प्रवीर ददेल
भदौ १३, रुकुम । बिकृति र कुंस्कार हटाउन रुकुमका बालक्लब सक्रिय भएका छन् । रुकुमको खोलागाउँ, सिम्ली, नुवाकोट, गरायलाका बालक्लव कुसंस्कार हटाउन सक्रिय रहेका हुन् ।
उनले भने, ‘गरायलाको फुलबारी बालक्लवले छोरा छोरी बीचको विभेद, जाँड रक्सी विरुद्ध सडक नाटक गरेको हो । ’ भदौ १ गते प्रदर्शन गरिएको उक्त सडक नाटकको आर्थिक तथा प्राबिधिक सहयोग रुकुमेली समाज बिकास केन्द्रले गरेको थियो । भने फुलबारी बालक्लवका विद्यार्थीहरुलाई श्री सुर्योदय माध्यामिक बिद्यालय गरायला १ का शिक्षकहरुले सघाएका थिए । सडक नाटकको सहजीकरण रुकुमेली समाज बिकास केन्द्र रुकुमकी बाल संरक्षण फिल्ड सुपरभाईजर लक्ष्मी केसीले गरेको जनाएको छ ।
गरायलाको पेदी बजारमा सञ्चालित सडक नाटकमा स्थानीय बजार र आसपासका सयौ दर्शकहरुले अबलोकन गरेका थिए । उक्त नाटक सञ्चालनको अबसरमा सेभ द चिल्डे«नका जिल्ला कार्यक्रम संयोजक पुणम खड्का, रुकुमेली समाज बिकास केन्द्र रुकुमका बाल संरक्षण संयोजक कुबेर के सी, मिल अधिकृत ललितकुमार खड्का, बिकास अधिकृत बलबीर पुन स्थानीय प्रहरी चौकी प्रतिनिधीका साथै स्थानीय बुद्धिजिबीहरु समेतको सहभागीता रहेको थियो ।
कार्यक्रम पश्चात कार्यक्रममा उपस्थित सबैले छोरा र छोरी बीच बिभेद गर्न नहुने र जाँड रक्सी बिरुद्ध आवाज उठाउनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
No comments:
Post a Comment