कार्यदिशा !
उपेन्द्रलाल कामी
देखेको सपना साकार नभएपछि र पानीको आफनै रङ आकार नभएपछि जस्तो परिवेश उस्तै रङ आकार बन्नु वेस । नेपाली राजनीतिको रङग मञ्चमा बाम र गैरबाम राजनैतिक दलहरुको नाम सिद्धान्त फरक फरक तर काम र प्रवृतिमा खासै फरक नभएपछि नरकको बाटोबाट हिडेरै भएपनि स्वर्गको भजन गाउनुमा के नै अनौठो कुरा भयो र ?
सन्र्दभ हो नेपालको राजनीति र कार्यदिशाको । खासगरि कम्युनिष्ट पार्टीभित्र यो कार्यदिशा भन्ने विषयले ठुलै हंगामा मच्चाएको हुन्छ । पार्टीहरु जुट्ने, फुट्ने, सम्बन्ध टुट्ने, कोही अगाडी कुद्ने र कोही पछाडी छुट्ने अवस्था यही कार्यदिशाले बनाइरहेको छ ।
यस विषयमा बडे– बडे विद्धान, विचारक, दार्शनिकहरुले निकै व्याख्या विश्लेशण गरिसकेको स्थितीमा चुच्चे टोपी लगाउने फुच्चेले पनि यस वारेमा केही लेख्छु भनेर कलम चलाइरहेको बेला यो कार्यदिशा भन्ने शब्द उच्चारण गर्ने बित्तिकै रमाइलो घटनाको याद आयो । कुरो आज भन्दा अठार वर्ष अघिको हो चौध वर्षको किशोर ठिटो, आठ कक्षामा पढ्दै गरेको, सशस्त्र जनयुद्ध दिनुहुँ वढदै गरेको अवस्थाको कुरो हो । जनादेश पत्रिकामा एक आलेखको अग्रभागमै माओत्सेतुङको भनाईलाई उदृत गरेर शुरुवात गरेका थिए । कलिलो ठिटोको कचिलो दिमागले विषयको गहनतालाई बुझ्न सक्ने कुरा पनि भएन । आफनो आस्था अनुसार कम्युनिष्ट पार्टीका आदर्श नेताको भनाई आलेखको शुरुवातमा राखेपछि त्यसमा मेरो अलि वढी ध्यान गयो । त्यसमा उल्लेख गरिएको वाक्यांश–“विचारधारात्मक राजनैतिक कार्यदिशा सहि वा गलत हुनुले नै सबै कुराको निर्धारण गर्दछ । कम्युनिष्ट पार्टीसँग कार्यदिशा सहि छ अनियतिता र अपार द ि
आथिभन्ने आफुसँग नभएका सबै चिज जनता, सेना, हतियार, सत्ता प्राप्त हुन्छन, यदि कार्यदिशा गलत छ भने आफुसँग भएका चिजहरु सबै गुम्न पुग्दछन् ।” भन्ने लेखिएको थियो ।
राजनैतिक कुराप्रति खासै चासो नभएपनि तत्कालिन जनयुद्ध राज्यको गलापासो वनिरहेको थियो ।
राजनैतिक र सामाजिक परिवेशले केहि न केहि जान्नै र वुझ्नै पर्ने बनाइदिएको थियो । विषयप्रतिको अल्पज्ञान भएर होला माओत्सेतुङको भनाइलाई मैले अर्को दिसा गर्ने अर्थमा वुझ्न पुगेछु ।
तर दिसा गर्ने काम सहि वा गलत हुनुले जनता, सेना, हतियार, सत्ता पाइृने र गुम्ने कुरा कसरी सम्भव हुन्छ । भन्ने प्रश्नले मलाई धेरै दिन सम्म सताइरहयो । यसको सहि अर्थ बारेमा स्कुलमक्षकहरुलाई सोधौ भने केहि हुने हो की भन्ने डर, नसोधौं त आफना ज्ञान, क्षमताको छैन भर । यस्ता कुरा गर्नेहरु आतंककारीको सूचीमा पारिन्थ्यो र अकालमै विनाकारण मारिन्थ्यो । एकल प्रयासको लामो विचार विर्मशपछि दिसा गर्ने काम सहि वा गलत हुनुले जनता , सेना, हतियार, सत्ता प्राप्त हुने वा गुम्ने भन्ने कुरा कम्युनिष्टले फोहरमैला नगर्ने र सभ्य हुने भएकाले जनताले पनि साथ दिएपछि सत्ता,सेना, हतियार सबै प्राप्त हुन्छ होला भन्ने निष्र्कषमा पुगेँ । सम्झदा हाँसो उठ्छ । हाँसो भित्रको साँचो कुरा पनि हो की भन्ने खाँचो परेको छ । युद्धकालिन राजनीैतिले पढाइ भन्दा लडाँइतिर तान्यो र पुर्णकालिन कार्यकर्ता वनेर जनयुद्धमा दर्ता भइयो । जनयुद्धमा कति मारिए ! कति वेपत्ता पारिए ! कति घाइते वलाकृत भए ! कति अनाथ, अपाङ्ग भए ! कतिपयका घरवार उजादिए ! नारायणहिटीका दरवार हत्याकाण्ड भए ! बाह्रवुँदे सहमती हुदैँ उन्नाइसदिने जनआन्दोलन सम्म ! सात वुँदे सहमती हुदैँ सविधान सभा चुनाव सम्म ! वृहत शान्ति सम्झौता हुँदै गणतन्त्र नेपाल घोषणा सम्म ! सेना समायोजन हुदैँ अर्को संविधानसभा चुनाव सम्म ! क्रान्तिकारी पार्टी एकतादेखि फुट सम्म ! विचार समूह हुदै गुट सम्म ! आउदा यो वल्ल थाहा भयो यो कार्यदिशा भन्ने कुराको वास्तविक रह्स्य ! सामान्यतया ः यो कामगर्ने मार्गचित्र रहेछ । जुन कार्यदिशाले आफैलाई पनि रक्तपातपूर्ण राजनीतिमा डो¥याएर शिरमा कफन वाँधेर जनताको महासागरमा मार्चपास गर्ने खेल खेलाइरहेको रहेछ । वम र गोलीका छर्राहरुसँग लुकामारी खेल्दै र वर्ग वैरीका टर्रा र झर्रा वोलीका छर्राहरुको पिडा झेल्दै शान्ति प्रक्रियामा आएर पनि अशान्तिकै भुमरीमा अल्झीदैँ आइरहेको यो स्थितिमा शान्ति, परिर्वन, समृद्धि, र विकासको राष्ट्रिय राजनैतिक कार्यदिशा कस्तो हुने ? भन्ने प्रश्न प्रश्नहरुको चाङमा विदेशी प्रभुले दिएको भाङ खाएका हाम्रा नेताहरुको आङमा घाम लागेर नयाँ संविधानमा कसरी संस्थागत गर्छन ? हेर्न भने वाकी नै छ ।
अब केही प्रतिनिधिमूलक विचारधारात्मक पछिल्ला राजनैतिक कार्यदिशाको बारेमा संक्षिप्त विचरण गरौँ । पहिलो राजनैतिक कार्यदिशा यस्तो छ – नेपालमा सामन्ति राजतन्त्रको अन्त्य भएर पूँजीवादी जनवादी व्यवस्था स्थापना भएको स्थितिमा अब जनबादी क्रान्तिका वाँकी कार्यभारहरु पूरा गरेर समाजवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा तय गरेको छ भने संविधानसभाबाट प्रगतिशिल जनपक्षिय संविधान निर्माणका लागि सदन र सडक संघर्षबाट जनदवाब सृष्टी गर्ने कार्यनीति लिएको छ ।
बढ्दो वेरोजगारीको अन्त्य र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न उत्पादन र निर्माणको अभियानमा व्यापक जनपरिचालन गर्ने योजनालाई कार्यनीतिको अभिन्न अंग वनाएको छ ।
दास्रो राजनैतिक दिशामा ः–
लोकतन्त्रलाई संस्थागत गरेर लोकतान्त्रिक समाजवादमा जाने कार्यदिशा तय गरि संविधानसभाबाट लोकतान्त्रिक संबिधान निर्माण गर्न सदन र सरकारबाट बहुमतले हस्तक्षेप गरि प्रतिपक्षलाई तह लगाउने कार्यनीति लिएको छ भने नीजि अर्थतन्त्रको विकास गर्न उत्पादन र निर्माणको योजनामा राष्ट्रिय ढुकुटीबाट आफना कार्यकर्ताहरुलाई परिचालन गर्ने योजनालाई कार्यनीतिको अभिन्न अंग वनाएको छ ।
तेस्रो राजनैतिक कार्यदिशामा ः– जनवादी क्रान्तिका लागि बल प्रयोग गरेर राज्यसत्ता कब्जा गर्ने कार्यदिशालाई मुर्तरुप दिन सडक र राजनैतिक संघर्षलाई प्रभावकारी बनाउदैँ जनविद्रोहलाई संगठित गर्ने कार्यनीति लिएको छ भने पार्टी फुटाएर संगठनलाई चुस्त बनाउने योजनालाई कार्यनीतिको अभिन्न अंग वनाएको छ ।
चौथो कार्यदिशामा ः संवैधानिक राजतन्त्र र वहुदलिय प्रजातन्त्र स्थापना गर्ने कार्यदिशा अनुरुप सदन तथा सडक संघर्षलाई प्रभावकारी बनाउदै छिमेकी हिन्दु राष्ट्रहरुबाट अन्तराष्ट्रिय सहायता भि¥याउने कार्यनीति तय गरेर राष्ट्रिय स्वाधिनता र हिन्दुराष्ट्र स्थापना गर्ने अभियानलाई कार्यनीतिको अभिन्न अंग बनाएको छ ।
यि त भए केहि प्रतिनिधिमूलक विचारधारात्मक राजनैतिक कार्यदिशा । अब कार्यदिशा र कार्यनीति अनुरुप राजनैतिक पार्टीहरुले संगठानात्मक कार्यजिम्मेवारी कसरी वाँडफाँड गर्छन त भन्ने वारेमा पनि सामान्य अवलोकन गरौँ । सम्बन्धीत क्षेत्रको मौलिक ज्ञान नभएकोलाई भौगोलिक कार्यक्षेत्रको प्रमुख बनाइन्छ । धन कमाउनका लागि मन बहकाउने र तनमा उत्साह र जाँगरिलो प्राण नलगाउनेलाई संगठन विभाग प्रमुख र डन बन्न चाहने तर एकलकाँटे स्वभाव र अल्छीपन भएकालाई जनपरिचालन विभाग प्रमुख बनाइन्छ । मानसिक र बैचारिक रुपमा अस्वस्थलाई स्वास्थ्य बिभाग प्रमुख बनाइन्छ भने राजनैतिक इच्छाशक्ति ह«ास भएकालाई शिक्षा विभाग प्रमुख बनाईन्छ । मनपरि गर्ने स्वैच्छाचारीलाई सरकारी तथा गैरसरकारी विभाग प्रमुख बनाइन्छ भने ब्यक्तिवादी अहंकारीलाई सहकारी विभाग प्रमुख बनाइन्छ । अतिथि दिर्घामा आसन जमाइ चर्को र झर्को लाग्ने गरि काइते भाषण गर्ने बिचारको घाइतेलाई प्रकाशन प्रशारण विभाग प्रमुख बनाइन्छ भने कुटील षड्यन्त्रकारी, लाचारी, राजनैतिक भिखारी कर्मचारी विभाग प्रमुख हुन्छ । खेतीपाति गर्न विर्सिएको कृषि विभाग प्रमुख हुन्छ भने सरकारी बजेट रकम सत्यानाश गराउने बदमास व्यक्ति विकास योजना प्रमुख बन्छ । यस्तै यस्तै जनवर्गिय संगठनहरुमा समेत संगठनात्मक कार्यजिम्मेवारीको विभाजन गरिसकेपछि विचारधारात्मक राजनैतिक कार्यदिशाको उद्देश्य पुरा हुन्छ या हुदैँन त्यो भने भविष्यमा नै समिक्षाको विषय बन्ने छ ।
कार्यदिशा राजनैतिक पार्टीको मात्र होइन हरेक संघ –संस्था सबैका हुन्छन । त्यतिमात्र होइन पार्टी, संगठन भित्र व्यक्ति पिच्छे पनि व्यक्तिगत कार्यदिशा हुन्छन् । मेरो अध्ययन अनुसार केहि व्यक्तिगत कायृदिशाहरु यसप्रकार रहेका छन् ।
पहिलो व्यक्तिगत कार्यदिशा – पार्टी, संगठन र राज्यसत्ताको कुनै पनि निकायको संरचनामा नेतृत्व लिएर आफनो प्रभुत्व कायम गरिरहने कार्यदिशा हो । यस अन्र्तगत फुटाएर राज गर्ने र लुटेर मोज गर्ने कार्यनीति तय गरिएको हुन्छ भने, पद, प्रतिष्ठा र पैसा कमाउने योजना कार्यनीतिको अभिन्न अंग बनेको हुन्छ ।
दोश्रो व्यक्तिगत कार्यदिशा ः पार्टी संगठन र राज्य राज्यसंत्ताका कुनैपनि निकायको संरचनात्मक आफनो जवरजस्त प्रभाव पारेर हिस्सा प्राप्त गर्ने कार्यदिशा हो । अगाडीबाट धम्क्याउने, घुर्की लगाउने र पछाडीबाट छिर्की हानेर साइड लगाउने, यसको कार्यनीति हुन्छ भने आफनो उद्देश्य पूरा नभएसम्म हरेक विषयमा अड्को थाप्दै (वार्गिनिङ गदैँ) जाने कुरालाई कार्यनीतिको अभिन्न अंग बनाएको हुन्छ ।
तेश्रो व्यक्तिगत कार्यदिशा ः
हरेक अवसररुको उपयोग गदैँ पार्टी, संगठन र राज्यसत्ताका लागि विभिन्न निकायमा पुगेर व्यक्तिगत फाईदा लिने कार्यदिशा हो । यसको कार्यनीति भनेको चाकडी, चाप्लुसी गरेर खुसी पार्ने र व्यक्तिगत स्वार्थ पूरा भइसकेपछि चौवाटोमा लगेर अलपत्र पारेर छोड्ने हो ।
यसले छलछाम, षड्यन्त्र र भ्रमजाल फैलाउने कुटनीतिलाई कार्यनीतिको अभिन्न अंग बनाएको हुन्छ ।
चौथो व्यक्तिगत कार्यदिशा ः पार्टी, संगठनको विचार, सिद्धान्त, आदर्श र नैतिक मूल्यमान्यतालाई रक्षा गर्ने कार्यदिशा हो । यो कार्यदिशा अपनाएको व्यक्तिले त्याग, तपस्या, र बलिदानी गर्ने नाममा सर्वश्व गुमाएर राजनैतिक रुपले जोगी बन्ने र चिन्तन गर्ने नाममा चिन्तै चिन्ताले मानसिक रोगी बन्ने कार्यनीति लिएको हुन्छ । यसले असन्तुष्टी, विरोध, र गुनासोका पोका पन्तराहरु खोल्ने कार्यलाई कार्यनीतिको अभिन्न अंग बनाएको हुन्छ ।
मुख्यगरि यि चार प्रकारका व्यक्तिगत कार्यदिशा र कार्यदिशा अन्र्तगतका कार्यनीति तथा अभिन्न अंग वारे संक्षेपमा उल्लेख गरिसकेपछि पाठकलाई लाग्न सक्छ यो लेखकको आफनै मौलिक व्यक्तिगत कार्यदिशा के हो त ? माथि उल्लेखित चारवटा व्यक्तिगत कार्यदिशामध्ये कुनै एकलाई अंगाल्ने पात्र त होइन ? पाठकको मनमा यो प्रश्न एंव जिज्ञासा जाग्नु स्वभाविकै हो । स्वयम पाठक पनि माथि उल्लेखित चारवटा व्यक्तिगत कार्यदिशा मध्ये कुनै एकलाई अंगाल्ने पात्र त होइन ? यो मेरो पनि पाठकलाई प्रश्न छ । तर मैले भने माथि उललेखित चारवटा व्यक्तिगत कार्यदिशा भन्दा मौलिक रुपले फरक कार्यदिशा तय गरेको छु । मेरो व्यक्तिगत कार्यदिशा तथा कार्यनीति चाँहि यस्तो छ – हरेक क्षेत्रको विकृति विसंगतीका विरुद्धमा कलम चलाएर राजनैतिक र सामाजिक रुपमा आफुलाई स्थापित गराउने मेरो व्यक्तिगत कार्यदिशा हो भने कलम चलाएरै वर्ग विरोधीहरुलाई उठ्नै नसक्ने गरि ढलाउने र त्यति नसके एक तहसम्म भएपनि गलाउने मेरो कार्यनीति हो । विभिन्न विषयमा लेखन, अभिव्यक्तिकला र सृजनात्मक अभ्यास गर्ने कार्यलाई मैले कार्यनीतिको अभिन्न अंग बनाएको छु ।
त्यसैले पाठकवन्दु ! मेरो यो व्यक्तिगत कार्यदिशालाई के कसरी लागू गर्न सकिन्छ र कस्ता खालका व्यक्तिहरुबाट मलाई सहयोग र असहयोगका हातहरु बढाइन्छन् ,अनि कुन तहबाट ताली र गालीका उपहारहरु बर्साइन्छन भन्ने कुराको परिणाम भविष्यले नै देखाउने छ । अहिलेलाई मेरो यो व्यक्तिगत कार्यदिशा लागू गर्न के कसरी अगाडि वढ्ने भन्ने वारेमा तपाईको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु । धन्यवाद !

Tag:
No comments: