प्रविर ददेल
रुकुम । नयाँ वर्ष २०७३ साल हाम्रो नजिक आइसकेको छ । मंगलबारबाट २०७२ सालले विदा लिएको छ । २०७२ सालको आगमनसँगै नेपालमा ठुलो विपद् निम्त्याएको थियो । गत बैशाख १२ गते गएको भुकम्पले नेपालका विभिन्न जिल्लामा ठुलो क्षती पु¥याएको छ । विशेषगरीगार्खा, सिन्धुपाल्चोक,काठमाण्डौं, रसुवा, धार्दिङ लगायतका जिल्लामा भुकम्पले करोडौको सम्पती, हजारौंको ज्यान लिएको छ । भने हजारौ परिवार घरवार विहिन भएका छन् । कतिले अपाङ्गजीवन विताईरहेका छन् । २०७२ सालको भुकम्पको क्षतीबाट रुकुम जिल्ला समेत अछुतो रहन सकेन । भने रुकुम जिल्लामा अन्य विपद्हरु समेत निम्तिएका थिए । विशेषगरी २०७२ साल समग्र नेपालमा आपत्विपद् र क्षती तुल्याएको छ । भने २०७२ सालमा भएका महत्वपूर्ण घटाक्रमलाई रेखदेख साप्ताहिकले यसरी प्रस्तुत गरेको छ ।
भुकम्पले झण्डै २ हजार भौतिक पूर्वाधार भत्कीए
बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पले रुकुममा एक जनाको मृत्यु र ६ जना घाईते भएका थिए । भने झण्डै २ हजार भौतिक पूर्वाधारको क्षती भएको छ । जसमा ३ सय ४४ घर पूर्णरुपमा क्षती भएका छन् । भने १ हजार ४ सय ५८ घरहरु आंशिक रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिएका छन् । उनका अनुसार ९ भुकम्पकै कारण रुकुम जिल्लाका २५ वटा विद्यालय पूर्ण रुपमा क्षती भएको र ७१ वटा विद्यालय आंशिक रुपमा क्षती भएका छन । भने अन्य २६ सरकारी कार्यालयहरु आंशिक रुपमा क्षती भएर जम्मा १ हजार ९ सय २४ भौतिक पूर्वाधारको क्षती भएको हो । भने भुकम्पका कारण करिब रु। ५ करोड रुपैयाँ भन्दा वढी क्षती भएको जनाएको छ ।
अन्य विपद्ले साढे ४ करोड क्षती
२०७२ सालमा रुकुम जिल्लामा साढे ४ करोड रुपैयाँ बरावरको क्षती भएको छ । विशेषगरी, भुकम्प, आगलागी, वाढी पहिरो, चट्याङ, हावाहुरी, अविरल वर्षालगायतका कारण रुकुममा ४ करोड २४ लाख ८८ हजार ३ सय ७५ रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार९सबै भन्दा बढी अविरल वर्षाका कारण १ सय ३२ घर भत्किदा १ करोड ८३ लाख २८ हजार ९ सय ५० रुपैयाँको क्षती भएको छ । भने सबै भन्दा कम चट्याङबाट २० हजार बरावरको क्षती भएको जनाएको छ । अन्य विपद्का कारण भएको क्षती विवरणलाई हामी तथ्याङ्कमा सार्वजनिक गरेका छौ । भने विपद्मा परेर २ जनाको मृत्यु भएको छ ।
टुक्रियो रुकुम,चर्कीयो आन्दोलन
नेपाल पहिलो पटक संघीय संरचनामा गएपछि रुकुम जिल्ला दुई प्रदेशमा विभाजन भएको छ । विशेष गरी पूर्वी रुकुमका १२ गाविस प्रदेश नं ५ र पश्चिम रुकुमका बाँकी २७ गाविस र २ नगरपालिका प्रदेश नं ६ मा विभाजन भएपछि रुकुममा आन्दोलन चर्किएको हो । एकीकृत रुकुम संर्घष समितिले सिङ्गो रुकुम प्रदेश नं ५ मा राख्नु पर्ने माग गदैं १६ दिन लामो आन्दोलन भएपनि माग पुरा हुन सकेन । साउन २३ गते नेपालललाई संघीय प्रदेशमा विभाजन गरेपछि साउन २४ गते देखि रुकुममा आन्दोलन चलेको थियो । आन्दोलको क्रममा आधा दर्जन आन्दोलनकारी घाईते भएपनि आन्दोलनले कुनै निष्र्कष निकाल्न सकेन । आन्दोलन समेत स्थगित नभएरै सेलाएको छ । एकीकृत रुकुम संघर्ष समितिका सदस्य सुवोधराज सिर्पालीलाई एकीकृत रुकुम आन्दोलन कहाँ पुग्यो भन्ने प्रश्नमा राज्य पक्षवाटै विचाराधिन भएकोले आन्दोलन स्थगित गरेको र सिङ्गो रुकुम प्रदेश नं ५ मा नराखे फेरि आन्दोलन चर्कार्ने र त्यो हिंसात्मक हुने रेखदेखलाई बताएका छन् । भने रुकुममा पुर्वी रुकुमका मगर समुदायले स्वायत मगर प्रदेशको माग गदै आन्दोलन गरेका थिए । भने पश्चिम चौरजहारीमा स्थानीयले सिङ्गो रुकुम प्रदेश नं ६ मा राख्नु पर्ने माग गदैं आन्दोलन गरेका थिए । नेपाल संघीयतामा प्रवेश गरेपछि रुकुममा तिनथरी माग उठेको थियो ।
सभासद् समेत विभाजित
रुकुम टुक्रिएसँगै रुकुमबाट संविधान सभामा प्रतिनिधित्व गर्ने सभासद्हरु समेत दुई खेमामा देखिएका थिए । रुकुम क्षेत्र नं १ का सभासद् गणेशमान पुन, समानुपातिक सभासद् मिठ्ठु मल्ल र दलजित श्रीपाली सिङ्गो रुकुम प्रदेश नं ५ मा राख्नु पर्ने धारणा राखेका थिए । भने रुकुम क्षेत्र नं २ का सभासद् जनार्दन शर्मा पूर्वी रुकुमलाई प्रदेश नं ५ र पश्चिम रुकुम प्रदेश नं ६ मा राख्नु पर्ने धारणा राखेका थिए । एउटै जिल्लामा तीनथरी माग र सभासद्हरु समेत एक नहँदा रुकुम एक हुन नसकेको हो ।
एक नगरपालिका थपियो
२०७२ सालमा विपद् र क्षती मात्र नभएर केही विकास र सकारात्मक काम पनि भएका छन् । विशेषगरी पश्चिम रुकुमको चौरजहारी र कोटजहारी गाविस मिलाएर विजश्वरी नगरपालिका घोषणा समेत गरिएको छ ।
२०७२ असोज १ गते विजश्वरी नगरपालिका घोषणा भएको हो । यो सँग रुकुममा दुई नगरपालिका बनेका छन् । यस अघि २०७१ मंसिर १६ गते साँख र खंलगा गाविस मिलाएर मुसीकोट नगरपालिका भएको थियो ।
सबै गाविस साक्षर
रुकुम जिल्लामा साक्षरयुक्त गाविस घोषणा कार्यक्रम २०७० सालमा सञ्चालन गरेपनि २०७२ सालमा रुकुमका ३३ गाविस २ नगरपालिका साक्षरयुक्त गाविस घोषणा भएका हुन् । जिल्ला शिक्षा, कार्यालय रुकुम, जिल्ला विकास समिति, गाउँ विकास समिति र गैरसरकारी संस्थाको पहलमा रुकुमका सबै गाविस साक्षरयुक्त गाविस घोषणा भएका छन् । भने जिल्ला नै २०७३ जेठ महिनामा घोषणा गर्ने तयारी गरिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ ।
तकसेरा महोत्सव र पर्यटन वर्ष २०७२
पूर्वी रुकुमको दुर्गम गाउँ तकसेरामा २०७२ सालमा आदीवासी जनजाती कला सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । गत बैशाख १ गते देखि ५ गते सम्म सञ्चालन भएको तकसेरा महोत्सवले रुकुममा पर्यटन प्रवद्र्धनमा सहयोग गरेको छ । भने पूर्वी रुकुमको पर्यटकीय क्षेत्रमा राज्य ध्यान समेत पुगेको छ ।
तकसेरा महोत्सवलाई उद्द्याटन गर्न तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला पुगेका थिए । भने २०७२ बैशाख १ गते रुकुम भ्रमण वर्ष २०७२ को प्रारम्भ गरिएको छ । रुकुम भ्रमण वर्षको अवसरमा जिल्ला पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिएको जिल्ला पर्यटन विकास समिति अध्यक्ष तथा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जनाए । उनले भने, रुकुम भ्रमण वर्ष २०७२ को अवसरमा जिल्लामा पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण, सूचना केन्द्र स्थापना, स्थानीय मेलालाई पर्यटन मेलाको रुपमा विकास, पर्यटकीय क्षेत्रमा होमस्टेको रुपमा विकास समेत गरिएको छ । जिल्लामा एक कार्यक्रमको आयोजना गरी सम्पूर्ण जानकारी गराउने अध्यक्ष शर्माले बताए ।
No comments:
Post a Comment