माइक्रोसफ्टले कृत्रिम इण्टेलिजेन्सी सेफ्टवेयर (आईएस) च्याटबोट सार्वजनिक गरेको थियो । ‘टे’ नाम दिइएको उक्त ‘च्याटबोट’ सार्वजनिक गरेको केही समय बित्न नपाउँदै कम्पनीले यसलाई फिर्ता लिएको छ, अर्थात् बन्द गरेको छ । सामाजिक मिडियामा आएका कमेण्ट्सका अनुसार यो सफ्टवेयरले एक किशोरीले झैं च्याटिङमार्फत उत्तर दिन्थ्यो । वास्तवमा यो प्रोग्राम ‘च्याटबोट’लाई जातिवादी, लैङ्गिक र अन्य अपमानजनक टिप्पणी गरेबापत दण्डित गरिएको थियो । माइक्रोसफ्टद्वारा विकसित प्रोग्रामले ट्विटरमा अपमानजनक टिप्पणी गर्ने, जातिवादी टिप्पणी गर्नेलगायत बदमासी गर्न थालेको थियो ।
कम्पनीले विकसित गरेको यो प्रयोगिक एआई (आर्टिफिशियल इण्टेलिजेन्सी)ले संवादबाट सिक्ने क्षमता राख्छ । यसको विकास १८ देखि २४ वर्षीय मानिससँग संवादका लागि गरिएको थियो ।
कृत्रिम इण्टेलिजेन्स ‘टे’ शुरू गरेको २४ घण्टाभित्रै माइक्रोसफ्टले यसबाट दिइएका केही उत्तेजक कमेण्ट्सको सम्पादन गरिरहेको देखिन्थ्यो । अब भने कम्पनीले ‘टे’मा केही सुधार गरिरहेको जानकारी दिएको छ ।
एआईमा आधारित यो च्याट बक्स मेशिनबाट सिक्ने योजनाअन्तर्गत निर्माण गरिएको हो । यसको निर्माण मानिस र उपकरणबीच सहकार्यको सोचका साथ गरिएको हो । उपकरणले सिक्दै जाँदा यसका केही उत्तर संवादका लागि अनुचित तथा निर्देश दिएकोजस्तो हुने गर्छ । प्रयोगात्मक सोचले सार्वजनिक गरिएको च्याटबोटले उत्तेजक अवस्थाको सृजना गर्न थालेपछि कम्पनीले यसलाई अहिलेका लागि बन्द गरेको हो । (एजेन्सी)
No comments: