काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस, २०७३ का अवसरमा आज टुँडिखेलमा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सरिक भएकी छन् । ![gjf}F u0ftGq lbj; u0ftGq lbj;sf cj;/df ;}lgs d~r 6'Fl8v]ndf zlgaf/ cfof]hgf ePsf] ljz]if ;df/f]xdf /fi6«kltnufot ljlzi6 JolQmaf6 zflGtsf k|tLs k/]jf p8fOFb} . tl:a/ M k|bLk/fh jGt, /f;;](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_viKEVQHZ7IY8VUUWjOYgJ1eeSXC0mxNsJ80B1ojNHuwtWtAOUcm4aIPJmZeIHZIqG2uIwWs_IPJdPgTpfZ5nz_8OHs6FRyy8CIVROlVLLp_CvLRP3eEm6EsGBPKSzNt08MsRxZwCLw63RRe0M=s0-d)
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७३ लेखिएको व्यानर प्रदर्शन गरेको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका जिविस, नगरपालिका, खेलकुद परिषद्का खेलाडी, स्थानीयले मार्चपास, नृत्य, कवाज व्याण्ड, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरेका थिए ।
समारोहमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतीक परेवा उडाइएको थियो ।
२०६२÷६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेकाले जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।
तस्बीरहरुः रासस
No comments:
Post a Comment