रुकुम झुला (९ ठाँटीका हरि मल्ल (भाष्कर)बल्ल १८ वर्ष पुग्दैछन् । तर उनी राजनीतिमा प्रवेश गरेको ८ वर्ष पुग्यो । उनीले आफुलाई बालनेता भन्न रुचाउँछन् । एमाओवादी, बैद्य माओवादी हुँदै अहिले उनी विप्लव माओवादीमाको जनक्रान्तिका महान शहिद परिवार नेपाल संगठनको केन्दीय सदस्य तथा रुकुम जिल्ला सदस्य रहेका छन् । उनीले आफुले १० वर्षमै राजनीतिमा प्रवेश गरेको जनाएका छन् । आमा कृष्णा शाही र बुवा लिलामणी मल्लको जेठो पुत्रको रुपमा जन्मीएका भाष्कर १० वर्षको कलिलो उमेरमा राजनीतिमा प्रवेश गर्नुको कारण के हो ? उनको बाल्यकाल कसरी वित्दैछ भन्ने विषयमा रेखदेख साप्ताहिकले गरेको कुराकानीको सार सक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
राजनीतिमा कहिले कहिले प्रवेश गरियो ?
(राजनीतिमा १० वर्षको उमेर देखी प्रवेश गरेको छु ।
१० वर्षको कलिलो उमेरमा राजनीतिमा प्रवेश गर्नुको कारण के हो ?
(परिवारिक पृष्ठभुमि कारण वाल्यकाल देखी राजनीतिमा लागेको हुँ । खास गरी मेरो वुवा, फुपु, ठुलो वुवा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । मेरो वुवा जनयुद्धको क्रममा म गर्भमा हुँदा मृत्यू भएको भन्ने सुनेका छु । ठुलो वुवा २०६० सालमा पाल्पा लडाईमा शहिद हुनु भएको हो । म जन्म हुनु भन्दा अघि नै वुवाको मृत्यु भयो र मैले वुवा नै देख्न पाएन । त्यसपछि आमासँग वुवा खै भन्दा आमाले पापी दैवले खोसेर लियो भन्नु हुन्थ्यो । म २ वर्ष हुँदा देखि मेरो वुवालाई मार्ने को होला भन्ने लाग्दथ्यो । अरु साथीहरु वुवा आमा साथमा खेल्दा म सधै खिन्न हुन्थे । आमालाई मेरा वुवा खै ? भन्दा सधै एउटै उत्तर आउथ्यो । त्यसपछि जव म दुई वर्षको थिए । आमाले दोस्रो विहे गरिसक्नु भएको रहेछ र जव म ५ वर्षको भए तव म आमाका काँखबाट विछोडिएर साइलो वुवाको घरमा वस्नु प¥यो । त्यसपछि झन् आमावुवाको मायाँबाट टाढा रहे । त्यसपछि झन मेरो वुवा मार्ने को होला भन्ने लाग्दथ्यो । वुवा नमरेको भए आमाले छोड्नु हुँदैन थियो सोचिरहन्थे । जव उमेर छिपिदै गयो, अलि वुझने नि भए र त्यसपछि एकदिन साइलो वुवाले तेरो वुवालाई त माओवादीमा लागेकै कारण राज्यपक्षले मारेको हो भनेपछि म राज्य पक्ष भनेको को हो ? किन मारे होलान ? भन्ने बारेमा सोचिरन्थे । वुवा मार्नेलाई खोज्न राजनीतिमा प्रवेश गरेको हुँ ।
कसरी वित्दै छ बाल्यकाल ?
(गाई भैसी हेर्ने, वाखा्र गोठालो जाने, घाँसकाट्ने मै वित्यो त्यो भन्दा वढी बाख्रा गोठालो जान्थे । वच्चा छँदा मलाई सबैले नेता नेता भन्थे । म त्यसमा हुरुक्क हुन्थे । अनेक दुख कष्ठका साथ वित्यो । राम्रोसँग पढन पाएन । आमाबुवाको माया नपाएको कारण होला अरुलाई माया दिन जान्दैन । झगडालु स्वभाव छ । कसैलाई पिट्थे कसैका हातबाट पिटाई खान्थे । प्रायजसो विद्यालयमा शिक्षकले हान्नुहुन्थो । मेरो वाल्यकाल त न घरमा माया पाए न त स्कुलमा नै माया पाईयो यसरी नै वित्यो दिनचर्या ।
सुरुमा एमाओवादी, वैद्य र अहिले विप्लवमा किन प्रवेश गरेको ?
तत्कालिन माओवादी शान्ति प्रक्रियापछि एमाओवादीमा पार्टी विभाजन भएको थिएन । पार्टी विभाजन हुनुभन्दा अगाडि एमाओवादीका १० वर्षे जनयुद्धका लिडरहरुले ५२ साल अगाडि जुन मुद्दा उठाएका थिए । पछि त्यो मुद्दा छोडेका कारण म वैद्य माओवादी आए । वैद्य माओवादीमा पनि पार्टी विभाजन भएको करिव २ वर्ष सम्म नेतृत्व सुतेपछि हामी कार्यकर्ताहरु निराह भएका थियौ । त्यसकै विचमा अहिलेका महासचिव र वैद्य माओवादीका सचिव नेपालका वहुचर्चित युवा नेता नेत्रविक्रम चन्द विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सार्नुभयो र दुईवटा दस्तावेजमा जनयुद्धको जगमा जनविद्रो भन्दा विप्लवले ल्याएको कार्यदिशा सहि लाग्यो र बैद्यले केही नगरेको कारण विप्लवदाईसँगै हामी सच्चा माओवादी धारका माओवादीहरु पmेरि विभाजन भएर विप्लव दाईले नेतृत्व गरेको माओवादीमा गयौँ ।
शहिद परिवार घाइते र अपाङ्गहरुहरुलाई प्रचण्ड, बावुराम, वैद्य र विप्लवले कसरी हेरेको जस्तो लाग्छ ?
( बाबुरामका कुरै नगरौ । उसले त १७ हजार शदिलाई लत्याएर कम्निष्ट झण्डा नै छोडेर गई सक्यो । प्रचण्डका कुरा बाहिर शहिद परिवार, घाइते अपाङ्गलाई आश्वासन दिने भित्र गएर आफना आफ्न्त र आसपासेहरुलाई मात्र संरक्षण गरे । भने बैद्यको कुरा चाही दर्शण वढी छाट्ने व्यवहारमा फुट्टी नगर्ने देखिएको छ । अव विप्लवका कुरा गरांै शहिदका सपना पुरा नभए सम्म हामी लडिरहनु पर्छ र शहिद परिवार घाइते अपाङ्ग भनेका हाम्रा आमाबुवासरह हुन भन्ने गर्नुहुन्छ । सारमा भन्ने हो भने प्रचण्ड र बाबुरामका कुरा एउटै हुन उहाँहरुले शहिद परिवारलाई लत्याएर गइसकेका छन् । चाहेर पनि शहिदका सपना पुरा गर्न सक्दैन । समयले उनीहरुलाई पन्छाएको छ । बैद्य बा उहाँ अव शहिद परिवारको कुरा गरेपनि स्वाथ्यको कारण सक्नुहुन्न । अव हामी सम्पूर्ण शहिद परिवार घाईते अपाङ्गहरु विप्लव दाईको भरमा छौ । उहाँको व्यवहार भने हेर्न बाँकी ।
विप्लवसँग प्रत्यक्ष भेट हुँदा के भन्ने गर्छन ?
शहिद, घाइते, अपाङ्ग परिवारलाई हामीले धोका दिनुहुँदैन । युद्धको मैदानमा हामीले जुन कसम खाएका थियौ । हामीले त्यो पुरा गर्नुपर्दछ । माओले भने झैं कुरा गर्नु भन्दा आफुले गरेर देखाउनु पर्छ र मलाई प्रराजय भएर घर फर्कन भन्दा १० औं हजार शहिद जस्तै मलाई शहिद हुनु स्वीकार छ । भन्ने गर्नुहुन्छ । कतै हामी विक्रन लागियौं भने शहिद परिवार घाइते अपाङ्गले हामीहरुलाई तिमिहरु विक्रियांै भनेर घचघच्याउने छन् । हामी सुर्धिने मौका पाउने छौं ।
विप्लव विभाजन भएको पनि करिव डेढ वर्ष भयो ? खासै केही देखिएन नी ?
( बच्चा जन्मीने वितिकै ठुुलो हुँदैन । त्यसलाई भरणपोषण दिनु पर्दछ । विप्लव माओवादी पार्टी निर्माण भएको पनि करिव डेढ वर्ष भयो र हामीले करिव शहर केन्द्रित डेढ सय मुद्दामा कारवाही गरीसकेका छौ । अहिलेको समयमा हामीले राजधानीमा कसैकोपार्टीले जम्मा नगरेको जनमास विप्लवले उतारेका छन् । विप्लव माओवादीलाई भ्र्रम पनि छ । यो पार्टीले पनि केही गर्न सकेन भनेर । भन्नेले जे सुकै भनुन विप्लव माओवादीले नेपालको इतिहासमा पार्टी स्थापना भएको छिट्टै समयमा हाम्रो पार्टी भन्दा अरु पार्टी ठुलो भएका हैन । र राम्रो काम गर्ने छ । विप्लव माओवादी अहिले शहर केन्द्रित लडाईमा रहेको छ । इतिहासले फैसाला गर्नेछ ‘को माओवादी सच्चा, को माओवादी कच्चा’ हुन भनेर ।
विप्लव माओवादीले सेना निर्माण गरेको र तालिम पनि सञ्चालन गरेको भन्ने हल्ला छ के साँचो हो ?
यो कुरा सरासर झुटो हो । विप्लव माओवादीसँग १० वर्षे जनयुद्धमा लडेका लडाकुहरु छन । किन चाहियो सेना ? समयले माग्यो भने उनीहरु नै बन्दुक समाउन र कम्व्याड लगाउन तयार हुने छन् । राज्यले बन्दुकले हान्यो भने उनले पनि बन्दुकले त्यसको जवाफ फर्काउने छन् ।
नेत्रविक्रम चन्द विप्लवले अवको लडाई कोसँग हुन्छ भन्छन् ?
( भ्रष्टचारीहरुसँग, दलालहरु र देश वेचेर नेपाली जनतालाई दुख दिने नेपाली राज्य सत्ताका मालिक हँु भन्ने सँग लडाई हुन्छ । कांग्रेस एमाले रोल्पाको सहमतिमा फकिएन भने कांग्रेस एमालेका खास खास मान्छेसँग हुन्छ । पछि गएर बाबुराम, मधेश टुक्राउछु भन्ने दलाल नेताहरुसँग हुन सक्छ । बाबुरामसँग १० औं हजार शहिदको रगतलाई लत्याए उनी शहिद परिवार तिर नफर्किए उनीसँग पनि लडाई हुन्छ ।
तर प्रचण्ड र वैद्यसँग लडाई नहुने भन्छन् र ?
( प्रचण्ड संसवादमा फस्ने १० वर्षे जनयुद्धमा गरेका वाँचा भुले भने प्रचण्डसँग पनि लडाई हुन्छ । बैद्यका खास(खास मान्छे जो सक्ताका लोभी छन् । तिनीहरुसँग लडाई हुन सक्छ । उनीहरु माओवादी धार भएको कारण सुर्धिने मौका अझै छ । नत्र पहिलो लडाई प्रचण्ड र वैद्यसँग नै हुन्छ ।
विप्लवले अझै माओवादी एकताका कुरा गर्छन र ?
( एकता हैन धुव्रीकरणको कुरा गर्नु हुन्छ । किनकी माओवादीहरुमा पनि कमिसन खोरहरु र कुहिएका आलुहरु जस्तै भएर बसेका छन् । तिनीहरुलाई फालेर सच्चा माओवादीहरुको मुद्दामा एकीकरण हुन सक्छ । यो भन्नुको अर्थ बैद्य भित्रका सच्चा र प्रचण्ड भित्रका सच्चा र हेमन्त प्रकाश ओली सुदर्शनको मोर्चासँग एकीकरण गरेर अगाडि बढ्न सक्छ भन्छन विप्लव दाई ।
No comments:
Post a Comment