Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » प्रधानमन्त्री ज्यु ,खाडिको जेलमा सड्नु नपरोस !

प्रधानमन्त्री प्रचण्डलाई पत्र
सम्माननिय प्रधानमन्त्री ज्यु
 नमस्कार  !

 बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र कोर्दै छु । हुन त हजुर सामु नपुग्न सक्छ  । तर म यहि जेलबाट सडेर गयपनी जिउनेहरुले पक्कै पनी पढने  र विदेशको समस्या बुझ्ने पाउँन । म गरिबको पिडा नत घर न त घडेरी नै त्यस्तै महान सपना बोकेर पैसा कमाएर आफ्नो भबिष्य सुधार्ने महान सपना बोकेर म अहिले भन्दा करिब १८ बर्ष पहिले म खाडि मुलुकको साउदी अरब आएको थिए र मसँग कुनै सीप थिएन् । नेपालको दुर्गम जिल्ला रोल्पाको थवाङमा बालबच्चा पालन पोषण गर्न समस्या भएपछि साउदी पुगेको हुँ । म एउटा साउदी नागरिकको मझरा (भेडा हेर्ने) काम पाएको थिए । मैले ईमान्दारीताका साथ काम गरीरहेकोे थिए । मलाई मालिकको बिश्वासका कारण ९ बर्ष सम्म एउटै मालिक संग काम पनी गरेर मेरा साना सपना पनी पुरा भएका थिएन् । बर्षा मा चुहिने सानो झुपडी थियो घर बनाए र खान पुग्दैन्थयो जग्गा किनेर अन्न आफै उत्पादन गरेर खान सम्म  आत्मनिर्भर भएकै थिए । ९बर्ष सम्म एउटै मालिक संग काम गर्दा मालिकको म माथिको बिश्वास संगै भएको कारण  २ पटक सम्म छुट्टी लिएर घर पुगेर घर ब्यबस्था मिलाएर  फर्केको थिए । मलाई घर बस्न मन लाग्दथ्यो । तर गरिबी स्वदेशमै बस्न नदिएपछि  धन कमाउन  पुगेको थिए । मैले गरिब सुधार्न पहल गरिरहेको थिए । र केही सुधार पनि भएको थियो ।
साउदी पुगेर साहुको काम गर्न छोडे मेरो चुलो बल्न छोड्थ्यो । त्यही भएर विदेशीनु मेरो रहर भन्दा बाध्यता बन्यो ।  मेरो साहुको ग्यारेजमा काम गर्ने ३ जना भारतीय (केरला) पनी थिए । यउटै साहुसँग काम गर्ने भएपनी  म एउटा भेडा चराउथे अरु साथी साँहुको  ग्यारेजमा काम गर्थे । कहिले काही म बस्ने मझरा पनी जान्थे तिनीहरु । संगै काम गर्दथ्यौं  संग संगै बस्थ्यौ  । म मेरो साहु संग धेरै नजिकको भइ सकेको थिए ९ बर्ष भैसकेको थियो । बिश्वास गर्दथ्योे मलाई साहुले अनी कहिलेकाही भारतीयसँग संगसंगै पनि काम गर्ने गर्दथियौं ।   तर काम कै बारेमा अलिअली बिबाद पनी हुने हुन्थ्यो ।  म पनी कमाउन आएको उनीहरु पनी कमाउन आएको हामी मिलेरै काम गर्दथियौं । ,तर १ जना लाई साहुले आफ्नै ग्यारेजमा राख्त्यो त २ जना लाई म संगै काम दिन्थ्यो तर तिनीहरु काम गर्ने भनेर गएपनी दिनभर सुतिरहन्थे र म केहि भन्दैन्थे । अनी साहु गएर मलाई भन्थ्यो कि तिमी ३ जना किन काम  गर्दैनौं मलाई कराउथ्यो म अझै शान्त भएर बस्थे । त्यस्तै गर्दा गर्दै साहुले काम नगरेको भन्दै मेरो २ महिनाको तलब समेत काटिदियो । अनी म गरिबको पसिना बगाएको रकम मैले पाएन । त्यही विषयमा भारतीयसँग झगडा भयो र मलाई नै पहिले बेसरी कुटे भारतीयहरु । तर मैले केहि गर्न सकिन किन कि म अर्काको देश छु यहाँको कानुन उल्टो छ । म कमाउन आएको घरमा फुल जस्ता छोराछोरी र स्वास्नी छन भन्ने सोचे । मलाई अति नै कुटे र खुट्टामा हानेर ठुलो घाउ समेत भइ सकेको थियो । अनी मैले सहन सकिन । मन मुटु एकै भयो रिस थाम्न सकिन धेरै सोचे तर भएन । अन्तिममा एक भारतीयको मृत्यु भएछ । त्यो समय आउला सोचेको पनी थिइन । त्यसपछि  मलाई जेल हालियो । जेलमा हालिसकेपछि अदालतले फैसला सुनाउनु पर्नेमा जुन मृतक थियो त्यसको कोहि आफन्त आएर मुद्दा दर्ता गरेमा मात्र फैसाला हुने साउदीको कानुन भएपनि मृतकको परिवार कोही आएनन् । म गरीबका सपनाहरु जेलमा सडे ।  अदालतले पहिले भनेको ५बर्ष जेल हुन्छ  ५ बर्ष पुग्यो तर त्यति बेला सम्म पनी मृतक को कोहि नआएर भारतीय दुताबासले ५ बर्ष पुगेपछि पुन ः (केश) घटना उल्टायो ।  म जेलको जेल नै सडे समाननीय प्रधानमन्त्री ज्यू ।
अहिले ९बर्ष पुग्दा समेत मृतक का आफन्तको अनुपस्थिती भएपछि म जेलमै छु । सबैलाई थाहा छ तर  त कुनै संघ संस्था सोधपुछ गर्न आउछ त न दुताबास ।  म त एउटा सडेको जनावर भए विदेश जेलमा । घरमा भने मेरा फुल जस्ता छोरा र छोरी छन तिनको माया लाग्छ । आफ्नो गाउ घर तथा प्यारो नेपालको माया लाग्छ ।  तर अधेरा कोठाहरुमा टोलाई रहेको छु । अदालतले भन्छ तेरो दुताबास बाट केहि फाईल लेउ तब काम हुन्छ । तर मसंग नेपाली दुतावासको कसैको नम्वर छैन् र सम्पर्क बिहीन छु ।
म एउटा गाउँको मान्छे भएर होला कसैले चिन्दैन ।  तर माननीय प्रधानमन्त्रीले मलाई नचिनेपनि  चिन्नु हुन्छ मेरो गाउँ थबाङ । मलाई आश पलाएर आएको छ । हजुरले जब खाडी मुलुकमा रहेका कैदी हरुलाई निकाल्छु भनेदेखि अब मैले पुनरजिबन पाउछु कि भनेर समाननीय ज्यू । बिन्ती गर्छु– म जेलमै सढन चाहदैन । प्रधानमन्त्री ज्यू कतैकतै आशहरु आउँदै छन । कतै हजुरको भाषणले  मेरो जिबनको रक्षा हुन्छकी भनेर । म के गरौं  अदालतले फैसला त सुनाएको छैन् ।  तर को संग सम्पर्क गरौं । दुताबासमा को कहाँ छ थाहा नै छैन । सायद मलाई सडेको हेर्न चाहान्छ जस्तो लाग्छ ।  कहिले समपर्क हुदैन् दुताबासमा ९÷ ९बर्ष भइ सक्यो  म सडिसके म बाँचेर फर्कन चाहान्छु  । तर रातो बाकसको पर्खाइ त गरेको छैन होला सरकारले ! तर हजुर प्रति बिश्वास छ मलाई  । हजुर साँचिक्कै राष्ट्रप्रेमी हुनुहुन्छ जस्तो लाग्छ । नेपाल र नेपाली प्रति उत्तरदायी हुनुहुन्छ ।  मेरो पिडालाई पक्कै पनी ध्यान दिनुहुनेछ । कठै प्रधानमन्त्री ज्यू !  कति अभागी रहेछु म स–साना कोपिला छोरीछोरी  घर परिवार छोडेर बिदेशी भुमीमा आए । अल्पायु मै फाँसी चडनु पर्ने कुन कर्म लिएछु  । अन्तत ः पक्कै  हजुरले  पुनरजिवन दिनुहुनेछ बिश्वास बोकेको छु । जसरी पनी ध्यानाकर्षन हुनेछ हजुरको ।
यो कालोकोठारी बाट पक्कै पनी मुक्ति दिलाउनु हुनेछ । सम्भव नभए मेरो जन्म भुमी पाईला राख्ने सपना पुरा होला नहोला तर म यहि जेलमा सडेर गएपनी मेरो देश बाँचीरहोस ।  नेपालीहरु स्वदेशमै रोजगारी हन् ।  म जस्तै खाडिको जेलमा सड्नु नपरोस ।  मेरो अन्तिम इच्छा आफ्नो देशमा पाईला टेक्ने छ । त्यसैले समाननीय प्रधानमन्त्री, नेपालसरकार र  सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा यो कालोकोठारी बाट आशुले लेखेको पत्र पेश गर्दै बिदा हुन्छु !
उही अभागी पञ्चबहादुर  रोकामगर
कालोकोठारी हायल सेन्टर जेल
साउदी अरब

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply