रक्षा बाँचेकाहरुले नै गरिदिने हो । विगतका नकारात्मक घटनाहरुबाट शिक्षा लिदै सकारात्मक सोंचका साथ सुन्दर भविष्यको मार्गचित्रमा वर्तमन समयलाई सदुपयोग गनुपर्दछ । वर्तमान समयको सदुपयोग नै सुन्दर भविष्य निर्माणको सूचक हो । विगत इतिहासका उपलव्धीहरु भविष्य निर्माणका लागि महत्वपूर्ण खजाना हुन । महत्वपूर्ण खजानाहरुको मूल्य पहिचान तथा निर्धारण गरेर भविष्य निर्माणको योजनामा लगानी गरि वर्तमान समयलाई कुशल व्यवस्थापन गर्ने कुरा सर्वाधिक महत्वको विषय हो ।
अझै पनि माओवादी पार्टीको वास्तविक सारतत्व जीवितै छ भन्नुको अर्थ यो हुन्छ कि वुद्ध धर्मगुरु दलाइ लामालाई मरिसकेपछि पनि अवतार लिएर बाँचेका हुन्छ भन्ने भ्रम दिएर परिवारिक धार्मिक शासन सत्ता चलाए जस्तै माओवादीको नाममा खाओवादीहरुले लुटेको स्वर्ग बनाएर राज गरी रहने छन् । माओवादीको नामबाट लुटेको स्वर्गमा रा जगर्न चाहने खाओवादीहरुको बफादार सिपाही भएर बुट बजार्दै लालसलाम ठोक्ने अनि आफ्नै टाउको माथि पिसाव गरी दिदा समेत श्रदय नेता मानेर छुट दिने हो भने त्यो जस्तो निकम्मा नालाकीयपन अरु के हुन सक्छ  ? महान जनयुद्धका शहिद वेपत्ता घाइते योद्धाहरुको नाम भजाएर उनीहरुको भावनामाथि खेलवाड गर्दै देशभरी पार्टी परित्याग गरेर जानको टाउकोमा थोपारेर आफु पानि माथिको ओभानो वन्ने कुचेष्टा गरिन्छ । जो चोर उसैको ठुलो स्वर भने झै काला कुर्तक लुकाएर चर्को क्रान्तिकारी नारा लगाईन्छ । माओवादीको साइनबोर्डमा खाओवादीहरुलाई रजाइ गर्ने छुट दिइरहने वा पार्टीलाई विघटन गरेर रुपान्तरित नयाँ संरचना निर्माण गर्ने भन्ने विषयमा माओवादी पार्टी भित्रका इमान्दार क्रान्तिकारी नेता– कार्यकताहरुको लागि यक्ष प्रश् नबनेको छ । माओवादी भित्रका खाओवादीहरुले पार्टीलाई कुनैपनि हालतमा विघटन गरी नयाँ रुपान्तरण हुन दिने पक्षमा छैनन् । माओवादी नेतृत्वलाई समेत खाओवादीहरुले आफ्नो कब्जामा लिसकेको स्थितिमा पार्टी रुपान्तरणको आशा गर्नु आकासको फल आँखा तरी मर भन्ने जस्तो हो । पार्टी रुपान्तरण सहितको पुर्ननिर्माणका लागि मुल नेतृत्वबाटै सचेत पहल भयो भने एकैचोटी सबै संरचनाहरु भत्काएर छिट्टै पुर्ननिर्माणको कामलाई अगाडि बढाउन सजिलो हुन्छ । यदि काम सहायक नेतृत्व र कार्यकर्ताबाट हुँदा कमश हुँदै अलि समय लाग्न सक्छ । माओवादी पार्टी विघटनको क्रम र नयाँ शक्ति निर्माण अभियानको सुरुवातबाट यसैको परिणाम हो । माओवादी भित्रका असल पक्षहरुलाई नयाँ शीक्त निर्माण अभियानमा जोड्नका लागि पार्टी परित्याग गर्ने अभियान पनि सँगै अगाडि वढ्छ । यो अभियान माओवादी पार्टीमा मात्र नभइ क्रमश अरु पार्टीमा पनि सुरुवात हुने छ । माओवादी पार्टीमा नै पहिला किनभने अग्रगामी क्रान्तिकारी विचारले ओत–पोत भएको धेरै ठुलो पंक्ति भएको हँुदा यस अभियानको पहल कदमी लिएको कुरा हो । यसैलाई आत्मासाथ गरेर नयाँ शक्ति निर्माणको अभियानमा एउटा भएपनि इँटा थप्न मैले माओवादी नामको संरचनाबाट आफुलाई झिकेको मात्र हो । माओवादी पार्टीमा रहँदा प्राप्त गरेका उपलव्धी र असल गुणलाई मैले छोडेको छैन् ।

आहुती दिन नसकेपनि बहुमूल्य घर सम्पति माओवादी पार्टीमा लागेकै कारण ध्वस्त गरियो ।

No comments:

Post a Comment