Pages

Friday, May 6, 2016

आज आमालाई सम्झिने दिन


आज आमालाई सम्झिने दिन
वैशाख २४, काठमाडौँ ।आफूलाई जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आमाको मुख हेर्ने दिनका रुपमाशुक्रबार मातातिर्थ औंसी पर्व मनाइँदैछ । नौ महीनासम्म आफ्नो गर्भमा राखेर जन्म दिने आमा प्रति श्रद्धाभाव सहित औंसीका दिन मीठो खान लाउन दिई सम्मान गर्ने गरिन्छ ।
दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरेरआमालाई सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ । आजकै दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्दै यो पर्व मनाइरहेका छन् । आजकै दिनका लागि भनेर विभिन्न मिठाई, फलफूल तथा कपडा पसलहरुमा अघिपछि भन्दा धेरै व्यापार हुने गर्दछ । 

No comments:

Post a Comment