प्रवीर ददेल
बैशाख १५, रुकुम ।

यसका साथै मोती कामी, जगविर नेपाली, चन्द्रबहादुर वि.क.र जनक चदराको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट कालीमान नेपालीको घरमा मोवाईल चार्ज चार्ज गर्दा सोलारको व्याट्री पड्क्दा आगलागि भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिएका छन् । उनले भने, आगलागीबाट १० घर र नमूना बाख्रा समुह आठविसकोट ३ दाँजेको काठको खोर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट १ करोड १० लाख ४६ हजार रुपैया बरावरको क्षती भएको उपरीक्षक खड्काले जानकारी दिएका छन् । उनका अनुसार– सबै भन्दा वढी हर्क नेपालीको १७ लाख २४ हजार रुपैयाको क्षती भएको छ । भने सबै भन्दा कम वाख्रा खोर ५० हजार बरावरको क्षती भएको जनाएको छ । आगलागी मंगलवार दिउसो भएका कारण कुनै मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दलित बस्तीका सबै घरहरु खुसको छानो भएका कारण वस्ती नै सखाप भएको हो । आगलागी पीडितहरु अहिले छिमेकीको घरमा आश्रय लिएका छन् । आगलागी वस्ती रुकुमको दुर्गम गाउँ भएका कारण अहिले सम्म कुनै पनि राहत सामाग्री पुग्न आगलागी पीडित कालीमान नेपालीले जनाकारी दिएका छन् ।
रुकुम जिल्लामा आगलागीको सबैभन्दा ठुलो घटना भएका कारण यथासक्य राहत सामाग्री गाउँमा पु–याएर पीडितको घाँउमा मलम लगाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई पहल गर्न जिल्ला प्रशासन कार्यालय रुकुमले पहल गरेको जनाएको छ ।
No comments:
Post a Comment