रेखदेख संवाददाता
रुकुम गरायला २ का गोरखप्रसाद चन्द नेपाल कै कान्छा महाधिवेशन प्रतिनिधी भएका छन् । गत माघ २५ गते भएको नेपाली कांग्रेसको निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट निर्वाचनबाट चन्द महाधिवेशन प्रतिनिधीमा विजयी भएका हुन् ।

वुवा नरबहादुर चन्द र आमा चन्द्राकुमारी चन्दको कान्छा छोरा चन्द नेपालकै कान्छा महाधिवेशन प्रतिनिधी भएको नेपाली कांग्रेस स्रोतले जनाएको छ । २०४६ बैशाख २२ गते जन्मीएका चन्दलाई डाक्टर बनाउने आमा बुवाको सपना हुँदा हुँदै राजनीतिकबाट समाज परिवर्तन गर्ने उद्देश्यले २०६४ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेको जनाएका छन् । २०६७ साल चैत २३ गते जिल्ला अधिवेशनबाट जिल्ला सदस्य बनेका २०६८ सालमा इलाका नं ९ को इलाका संयोजक समेत बनेका थिए । कांग्रेसको नेतृत्व वुढापाखाले मात्र गर्ने परिपार्टीलाई अन्त्य गरी चन्द २६ वर्षमा महाधिवेन प्रतिनिधी बनेका हुन् । चन्दले राजनीतिबाटै समाजिक परिवर्तको लक्ष्य लिएको जनाएका छन् ।
शसस्त्र द्धन्दका कारण कांग्रेस भएकै कारण माओवादीबाट विस्थापित भएर भारत गएका चन्द शान्ति स्थापनासँगै नेपाल फर्किएर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेको जनाएको छ ।
ramro
ReplyDelete