Pages

Monday, May 2, 2016

किताव कापीको माग गर्छन अग्नीपीडित वालवालिका


रेखदेख संवाददाता
रुकुम ।  आठविसकोट ३ दाँजेकी पविता वि.क. कक्षा ९मा पढ्छिन् । अहिले उनी अहिले विद्यालय जादैनीन् । बैशाख १४ गते भएको आगलागीमा उनका किताव, कापी, कलम, स्कुले ड्रेस जलेपछि उनी विद्यालय नगएकी हुन् ।
 छर छिमेकका सम्पूर्ण साथीहरु विद्यालय जाँदा उनको मन रुन्छ  ।
 कपडाको नाममा शरिरमा लगाएको कपडा बाहेक अरु केही नभएको उनले जानकारी दिएकी छिन् । उनीसँगै  आठविसकोट गाविस– ३ को दलित बस्तीका २० जना बालवालिकाहरु विद्यालय गएका छैनन् । विशेषगरी सम्पूर्ण शैक्षिक सामाग्री जलेर नष्ट भएपछि उनीहरु विद्यालय नगएका हुन् । उनीहरुले शैक्षिक सामाग्रीको माग गरिरहेका छन् ।
 रुकुम आठविसकोट ३ मा भएको आगलागीबाट १० घरका ११ परिवार पूर्णरुपमा विस्थापित भएका छन् । जसमा आगलागीबाट विजय नेपाली, कालीमान नेपाली, हर्क नेपाली, हरिलाल आग्री, तप्त दमाई,निर्मला आग्रीको घर जलेर नष्ट भएको हो । यसका साथै मोती कामी, जगविर नेपाली, चन्द्रबहादुर वि.क.र  जनक चदराको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट कालीमान नेपालीको घरमा मोवाईल चार्ज चार्ज गर्दा सोलारको व्याट्री पड्क्दा आगलागि भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिएका छन् । घटनाबाट करिव १ करोड रुपैया वढीको क्षती भएको जनाएको छ ।

No comments:

Post a Comment