Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » भण्डारीको ३० वर्षे यात्रा खरिदार देखि प्रजिअ सम्म




रेखदेख संवाददाता रुकुम ।
 रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी आफ्नो निजामती सेवाबाट अबकास पाउने भएकाछन् । उनले आगामी चैतबाट सेवावाट अबकास पाउने भएका हुन् ।
२०४१ असोज ८ गते खरिदार पदबाट सरकारी जागीर सुरु गरेका भण्डारी खरिदार, नायब सुब्बा, शाखा अधिकृत हुदैँ उपसचिब लगायतका  पदमा  करिब ३० वर्ष सेवा दिएर उमेर हदका कारण अनिवार्य सेवाबाट अबकास पाउन थालेका हुन् ।
 २०७१ जेठ १२ गते रुकुम पुगेका भण्डारी कुशल प्रशासकको रुपमा रुकुमेली जनता माझ लोकप्रिय बने । सरकारी सेवाकै क्रममा १५ जिल्ला कार्यथलो बनाएका भण्डारीको सरकारी जागीरमा रुकुममै पूर्णविराम लागेको छ ।
रुकुममा रहदा शान्ति सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन,भ्रष्टचार निवारण,  जनतासँग भेटद्याट कार्यक्रम मार्फत जनगुनासो सुन्ने, ब्यवहारमा सरल र कानुन कार्यन्वयनमा कडाई गर्ने कार्यशैलीका कारण सफल भएको जनाएका छन् ।
यस अघि रुकुम पुगेका प्रजिअ अनियमितता तथा  भ्रष्टचारमा मुछिदा रातारात सरुवा हुने  गरेको भएपनि उनीलाई भने एक दर्जन भन्दा बढी सरकारी तथा गैर सरकारी संस्थाले शुक्रवार दिनभरी विदाई तथा सम्मान कार्यक्रम गरेका  थिए । विदाई कार्यक्रममा बोल्दै प्रजिअ भण्डारीले रुकुम बसाईमा सहयोग गर्ने सरकारी तथा गैरसरकारी कार्यालय, राजनैतिक दल, पत्रकार, लगायतलाई धन्यवाद दिएका थिए । उनले भने , ‘मेरो सफलतामा तपाईहरुको हात छ ।’ रुकुम सम्भावनाको जिल्ला भएको हुँदा यसतर्फ लाग्न सम्पूर्ण रुकुमवासीलाई सल्लाह दिएका छन् । एक दर्जन साहित्य लेखन गरेका भण्डारीको आगामी योजना समेत साहित्य लेखनमै विताउने लक्ष्य रहेको जनाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply