
आठविसडाडाँगाउँ ।
रुकुमको एक विद्यालयमा विषय शिक्षक नहुँदा विद्यार्थी मर्कामा परेका छन् । जिल्लाको आठविसडाडाँगाउँ गाविस –५ मा रहेको जनकल्यान माद्यामिक विद्यालयमा अंग्रेजी र नेपाल विषयको शिक्षक नहुँदा कक्षा ९ र १०का ७५ भन्दा वढी विद्यार्थीहरु मर्कामा परेका हुन् ।
गत साउनमा शिक्षक तुलबहादुर आग्री सरुवा भएको विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको लापरवाहीका कारण नयाँ शिक्षक भर्ना गर्न नसक्दा विद्यार्थीहरु अन्यौलमा परेका छन् ।
विशेषगरी एसएलसी परिक्षा नजिकै गर्दा सम्म शिक्षक नभएपछि विद्यार्थीहरु चर्को शुल्क तिरेर आठविसकोट शैक्षिक सुधार केन्द्र राडिमा कोचिङ तथा टिउसन कक्षा लिएको कक्षा १० कि छात्रा सुसिला गिरीले जानकारी दिईन् । उनले भनिन, ‘परिक्षा नजिकियो, पढाई भएकै छैन्’ ? के परिक्षा दिने उनले रेखदेखलाई जानकारी दिईन । त्यस्तै कक्षा ९ का छात्र बसन्त चन्दका अनुसार–विद्यालयको चरम लापरबाहीका कारण हाम्रो भविष्य अन्यौल भएको छ । उनले भने, विद्यालय सुधारको लागि विद्यार्थीहरुले पटक पटक तालावन्दी गरेपनि विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिले चासो नदेखाएको गुनासो गरे । जसका कारण विद्यालय अस्तव्यस्त हुँदै गएको छ ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक रविन्द्रप्रकाश पुरीसँग वुझ्न खोज्दा भने टेलिफोन सम्पर्क हुन सकेन ।
No comments:
Post a Comment