कसले मार्ला बाजी
प्रवीर ददेल
फागुन १०, रुकुम ।
नेपाल पत्रकार महासंघ रुकुमको कार्यालयमा दुई साता अघि लागेको ताला खुलेको छ । सदस्यता सिफारिसमा मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन रुकुमले पत्रकार महासंघ रुकुमको कार्यालयमा ताला लगाएको थियो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता विवाद टुंङ्ग्याउन सचिवालयलाई जिम्मा दिएको र जिल्ला शाखा रुकुमका अध्यक्ष गणेश विक चिन्तनले सदस्यता सिफारिसमा भएको त्रुटीलाई सच्याएर छुटेका सदस्यता केन्द्रमा सिफारिस गर्न पहल गर्ने प्रतिवद्धता र महासंघको बैठकको निर्णय अनुसार प्रेस युनियन रुकुमले पत्रकार महासंघमा लगाएको ताला आइतबार खोलेको हो । ताला खुलेसँगै फागुन १२ गते हुने पत्रकार महासंघ रुकुमको पाचौं अधिवेशनको पक्का भएको छ । विशेषगरी नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस सोसाइटी अधिवेशनमा भाग लिनेछन् । विशेषगरी आन्तरिक विवाद र सर्वसहमत अध्यक्षको उम्मेरद्धार छनौट गर्न नसकेपछि प्रेस चौतारी दुई चिरामा देखिएको स्रोतले जनाएको छ । भने उता नेपाल प्रेस युनियन रुकुमले सदस्यता सिफारिसमा गरेको अन्यायलाई अधिवेशनबाटनै न्याय खोजेको देखिन्छ । भने यसअघि तेस्रो स्थानमा रहेको प्रेस सेन्टर रुकुम आफू दोस्रो स्थानमा पुगेर महासंघमा जाने पक्षमा देखिन्छ ।
धेरैलाई रोक्यो विधानले
नेपाल पत्रकार महासंघको विधान चौथो संसोधन २०७३ अन्र्तगत साधारण सदस्यता भएको ७ वर्ष पछि अध्यक्षको उम्मेरद्धारको लागि योग्य हुने उल्लेख गरेपछि धेरैको अध्यक्ष बन्ने बाटो बन्द गरिदिएको छ । जसको मारमा प्रेस सेन्टर परेको छ । प्रेस सेन्टरसँग एकजना अध्यक्षको दाबेदार छैन् । भने नेपाल प्रेस युनियनसँग एक जना मात्र उम्मेरद्धार छन् । उनी डिलबहादुर शाही नै हुन् । चौतारीमा भने करिव आधा दर्जन अध्यक्षको उम्मेद्धार बन्न योग्य रहेपनि केही अहिले पत्रकारीतामा छैनन् । भने केही नेतृत्व गर्ने पक्षमा छैनन् । तर चौतारीको पक्षबाट उम्मेरद्धारको दाबी गदै आएका धनवीर दाहाल हुन् । तर उनीलाई उम्मेद्धार बनाउने पक्षमा चौतारीमा ठुलै विवाद रहेको देखिन्छ । भने उनको विकल्पमा सुरेन्द्र खत्रीलाई सर्वसहमत अध्यक्ष बनाउने पक्षमा देखिएको छ । चौतारी स्रोतका अनुसार निर्वाचनका लागि दाहाल र सर्वसहमत नेतृत्व छनौट गर्नु परेमा खत्री आउने जनाएको छ ।
चौथो अधिवेशन के भएको थियो
प्रेस चौतारी रुकुमले तीन कार्यकाल महासंघमा राज गरेको थियो । जसका कारण फरक संघ तथा संगठनका पत्रकारहरुलाई महासंघको सदस्यता सिफारिसमा रोकेको भन्दै पत्रकारहरु स्थापना कालदेखी सदस्यता प्राप्तीको लडाई गरिरहेका जनाएको छ । जसका कारण धेरै पत्रकार अहिले अध्यक्षको लागि अयोग्य बनेको नाम नभन्ने सर्तमा एकजना पत्रकारले जानकारी दिएका छन् । जसका कारण चौथो अधिवेशनमा चौतारीको राजलाई तोड्न प्रेस युनियन र प्रेस सेन्टरले साझा एलाइन्स गर्नुप¥यो । चुनावी मैदानमा जाने तयारी गरेको सेन्टर र युनियनबाट आफू पराजित हुने डरले चौतारी चुनावी मैदान आएन भने केन्द्रिय प्रतिनिधी रातारात भागेपछि चुनाव स्थगित बनेको थियो । त्यसपछि युनियन र सेन्टरको एलाइन्समा चौतारी सहभागी भएको हो । त्यसपछि सेन्टरको तर्फबाट अध्यक्षमा गणेश चिन्तन बनेका हुन् । तर उनै चिन्तन माओवादी पार्टी फुटेसँगै बाबुराम नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेपछि उनी सोसाईटीमा छन् ।
युनियन र सेन्टरको यस्तो थियो सहमती
चौथो अधिवेशनमा सेन्टरको तर्फबाट अध्यक्ष बनाउन चिन्तनका लागि ठुलै संघर्ष गर्नु परेको थियो । पार्टी नेतृत्व देखी पत्रकारहरुले समेत ठुलैसंघर्ष गरेका थिए । केहीले चिन्तन क्रियाशिल पत्रकार नभएको भन्दै प्रश्न गरे । भने कतिले चौतारीको बिकल्पको रुपमा चिन्तनलाई अध्यक्ष बनाउनु पर्ने जनाएका थिए । जे जस्तो भएपनि चिन्तन प्रेस सेन्टरको पक्षबाट अध्यक्ष बनेका हुन् । त्यसबेला पाचौं . अधिवेशनमा सेन्टरले अध्यक्षको लागी युनियनलाई सघाउने सहमती भएको थियो ।
अब को बन्ला अध्यक्ष
यदि प्रेस युनियन र प्रेस सेन्टरको चौथो अधिवेशनमा भएको सहमती कार्यन्वयन भएमा युनियनको तर्फबाट अध्यक्ष बन्ने पक्का जस्तै छ । त्यसपछि दोस्रो बरियता क्रममा सेन्टरमा हुनेछ । यसले युनियन र सेन्टरलाई फाईदा जस्तै देखिन्छ । र तेस्रो बरियतामा चौतारीले चित्त बुझाउनु पर्नेछ ।
तर सहमती कार्यन्वयन नभए प्रेस चौतारीले युनियन वा सेन्टरलाई सहमतीमा लिएर अध्यक्ष बन्न सक्छ । तर सेन्टरले विगतको सम्झौता कार्यान्वयन गर्न आनाकानी ग¥यो र चौतारीले अध्यक्षको लागि बलियो उम्मेरद्धार अगाडि ल्याउन नसकेमा सोसाईटीको तर्फबाट गणेश चिन्तननै अध्यक्ष बन्ने छन् । तर त्यसको लागि भने युनियन र सेन्टरले चिन्तनलाई अगाडि सारेमा दुवैको हित हुने देखिन्छ । त्यसो भए चौतारीलाई तेस्रो स्थानमा रहने छ । तर चौतारी आफ्नै पक्षमा नेतृत्व लिने पक्षमा देखिन्छ । अहिले सम्म कुनै संगठन बीच सम्झौता भएको देखिदैन् । चौतारी, सेन्टर र सोसाईटीबीच सदस्यता सिफारिसको बेला केही सम्झौता भएको जस्तो देखिन्छ । तर त्यो भएमा पनि युनियले आफ्नै प्यानल बनाएर चुनावमा जाने पक्षमा छ । सबैको सहमतीमा पनि सम्मानजनक तरिकाले चौतारी, युनियन, सेन्टर र सोसाईटी मिलेर नयाँ कार्यसमिति बन्न सक्छ । रुकुममा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरिने छ । भने प्रदेशमा १५ जना र केन्द्रीय पार्षदमा १० जना हुनेछन् । रुकुममा हालसम्म १०८ जनाले पत्रकार महासंघको साधारण सदस्य पाएका छन् । युनियनका २२, सेन्टरका झण्डै ३० सोसाईटीका ५ जना र चौतारीका ५१ जना सदस्यता रहेका छन् । १ सय ८ जनामध्ये पनि कनि निष्कृय र कति यस क्षेत्रबाट पलाएन भएका छन् ।
No comments:
Post a Comment