बामपन्थीको खोल ओढेर दामपन्थी हुदै वदनामपन्थीमा परिणत हुनु भन्दा गैरवामपन्थी भएपनि आफूलाई साम्यवादी समाज निर्माणमा योगदान पु¥याउने चाहाने समाजवादी हँु भन्ने कुरा सगर्व घोषणा गर्नु कयौं गुणा श्रेयस्कर हुन्छ । आफैले वोलेको कुरा व्यवहारमा लागु नगर्ने भन्दा नवोलेरै आफ्नो जिम्मेवारी पुरा गर्नेहरुको इमान्दारितालाई तुलना गर्ने हो भन्ने आकास – जमिनको अन्तर हुन्छ ।
उपेन्द्रलाल कामी

दर्शन र सिद्धान्तलाई अंगिकार गर्ने नाममा कतिपयलाई दर्शन तथा सिद्धान्त मानिसबाट जन्मिएको नभइ मानिसलाई जन्माएको जस्तो भान पर्न गएको छ । मानौ कुनै पनि दर्शन वा सिद्धान्त परमेश्वरको वचन हो र दर्शनिक तथा सिद्धान्तकारहरु परमेश्वरका विभिन्न अवतारका देवताहरु हुन । दर्शन आदर्शवाद होस या भौतिक–भौतिकवाद नै किन नहोस । दुवै दर्शनका सिद्धान्तहरुलाई मान्ने र प्रयोग गर्नेहरु मध्येका कतिपय मानिसहरु यति धेरै कट्टर भइसकेका छन कि सिद्धान्तकै रक्षाको खातिर एक अर्कालाई मार्न र भर्न तयार छन तर सिद्धान्तलाई आलोचनाको शव्द प्रहारवाट अलिकति .िपनि चोट लाग्न दिने छैनन ।
अगाडि नै यति भुमिकालेख्नु पर्ने किन भयो भने कार्लमाक्र्सले परिकल्पना गरेको साम्यवादको सुन्दर सपना देखाएरसौदावाजी गर्ने साम्यवादी राजनैतिक पार्टीहरुमा देखिएको पाखण्डतालाई अलिअलि भएपनि चीरफार गर्नुपर्ने भयो । चीरफार गर्दाखेरी निश्चत पनि दुखाइको पीडा हुन्छ । त्यही दुखाइको पीडालाई सहन सक्ने शक्ति मिलोस भनेर डाक्टरले शल्यक्रिया गर्नु पुर्व विरामीलाई मनोवल वढाउने हौसला दिए जस्तै भुमिका सामान्य झलक दिएको मात्रै हो । सामाम्यवादलाई अंग्रेजीमा कम्युनिज्म भनिन्छ भने साम्यवादमा पुग्ने लक्ष्य लक्ष्य लिएका साम्यवादी दलहरुलाई अंग्रेजीमा कम्युनिष्ट पार्टी भन्ने गरिन्छ । बडो विचित्र त यो छ कि नेपाल जस्तो अल्पसाक्षर भएको देशमा नेपाली भाषा नै राम्ररी बोल्न नजान्ने सर्वसाधारण जनताले अंग्रेजी भाषाको कम्युनिष्ट पार्टी भनेर जति सजिलोसँग बुझ्न गा¥हो हुन्छ । आफ्नै मौलिक भाषामा अनुवाद नगरि हुवहु अंग्रेजी भाषाबाट नाम राख्ने राजनैतिक दलका नेताहरुले आफ्नो देशको मौलिकता सिद्धान्त वा विचार कुनै ब्यक्ति वा स्थान विशेषमा मात्रै सिमित रहदैन , मानव जातीको हितमा छ भने सार्वभौम सिद्धान्तलाई धेरैले अंगिकार गरेर लागु गर्छन ।
हत्तेरिका ! मैलेपनि पाठकलाई दार्शनिक प्रवचन दिन थालेँ कि क्याहो ? हुन त यो लेखक आफै पनि पनि कम्युनिष्ट पार्टीवाटै हुर्केर अनि कनिष्ट भएपनि घनिष्ट साथीवाट फुर्केर आएकोले आएकोले होला जानी – नजानी दार्शनिक प्रवचन दिने बानी परिसकेको छ । यति हँदा –हुँदै पनि औपचारिक रुपले भन्नै पर्ने छ कि यो लेखक अव कम्युनिष्ट पार्टीको सदस्य होइन ।साम्यवादी समाजको समर्थक भएपनि साम्यवादी पार्टीको सदस्य होइन । किनकी साम्यवादी समाजमा वर्ग र राज्यसत्ताको नै विलोपीकरण हुने भएकाले साम्यवादी दलको आवश्यकता नै परेन ।
जहाँसम्म अहिले साम्यवादी अर्थात कम्युनिष्ट नामधारी दलहरु छन् ति सवै साम्यवादी आदर्श समाजलाई विकृत पारेर साम्यवादप्रति नै वितृष्णा पैदा गराइदिनको लागि सामन्तीत दलाल पूँजीवादी र साम्राज्यवादको अवैध सम्वन्धवाट जन्माइएका राजनैतिक संस्था जस्तै भएका छन् । कुनै खालखण्डमा असल नियतले पवित्र उद्देश्यका सहित साम्यवादी दल स्थापना गरेर महत्वपूर्ण भुमिका निर्वाह गदै आएको भए ता पनि नियति भने खराव भोग्नु परिरहेको छ । धरातलिय यर्थातमा उभिएर हेर्दा सिद्धान्त र व्यवहार अनि आत्मगत र वस्तुगत अवस्थामा वीचमा संगति नभएपछि साम्यवादी दलको साइनवोर्डमुनि सामान्तवादी संरचना, नेतृत्व र कार्यशैलीको गलापासोमा झण्डीएर आत्महत्या गर्न मनासिव लागेन । साम्यवाद आदर्शमा धेरै कार्यकर्ता र शुभचिन्तक जनताहरु ढोंगी कम्युनिष्ट पार्टीको मायाजालमा फसिरहेका छन् । जुन अहिले आफ्नो जीवलकालमा साम्यवादी समाज सम्भव नै छैन भन्ने साम्यवादी समाजमा साम्यवादी कम्युनिष्ट राजनैतिक दल नै हुनु पर्दछ भन्ने अनिवार्यता पनि छैन । साम्यवादी सिद्धान्त विचार, कार्यक्रम र कार्यशैलीलाई जनुसुकै ब्यक्ति वा राजनैतिक तथा सामाजिक संस्थाले अवलम्वन गरेर लागु गर्न सक्छन । साम्यवादी आदर्श समाजका सुन्दर सपनाहरु वाँडेर व्यवहारमा सामन्ती राजा रजौटा नीति लागु गर्ने नेताहरुलाई कम्युनिष्ट पार्टी नामधारी विर्तावाला जग्गाको मालिक वनाउदै कार्यकर्तालाई विना पारिश्रमीको खेताला बनाएर श्रम शोषण गर्ने पद्दतिलाई साम्यवादको स्वर्ग जाने वाटो यहि हो भनेर अव पाखण्डी विचार लाद्न सकिदैन र पाइदैंन पनि । वर्ग संघर्षको नाममा मजदुर र पूँजीपतिलाई आपसमा भिडाएर त्यसको नाजायज फाइदा आफु लिने अनि सर्वहारको नारा लगाउदै सर्वहारा आफैले गर्ने यो जस्तो पाखण्ड कम्युनिष्ट पार्टीको नाममा अरु के हुन सक्छ ? पार्ट भित्रपनि नेता कार्यकर्ता धेरै जन्माउने तर व्यवस्थापन नगर्ने पार्टी फुटाएर कम्युनिष्ट नामधारी पसलहरु धेरै खोल्ने तर कम्युनिष्ट व्राण्डका उत्पादित गुणस्तरिय वस्तु नभई आयातित वस्तु वितरण गर्ने हो भने लेनिनले ब्रुजुवा संसदलाई लक्षित गदै भनेको संसदीय व्यवस्था खसिको टाउको झुण्डा्यार कुकुरको मासु वेच्ने थलो हो भन्ने भनाई अव अहिलेका कम्युनिष्ट पार्टीमै त लागु हुदैन ?
व्यवहारमा लागु गर्न सकिदैन भने कम्युनिष्ट आदर्शका गफ गरेर अमुल्य समयको वर्वाद गर्नु हुदैन । आफुलाई कम्युनिष्ट भन्नेहरुले आफनो परिवार र नीजि सम्पतीलाई पहिला सामुहिकीकरण गरेर देखाउन सक्नु पर्दछ । सामुहिक परिवार सभ्य, सुसंस्कृत र सम्वद्धिको उत्कृष्ट नमूना वनेको हुनुपर्दछ ।
अहिलेका कम्युनिष्ट नामधारी पार्टीहरुले आफ्नो पार्टीभित्र नीजि स्वार्थ त्यागेर सामुहिकतामा जाने नीति लागु गर्न सकेका छ त ? यदि त्यसो गर्न सकिदैन भने आफूलाई कम्युनिष्ट पार्टी भनेर गर्व र अल्पायूमै जिउदै मर्नुमा केही भिन्नता हुँदैन । सुन्दा अप्रिय जस्तो लागेपनि हिम्मतका साथ आफू कम्युनिष्ट होइन भन्ने साँचो कुरा बोल्नु नै इमान्दारिता हो । बामपन्थीको खोल ओढेर दामपन्थी हुदै वदनामपन्थीमा परिणत हुनु भन्दा गैरवामपन्थी भएपनि आफूलाई साम्यवादी समाज निर्माणमा योगदान पु¥याउने चाहाने समाजवादी हँु भन्ने कुरा सगर्व घोषणा गर्नु कयौं गुणा श्रेयस्कर हुन्छ । आफैले वोलेको कुरा व्यवहारमा लागु नगर्ने भन्दा नवोलेरै आफ्नो जिम्मेवारी पुरा गर्नेहरुको इमान्दारितालाई तुलना गर्ने हो भन्ने आकास – जमिनको अन्तर हुन्छ । अव आफूलाई कम्युनिष्ट भन्नेहरुले एकपटक छामेर सोध्नु पर्ने भएको छ कि कतै मैले पवित्र साम्यवादी सिद्धान्तको आवरणमा पाखण्डी पार्टीको विचारको वन्दी भएर घमण्डी भ्यागुताको अवसान भएको कथाको नियति भोग्नु पर्ने त होइन ? बुद्धिमान गंगेटोले दिएको सल्लाह नमान्दा वर्षादको वाढीले घमण्डी भ्यागुता र सर्पको जीवन समाप्त भए झै कथाको खराव नियति नेपालका ढोंगी कम्युनिष्टहरुले भोग्दै छन् । लालसलाम भित्र छलछाम लुकाएर क्रान्तिकारीको आवरणमा भ्रान्ति गरी अतितमुखी यात्राको सवारी गर्नेहरुको पछि लागेर जीवनको अमुल्य समय वर्वाद गर्नु छैन । पवित्र उद्देश्यका साथ कमयुनिष्ट आन्दोलनलाई अगाडि बढाउदै गर्दा प्राप्त उपलव्धीहरुलाई स्वामित्व लिदै कमी कमजोरीबाट शिक्षा लिएर धरातलिय यथार्तलाई आत्मसाथ गरेर नयाँ शक्तिमा रुपान्तरण हुनुमा नै नेपालका कम्युनिष्ट पार्टीहरुको भलाइ छ । कुनै पनि वस्तु नयाँमा रुपान्तरण हुँदा त्यसको पहिचान गर्ने नाम पनि नयाँ हुन्छ । बस्तुको सार नयाँ भइसकेपछि रुप पुरानै अवस्थामा रहन सक्दैन । सार रुपको बीचमा द्धन्द्धात्मक सम्वन्ध हुने भएकाले राजनीतिमा पनि यहि कुरा लागु हुन्छ । लोकतन्त्रको सामान्य समावेशी नीतिलाई नै लागु गर्न नसक्नेहरुले साम्यवाद त कुरै छाडौं समाजवादमै जान सक्दैनन । कम्युनिष्ट पार्टी नामबाट ढोंगी राजनीति गर्नु र संसारिक मोह त्यागी जोगी भएर पनि सर्वभोगी बन्न खोज्नु एउटै हो । अलिकति पनि नैतिकता एंव इमान्दारिता छ भने भन्न् सक्नु पर्दछ कि म साम्यवादसम्म पुग्न चाहान्छु तर अहिले साम्यवादी चाँही होइन । साम्यवादको निम्ती म आर्थिक रुपले सम्पन्न भएरै समाजवादमा जान चाहान्छु तर गरिवी वाँडेर होइन । म स्वावलम्वी र सदाचारी वन्न चाहान्छु तर अभावले मेरो स्वभाव विगारिदिएको छ । यति हुँदा हुँदै पनि बरु म अभावको सामना गर्न सक्छु तर अनावश्यक वाह्यदवाव कदापि सहन सक्दिन । म ठुलो पक्षको चर्चित ब्यक्ति भइ वर्जित काम गरेर होइन एउटा असल नागरिक बनेर साम्यवादी समाज निर्माणको लागि एउटा मात्र भएपनि इँटा थपेर मर्न चाहान्छु । मेरो आदर्शको साम्यवाद –जिन्दावाद ढोंगी साम्यवादी दलहरु –मुर्दावाद ।
No comments:
Post a Comment