रेखदेख संवाददाता
चैत १७, रुकुम ।
रुकुमका पत्रकारहरुलाई विपद् व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिएको छ । जिल्ला सदरमुकाम मुसिकोट स्थित होटेल शिशिर बसन्त भ्युमा पत्रकारहरुलाई तीन दिन विपद् व्यवस्थापन सम्वन्धी तालिम सञ्चालन गरिएको हो ।

युएसआईडिको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित पहल कार्यक्रमले जिल्लाका पत्रकाहरुलाई विपद् व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरेको छ । विपद्को चिनारी, विपद्को वेला सञ्चारकर्मीको महत्व, रिर्पोटिङ गर्दा ध्यान दिनुपर्ने कुरा, विपद्को प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, विपद् सम्वन्धी नीतिगत कुराहरु र जलवायुका असरको बारेमा प्रशिक्षण दिएको रुकुमेली समाज विकास केन्द्र पहल कार्यक्रमका कार्यक्रम संयोजक उदय केसीले जानकारी दिएका छन् । तालिममा रेडक्रश जिल्ला कार्यक्रम संयोजक नवितम रोकाय, क्षेत्रीय कार्यालय पहल कार्यक्रम विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत डम्वर सुनार र सहायक प्रमुख जिल्ला अधिकारी शेरवहादुर पुनले तालिम सहजीकरण गरेको जनाएको छ । तालिममा २५ जना सहभागि रहेको रुकुमेली समाज विकास केन्द्रका सदस्य
यज्ञबहादुर विष्टले जानकारी दिएका छन् ।
तालिम चैत १६ गते देखी सञ्चालन गरिएको तालिम १८ गते सम्म सञ्चालन हुने जनाएको छ ।
No comments: